Author: खबरमञ्च

काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार पेट्रोलियम पाइपलाइन, क्रस बोर्डरको विषय लगायतमा दुईपक्षीय सम्झौता भएको छ । पेट्रोलियम पाइपलाइन विस्तार, तल्लो अरुण, फुर्कोट कर्णाली, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले गरेको  संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी बारे जानकारी दिइएको हो ।

Read More

काठमाडौं । भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको मालवाहक रेलवे सेवा बिहीबारदेखि सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि रेल बथनाहादेखि विराटनगरका लागि प्रस्थान गरेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीले झण्डा देखाएर रेलवे सेवाको उद्घाट्न नयाँदिल्लीबाट गरेका हुन् ।

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधि मण्डलसहित हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको छ । ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ 

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहसचिव टेकनारायण पाण्डेको अदालतमा बयान सकिएको छ । पाण्डेले बुधवार जिल्ला अदालत काठमाडौंमा बयान दिएका थिए । पाण्डेले घटनाको सम्बन्धमा इन्कारी बयान दिएका छन् । बैंक खातामा जम्मा भएको रकमको सम्बन्धमा उनले ऋण बापत प्राप्त भएको बताएका छन् । पाण्डेले पाण्डेले नक्कली भुटानी शरणार्थीका नाममा असुल गरिएको रकम निजी सुरक्षा गार्ड धर्मराज शाहीमार्फत निजी बैंक खाता जम्मा गर्थे । धर्मराज नेपाल प्रहरीका बरिष्ठ सई हुन् । उनले आठ महिनाको अवधिमा एभेरेष्ट बैंकमा रहेको निजी खाता नं. ००१००१०५००००१८ मा आठ पटक रकम जम्मा गराएका थिए । त्यस्तै, हिमाल बैंकमा रहेको उनको अर्को…

Read More

काठमाडौं । बुधबार भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । भेटमा ऊर्जा, कनेक्टिभिटी र व्यापारलगायतका क्षेत्रमा भारत–नेपाल सहयोग अभिवृद्धिमा जोड दिने वार्ता हुने जनाइएको छ । प्रचण्ड चार दिने भारत भ्रमणमा छन् । सन् २०२२ को डिसेम्बरमा प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । समग्र रणनीतिक हितका दृष्टिले नेपाल भारतका लागि महत्वपूर्ण छ । दुवै देशका नेताहरूले बारम्बार पुरानो रोटी–बेटी सम्बन्धलाई जोड दिइरहेका छन्। दुवै देशको प्राथमिकतामा पर्ने एउटा महत्वपूर्ण क्षेत्र भनेको ऊर्जा क्षेत्रमा सहकार्यलाई थप अभिवृद्धि गर्ने बताइएको छ । विद्युत् क्षेत्रमा सहकार्य सम्बन्धी गत वर्ष अप्रिलमा भारत–नेपाल…

Read More

काठमाडौं । १० महिनाअघि प्रतिनिधिसभाबाट शीतल निवास पुगेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका छन्। २०७४ सालमा भएको निर्वाचनबाट आएको संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको निर्णयलाई मुख्य आधार बनाउँदै प्रमाणीकरण गरेका हुन्। संघीय संसद्बाट दुईपटक पारित गर्दै प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयकमाथि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले प्रश्न उठाउँदै प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। संविधानको व्यवस्थाअनुसार संघीय संसद्ले दोस्रोपटक पारित विधेयक राष्ट्रपतिले रोक्ने प्रावधान छैन। तर संविधानले दिएको १५ दिनको समय सकिँदा पनि प्रतिनिधिसभाको पनि कार्यकाल सकिएको भन्दै राष्ट्रपति भण्डारीले त्यसलाई शीतल निवासमा थन्क्याएकी थिइन्। गत मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट…

Read More

काठमाडौं । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँ दल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन्। लेखीसहित विदेश मन्त्रालयका अधिकारी र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए। प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थलबाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो। तेस्रो पटक सरकारको नेतृत्वमा आएको पाँच महिनापछि प्रधानमन्त्री दाहाल बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका हुन्। दाहाल गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। उनी प्रधानमन्त्री बनेपछि यो पहिलो विदेश भ्रमण हो। उनी बुधबार दिउँसो १ः२५ को नेपाल एयरलाइन्सको नियमित उडानबाट २ः३५ मा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी…

Read More

झापा । झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता २०८० हुने भएको छ । प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले गरेको हो । बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिता यही जेठ २७ र २८ गते हुने एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले जानकारी दिए । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहनेछ । आयोजकको एउटा तथा सात प्रदेशका टिम प्रतियोगितामा सहभागी हुने छन् । त्यस्तै, महिलाहरुको ९ इभेन्ट र पुरुषहरुको १० इभेन्ट गरि १९ वटा इभेन्टमा खेल हुने एकेडेमीका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले बताए । प्रतियोगितामा कातासहित महिलातर्फ…

Read More

काठमाडौं । नेपाली भूमि समेटिएको नक्सा भारतीय संसदमा राखेको विरोधमा नेपालमा भारतीय नक्सा जलाइएको छ । सत्तारुढ एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूले माइतीघरमा नेपाली भूमि समेटिएको भारतीय नक्सा जलाएको हो । अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा उत्रिएका सो संगठन आवद्ध विद्यार्थीले भारतविरुद्ध चर्को नारा लगाएका छन् ।

Read More

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् । बुधबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । भारत भ्रमणका क्रममा बिहीबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यससँगै प्रधानमन्त्री प्रचण्डले अरु उच्चस्तरीय भेटवार्ता पनि गर्नेछन् । बिहीबार दिल्ली भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यतालिका छ भने सोही क्रममा दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।

Read More