Author: खबरमञ्च

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा भ्रष्टाचारको नाङ्गो र चर्कोरुप देखिएको टिप्पणी गरेका छन् । समाजवादी प्रेस संगठनको काठमाडौंमा सुरू प्रथम राष्ट्रिय महाधिवेशनमा उनले नेपाली राजनीतिमा देखिएको भ्रष्टाचारको नाङ्गो रुप आफ्नो पार्टीले परिर्वतन गर्न चाहेको बताए । उनले भने, ‘नेपाली राजनीतिमा सबभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृति देखिएको छ । पुरै राजनीति विकृत हुनुको पछाडी यो भ्रष्टाचारले काम गरेको छ । विना पैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने शोषक, सामन्त ,जाली, फटाहा पूँजीपतिहरु हावी हुन पुग्ने इमान्दार पिल्सिरहनुपर्ने जुन यो अवस्था छ,यसलाई हामी परिवर्तन गर्न चाहान्छौं ।’ उनले नेपाली समाजमा भ्रष्टाचार र कुरीतिको…

Read More

झापा । झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खा, खैनी र चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्री-वितरण तथा सेवनकार्यलाई निषेध गर्ने भएको छ । नगरपालिकाले उक्त नियम आगामी साउन १ गतेदेखि लागू गर्ने जनाएको छ । गत जेष्ठ १७ गते सम्पन्न बसेको २५ औँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यही श्रावण १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने जनाएको हो । नगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए । चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले नगरपालिका कठोर रुपमा उत्रिएको…

Read More

झापा । प्रेस चौतारी नेपाल झापा शाखाले कुनै पनि बहानामा पत्रकार महासंघलाई शुद्धिकरण अभियान नरोक्न आग्रह गरेको छ । चौतारी झापाले आज एक विज्ञप्ति सार्वजनिक गर्दै शुद्धिकरणलाई सफल बनाउने आग्रह गरेको हो । पत्रकार महासंघ झापालाई कुनै पनि बहानामा शुद्धिकरण अभियान रोक्ने छुट नभएको भन्दै चौतारीले तत्काल शुद्धिकरण अभियान निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा अघि बढाउन आग्रह गरेको हो । चौतारीका झापा अध्यक्ष मनकुमार गदालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शुद्धिकरण सम्पन्न गरी पत्रकार महासंघलाई विशुद्ध पत्रकारको संस्था बनाउन प्रेस चौतारी जोडदार माग गर्दछ । प्रेस चौतारीले शुद्धिकरणको मुद्दामा विगत देखि नै आवाज उठाउदै आएको हुँदा नेपाल पत्रकार महासंघको सदस्यता…

Read More

काठमाडौं । लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आएको छ । बिहीबार लुम्बिनी पुगेर प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बुटवल उपमहानगरपालिका ३ गोलपार्क बमघाटदेखि, पाल्पाको तिनाउँ गाउँपालिका ३ बसन्तपुरसम्म पुग्ने केवलकारको उद्घाटन गरेका हुन् । करिब ३ किलोमिटर दुरीको यो केवलकारबाट पाल्पाको प्रसिद्ध कामाख्यादेवी मन्दिरसहित भगवती मन्दिर, कैलाशपर्वत, गणेश मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्य पुग्न सकिन्छ । केवलकार उद्घाटनगर्दै प्रधानमन्त्री प्रचण्डले, उत्पादन र रोजगारीको क्षेत्रमा उत्साहजनक प्रगति हुन नसकेको भन्दै देशमा प्रयोग हुँदै आएको विकास मोडलबारे पुर्नविचार गर्नु आवश्यक रहेको बताए । उनले भने, ‘अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ दोङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नकारात्मक सोचबाट संक्रमित भएको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधसभामा बजेट माथि आफ्नो धारणा राख्दै उनले, लामिछानेले सरकारको बजेट र प्रधानमन्त्रीको भ्रमणलाई लिएर भनाई नकारात्मक सोचबाट संक्रमित भईसकेको टिप्पणी गरेका हुन् । उनले किमो चढाउँनै पर्ने हो कि सामान्य उपचार गरेर ठीक हुने संक्रमित हो भनेर रविलाई प्रश्न समेत गरे । उनले भने,‘आज रवि माननीयले संक्रमित सोच राख्नु भयो । ढुक्क भए हुन्छ रविजी हरुपनि संक्रमित नै भईसक्नु भयो । कुन तहसम्म हुने भन्ने यो संक्रमित अहिलेको व्यवस्थामा छिरेपछि संक्रमित भयो । मात्र के भने…

Read More

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री र अर्थमन्त्रीलाई चुरे क्षेत्रको दोहनको बाटो नखोल्न चेतावनी दिएका छन् । बिहीबार प्रतिनीधिसभाको बैठकमा विषेश समयमा बोल्दै उनले चुरे छोएमा देशमा आगो बल्ने चेतावनी समेत दिए । ‘माफ गर्नुस अर्थमन्त्रीजी नीति तथा कार्यक्रममा पनि आएको छ ,प्रधानमन्त्रीको भाषणमा पनि आएको छ ,तपाईको बजेटमा पनि आएको छ चुरे नछुनु होला । चुरे छुनु भयो भने देशमा आगो बल्छ । प्रकृतिक श्रोत साधनलाई बेचेर देश कहिले पनि धनि हँुदैन् । चुरे बेचेर मुलुकको खर्च टार्न सकिँदैन् ।’ उनले भने । आफ्नो क्षेत्रमा मात्रै बजेट हालेको आरोप लगाउँदै उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई वैशं चढेको टिप्पणी…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले त्यसको कारण खोल्नु पर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रपति भन्ने व्यक्ति नभइ संस्था भएको भन्दै कुन आधारमा एउटा राष्ट्रपतिले रोकेको विधेयक अर्कोले अगाडि बढाएको हो जवाफ दिनुपर्ने बताए । उनले भने, ‘राष्ट्रपति भन्ने व्यक्ति होइन्, संस्था हो । एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिले प्रमाणिकरण गर्दा के आधारमा गरियो, भन्ने कुरा जवाफ चाहिन्छ संसदलाई, त्यो संसदको बुझ्न पाउने अधिकारको कुरा हो । यसको बारेमा संसद र आम जनताले जान्न पाउनुपर्छ भन्ने कुरा हामी निरन्तर लागिरहेका छौ, यो भोटको कुरा होइन…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले होलसेलमा बजेट अनुमान गरिएको बताए । बिहीबार प्रतिनिधिसभाको बैठकमा विषेश समयमा उनले बजेट अनुमान झारा टार्ने काम जस्तो भएको बताए । सभापति लामिछानेले प्रस्तुत गरेको विनियोजनका प्राथमिकता नीति तथा कार्यक्रममा र बजेट एउटै सरकारले लिएर आएको हो कि फरक फरक सरकारको पालामा आएको हो भन्ने कुरामा आफू दोधारमा परेको पनि बताए । उनले बजेटमा कार्यमहरुबीच तालमेल कहीँ कतैं नभेटिएको पनि बताए । उनले भने, ‘यस बजेटमा अर्थमन्त्री ज्यूले ९० वटा शीर्षकहरु मध्य ६८ वटा शीर्षकहरुबाट प्राप्त हुन्े राजस्वको मूल्य दर २४.३७ प्रतिशत हुन्छ भन्ने अनुमान गर्नु भएको छ । राजस्वको मुख्य आधारहरु…

Read More

काठमाडौं । सरकारले वर्षा अवधिभर सडक खन्न प्रतिवन्ध लगाएको छ । जबरजस्ती गरिए सार्वजनिक सडक ऐन ०३१ अनुसार कारबाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका अनुसार अगामी १ असारदेखि भद्र मसान्तसम्म सडक खन्ने कुनै पनि काम गर्न पाइने छैन । कार्यालयले बिहीवार सुचना सार्वजनिक गर्दै कसैले नियम उलंघन गरे कारबाही गरिने बताएको छ । सुचनामा भनिएको छ,‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत-सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल…

Read More

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका पक्राउ मध्ये डा. इन्द्रजीत राईसहित थप तीन अभियुक्त पक्षको थुनछेक बहस आज(बिहीवार) हुँदैछ । जिल्ला अदालत काठमाडौंका अनुसार डा. राईसहित सन्देश शर्मार सागर राईको पक्षबाट आज बहस हुनेछ । बुधवार बाँकी रहेको हुँदा अर्का अभियुक्त सानु भण्डारीको बहस पनि आजै हुनेछ । केशब दुलाल र टंक गुरुङ पक्षको बहस भने बुधवार नै सकिएको छ । प्रतिवादी पक्षबाट बहस बुधवारदेखि जारी छ । बहसमा पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठ, बरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल, बिनोद शर्मा लगायतका अधिवक्ता सहभागि हुनेछन् । अदालतका अनुसार उनीहरु विरुद्धको बहस आजै सकिने छ । शुक्रवार भने पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,…

Read More