Author: खबरमञ्च
झापा । अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । गत जेठ २९ गते भएको २१ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सहमतिका लागि स्थगित गरिएको थियो । सहमति विफल भएपछि जिल्ला पार्टी कार्यालयमा मतदान गरिएको हो । अध्यक्षका लागि गिरी र नारायण पोखरेलले प्रतिष्पर्धा गरेका थिए । उपाध्यक्षमा अरुण तिम्सिना सर्वसम्मत भएका छन् । सचिवमा बालचन्द्र कार्की निर्वाचित भएका छन् भने सहसचिवहरुमा मदन ओली, विनिता न्यौपाने र पूजा सुवेदी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सलिना गुरुङ सर्वसम्मत भएकी छन् । सदस्यहरुसमेत सर्वसम्मत भइसकेको नेताहरुले जानकारी दिएका छन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएकोसमेत उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफनो पालामा झन्डै ८ प्रतिशत वृद्धिको स्तरमा पुगेको अर्थतन्त्र त्यसपछि निरन्तर ओरालो लाग्न सुरु भएकोसमेत ओलीले बताएका छन् । आफू सरकारबाट हटे पछि बितेका २ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेको समेत दावी गरेका छन् । ‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षड्यन्त्र र…
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, गृह सचिवसहित १६ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना धरौटीमा छुटेका छन् । दुई सातादेखिको बहस टुंगिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले शुक्रबार २८ पृष्ठ लामो आदेश जारी गर्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मियाँ र हरिभक्त महर्जनलाई थुनामा राख्न आदेश दिएका हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१)…
काठमाडौँ । सात प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पौने ३ खर्ब रूपैयाँको बजेट ल्याएका छन्। सात प्रदेशले कृषिदेखि भौतिक पूर्वाधारसम्मलाई प्राथमिकता राखेर बिहीबार र शुक्रबार २ खर्ब ७९ अर्ब ६१ करोड ९६ लाख रूपैयाँको बजेट ल्याएका हुन्। कोसी प्रदेशले बिहीबार बजेट ल्याएको थियो भने अरू ६ प्रदेशले शुक्रबार बजेट ल्याएका हुन्। प्रदेश सरकारले भौतिक पूर्वाधारसहित उत्पादन वृद्धिदेखि रोजगारी सिर्जनासम्मका कार्यक्रम राखेका छन्। कोसी प्रदेश सरकारले ३६ अर्ब २४ करोड ३५ लाख रूपैयाँ, मधेस प्रदेशले ४४ अर्ब ११ करोड ४६ लाख, वाग्मती प्रदेशले ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँ, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख, लुम्बिनी…
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसहितका १६ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन् । ठगी, संगठित अपराध, राष्ट्रहितविरुद्धको कसूर तथा लिखत कीर्तेसम्बन्धी मुद्दाको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले शुक्रवार यस्तो आदेश दिएको हो । दुईजना भने धरौटीमा रिहा भएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका १८ र फरार रहेका १२ गरी ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा झण्डै २ साता (जेठ २१) देखि निरन्तर चलेको बहस शुक्रवार सकिएपछि थुनछेक आदेश आएको हो…
झापा । झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जनालाई निलम्बन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन बाँस्तोलालाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार निरीक्षक राईला गृह मन्त्रालय र दुई जवानलाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको हो । उक्त घटनाको छानबिनको लागि सशस्त्र प्रहरी बल मुख्यालयका एआइजी चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक राईसहितको टोलीले मेचीनगर नगरपालिका–४ नकलबन्दस्थित सीमा क्षेत्रमा खटिएका…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संसदीय सुनवाइ सम्पन्न भइ संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले आजै कार्यभार सम्हाल्नेछन् ।
काठमाडौँ । मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढी जिम्मेवार पनि हुनुपर्छ। तर, बिहीबार राष्ट्रिय सर्तकर्ता केन्द्रले गरेको अनुगमनमा त्यस्तो पाइएन। १ सय २५ कर्मचारी नै मन्त्रालय र कार्यालयमा भेटिएनन्। केहीको हाजिर मात्रै भेटियो, कर्मचारी फेला परेनन्। सतर्कर्ता केन्द्रले बिहान १० बजेदेखि १२ बजेसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो। कतिपय कर्मचारी त सिंहदरबारभित्र रहेको केन्द्रीय चमेना गृहमा अनाधिकृत व्यक्तिसँग बसेर गफ गरिरहेको भेटिएको सतर्कर्ता केन्द्रले जनाएको छ। केन्द्रका अनुसार नौ जना कर्मचारी त खाजा खान तोकिएको समयमा भन्दा…
काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कार्यकारी जिम्मेवारीमा ७० वर्षे उमेर हदका विषयमा बहस चलेको छ । पार्टीको नवौं र १० औं महाधिवेशबाट विधानमै व्यवस्था गरिएको ७० वर्षे उमेर हदको दफा विधानबाटै निलम्बन गरेपछि उमेर हदको बहसले चर्चा पाएको हो । गत हप्ता सचिवालय बैठकले उमेर हद निलम्बन गरेपछि अध्यक्ष ओलीलाई फेरि नेतृत्वमा तेस्रोपटक पनि आउने मौका मिलेको छ । ‘सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ,’ एमाले विधानको धारा ६४ मा भनिएको छ । ‘तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले…
झापा । कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष ग्यास अजमल मियालाई मेचीनगर ६ का एक युवकले हेल्मेटले निर्घात प्रहार गरि नाकको डाँडी भाँचिदिएका छन् । मियामाथि निर्घात प्रहार गर्ने मेचीनगर ६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेको छ । बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडाध्यक्ष मियामाथि बिहीबार विहान अस्पताल गेटसँगै टाँसिएको मुख्य सडकमा पनेरुले हेल्मेट प्रहार गरेका थिए । प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको बेला सडकमा लडेका थिए । अस्पतालबाट निस्कदै गर्दा वडाध्यक्ष सवार गाडीमा पनेरु आफैं ठोक्किएर लडेका थिए । त्यही निहुँमा उनले कारभित्र रहेका वडाध्यक्ष मियामाथि आक्रमण गरेको…