Author: खबरमञ्च

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको आरोपमा तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । ‘ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो,’ उनले भने । ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो । पूर्वसहसचिव सुधीर साह यसअघि नै पक्राउ परिसकेका…

Read More

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका उनलाई आज प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । थापासँगै नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका छन् । थापा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

Read More

काठमाडौं । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् । आमा बुबासँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् । उनको शवलाई पोष्ट मार्टमका लागि राती नै टिचिङ अस्पताल महारानगञ्जमा लगिएको छ । उनी पछिल्लो समय ‘ह्यासट्याग माया’ भन्ने फिल्ममा अभिनयरत थिए । उक्त फिल्मको हाल ४५ प्रतिशत मात्र छायाङ्कन सकिएको छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्ममा…

Read More

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। सभामुखसहितका मत जोडेर बिहिबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लागेका हुन्।  कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन्।

Read More

काठमाडौं । १४ औं महाधिवेशनपछि नेपाली कांग्रेसले बिहीबार पहिलोपटक जिल्ला सभापतिहरुको भेलाको आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलमा भएको भेलामा देउवा नै अनुपस्थित रहे । ६५ भन्दा बढी जिल्लाका सभापति सहभागी भएको भेला सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणमा आउन सक्ने समस्यालाई समाधान गर्ने प्रयोजनका लागि राखिएको थियो । तर भेलाको मूल विषयलाई छाडेर जिल्ला सभापतिहरु भने सरकारको कामकारवाही बारे असन्तुष्टि व्यक्त गरेका थिए । बैठक पछि कांग्रेस केन्द्रीय मीन विश्वकर्मा भेलामा सरकारको कारवाही बारे प्रश्न उठेको बताए । उनले भने, ‘भेलामा सरकारको विषयमा साथीहरुले कुरा उठाउनु भयो , छलफल पनि…

Read More

झापा । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार अपरान्ह प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिका गठबन्धन दलहरुको तर्फबाट दाबी प्रस्तुत गरेलगतै प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

Read More

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला काठमाडौंमा सुरु भएको छ । भेलामा कांग्रेसको जिल्ला कार्यसमितिका अधिकासं सभापति सहभागी छन् । १४ औं महाधिवेशनपछि कांग्रेसले जिल्ला सभापतिहरूसँग संयुक्तरुपमा अलग्गै छलफलको आयोजना गरेको यो नै पहिलो पटक हो ।भेलामा महामन्त्रीद्वय गठन थापा र विश्व प्रकाश शर्माले नै जिल्ला सभापतिहरूसँग अन्तरक्रियात्मक छलफल गर्ने, जानकारी लिने र निर्देशन दिने कार्यक्रमहरू छ । सभापतिहरुलाई स्वागत गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले, दशैं अघि नै पार्टीको नीति महाधिवेशन गर्ने तयारी भइरहेको बताए । केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार र ३२९ वटा स्थानीय सरकारको नेतृत्वमा कांग्रेस रहेकाले काम गरेर देखाउनुपर्ने बताए।छलफलमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यता…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका मध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । नतिजाअनुसार ए प्लस वा ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए । नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ । आज दिउँसो…

Read More

काठमाडौँ । विगत केही दिनयता सामान्य रूपमा चलिरहेको नेपालको राजनीति बुधबारदेखि पुनः तरंगित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिपछि नेपालको राजनीति अहिले तरंगित बनेको हो । प्रधानमन्त्रीले बोलेका भनाइलाई लिएर प्रमुख विपक्षी दल नेकपा एमालेले उनको राजीनामासमेत माग गरेको छ । प्रधानमन्त्री दाहालको भनाइलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबारको बैठक अवरोध गर्दा प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार र राष्ट्रिय सभाको बैठक बिहीबार बस्नेगरी स्थगित गरिएको छ । उनको यस अभिव्यक्ति दाहाललाई सत्ताच्युत गराउन प्रमुख विपक्षी एमालेलाई राम्रो मसलासमेत बन्ने…

Read More

काठमाडौं । एक महिनापछि अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन् । १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की १ असारमा नेपालको ३०औं प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । अवकाशमा जानुअघि एक महिना अघिदेखि मुद्दा नहेर्ने अभ्यासअनुसार प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडेका हुन् । यसअघिका प्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, गोपाल पराजुली र सुशीला कार्कीले भने अवकाश हुनु एक दिन अघिसम्म मुद्दा हेरेका थिए । तर, कार्कीले भने एक महिनाअघि नै मुद्दा हेर्न छाडे । प्रधानन्यायाधीश नियुक्त भएको दिन नै सञ्चारकर्मीसँग बोल्दै कार्कीले अवकाशको एक महिना अघिदेखि नै बिदामा बस्ने परम्परा पालना गर्ने बताएका थिए । उनले…

Read More