Author: खबरमञ्च

काठमाडौं । सर्वाेच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन गर्न बाटो खोलिदिएको छ । बिहिबार सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरेसँगै सरकारलाई ऐन कार्यान्वयन गर्ने बाटो खुलेको हो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्च अदालतले जेठ २१ गते अल्पकालीन अन्तरिम आदेशबाट नागरिकता विधेयक कार्यान्वयन गर्नबाट रोकेको थियो। तर आज उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो। राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपप्रध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरीम आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महान्यायधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला अदालत काठमाडौं र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय समेतलाई विपक्षी बनाएर रिट दायर भएको थियो। चलाउनेलाई २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमै कांग्रेस भ्रातृसंगठन नेविसंघ त्रिविका इकाइ अध्यक्ष आचार्यको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको थियो। सो मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेसी तोकिएको थियो। तर, सरकारले गत…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफनो पहिलो वार्षिकोत्सव मनाउँदैछ। रास्वपाले बालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ। पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ। उक्त चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जनाएका छन्। सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

Read More

झापा । झापाको मेचीनगरमा सञ्चालित रेडियो मन्त्रका सञ्चालक मेचीनगर ७ का ज्ञानेन्द्र निरौलाबाट आफू ठगिएको मेचीनगर नगरपालिका ८ का मोहन कटुवालले बताएका छन् । बुधबार मेचीनगरको इँटाभट्टामा पत्रकार सम्मेलन गर्दै आफूले पाउनुपर्ने तीन लाख रुपैयाँ पत्रकार निरौलाले हडपेको कटुवालले दाबी गरे । उनले भने, ‘मैले अनुरोध गर्दा-गर्दा हैरान भएर तपाईंहरूसामु उपस्थित भएको हुँ । म कहाँ जाँदा न्याय पाउँछु भनिदिनु पर्यो ।’ २०७७ सालमा मेचीनगरकै केशव पोखरेलको स्वामित्वमा रहेको जमिन बेचबिखन गर्दा कटुवालसंगै साझेदारीमा काम गरेका पत्रकार निरौलाले आफ्नो पैसासमेत बैंकबाट निकालेर आफूलाई नदिएको कटुवालले पत्रकारसामु बताए । झापा बिर्तामोडका महेन्द्र प्रसाईं, हरि प्रसाईंलगायतको टोलीले उक्त जग्गा खरिद गरेको थियो…

Read More

काठमाडौँ । नेपालका सबै सरकारी निकायको वेवसाइट डाउन भएको छ । सिंहदरवारस्थित केन्द्रीय सर्भरमा समस्या आएपछि सरकारी वेवसाइटहरू डाउन भएका हुन् । सर्भर ह्याक भएको हो वा प्राविधिक कारणले बन्द भएको भन्नेबारे अझै एकिन हुन नसकेको गृहमन्त्रालय स्रोतले बतायो । सर्भरमा एक्कासि समस्या आएपछि वेवसाइटहरू नचलेका हुन् । ह्याक भएको हो वा प्राविधिक कारण भएको हो । त्यसबारे अझै अध्ययन भइरहेको छ, स्रोतले भन्यो । केन्द्रीय सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सिस्टम पनि चलेको छैन । जसका कारण हवाई उडानलगायत अति आवश्यक काम कारबाही हुन सकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Read More

काठमाडौं । आफैँले बनाएको नियमावलीको व्यवस्था उल्लंघन गर्दै प्रतिनिधिसभाका सदस्यहरू संसद्मा अनुपस्थित हुने गरेका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाको पहिलो अधिवेशनमा दुई सय पाँच सांसद विभिन्न बैठकमा सूचना नै नदिई अनुपस्थित भएका छन् ।  प्रतिनिधिसभा नियमावलीले एक दिन पनि अनुपस्थित रहँदा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । पूर्वसूचना दिन नसके उपस्थित भएको तीन दिनभित्र कारण खुलाएर सभामुखलाई जानकारी दिनुपर्छ । पूर्वसूचना त परको कुरा, तीन दिनभित्र जानकारी नदिने सांसदहरूको संख्या पनि ठूलो छ । यसपटक नयाँ दल र अनुहार चुनिएर आएकाले संसद्भित्र ऐन–नियम पालना हुने र सार्थक बहसको थलोमा जनप्रतिनिधि जवाफदेही बन्ने अपेक्षा थियो । तर, अनुपस्थितिका मामिलामा विगतकै प्रवृत्तिको दोहोरिएको छ । २५ पुसदेखि…

Read More

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो जित हात पारेको छ । पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको पराजय भोगेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको हो । जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालीका लागि भिम सार्कीले ७७ रन जोडे । कुशल भुर्तेलले ३९ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ३९ रन जोडे । यसअघि जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभर सबै विकेट गुमाएर २०७ रन जोड्यो । अमेरिकाका लागि शायान जाहाँगिरले रनको योगदान गरे । उनले ७९ बलमै शतक…

Read More

काठमाडौँ । विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको हो । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन तीन जना पदाधिकारीबाट ६ अर्ब १५ करोड रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना असुल गर्नुपर्ने सजाय निर्धारण गरेको छ । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार भ्रष्टाचार…

Read More

कैलाली । बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । मंगलबार दुर्घटनामा परि गम्भिर घाइते भएका सिंहलाई थप उपचारका लागि हेलीकोप्टरबाट नेपालगञ्ज लगिएको थियो । सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी भरत बोहराले सिंहको उपचारका क्रममा मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए । सोही दुर्घटनामा परि उनकी पत्नी अमृता सिंह, भाउजु जयदेवी सिंहको पनि निधन भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारत सम्बन्धी नक्शाको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन दिएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले दिएका हुन् । उनले भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको विषयमा भारत सरकारको आधिकारीक धारणा आएको बताए । उनले अखण्ड भारतको नक्शा मुरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्शामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारीक धारणा भारतका विदेशमन्त्रीबाट आएको बताए ।…

Read More