Author: खबरमञ्च
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत तीन समितिहरूको बैठक आज बिहीबार बस्दै छन् । संसद सचिवालय सिंहदरबारमा कृषि, सहकारी तथा प्राकृति स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको बैठक बिहान ११ : ३० बजे समितिको सभा हलमा बस्ने छ । बैठकमा भूमि व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधानका विषयमा छलफल हुनेछ । त्यस्तै, पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक पूर्वाधार समितिको सभाहलमा बस्ने छ । आजै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक युवा तथा खेलकुद मन्त्रालयको वर्तमान…
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बिहीबार बिहान १० बजेका लागि बोलाइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बिहान ११ बजे बस्ने गरि डाकिएको बैठक सीता दाहालको निधनका कारण आजको लागि सारिएको हो । बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरुमा सांसदहरुले उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । मन्त्रीहरूले जवाफ दिएपछि आजकै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरुमा प्रस्तुत गरिएका खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यस्तै बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण मे प्रतिनिधिसभाबाट सन्देससहित प्राप्त ‘विनियोजन विधेयक २०८० लाई पारित गरियोस’ भन्ने प्रस्ताव राष्ट्रिय सभामा पेस…
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म दिर्घकालिन असर पर्ने कुनै पनि निर्णय नगर्न/नगराउन अन्तरिम आदेश जारि गरेको हो । इजलासले उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्बन्धमा पेश भएको प्रस्ताव, समर्थन, दाबी, हस्ताक्षर लगायतका सम्पूर्ण कागजात र मुख्यमन्त्री नियुक्ति गरेको निर्णयको सक्कल फाईल कोशी प्रदेश प्रमुखको कार्यालयबाट साउन ३ गतेभित्र झिाकाउन पनि आदेश गरेको छ । यस्तै, आगामी साउन ७ गतेबाट पेशी तोकी निरन्तर सुनुवाई हुने सर्वोच्चको आदेश छ । कोशी प्रदेशमा सभामुख बाबुराम गौतमको समथर्नमा गठन भएको उद्धव थापा नेतृत्वको सरकार…
काठमाडौं । नेपालको दशवर्षे शसस्त्र द्वन्द्वकालमा पुष्प कमल दाहाल प्रचण्ड नाम आम नागरिकका लागि त्रासदी, कौतुहलता र सम्भावनाको एउटा ठूलो भूमरी थियो । पत्रपत्रिकामा आएका केही तस्वीर र त्यसमा राखिएको दारी जुँगासहितको मान्छेबारे मानिसहरुका मनमा धेरै खाले भावावेग उत्पन्न हुनु स्वाभाविक थियो । उनको परिवार र श्रीमतीको विषयमा समेत मानिसहरुले विभिन्न खाले अनुमान र आंकलन गर्थे । तर २०६३ असार २ गते तीनै पुष्पकमल दाहाल प्रचण्डसँगै बालुवाटार छिरेपछि सीता दाहाल अर्थात् प्रचण्ड पत्नी सीताबारे आम नागरिकको संसय र कौतुहलता पनि औपचारिक रुपमा सकिएको थियो । निक्कै उतारचढावपूर्ण जीवन विताएकी उनी सीता दाहालले बुधबार बिहान ८ः३३ बजे यस धर्तीबाट संधैका लागि…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको अन्त्येष्टि गरिएको छ। बुधबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि गरिएको हो। पत्नी दाहाललाई उनका श्रीमान प्रधानमन्त्री प्रचण्ड र दुई छोरीहरु रेनु र गंगा दाहालले दागबत्ती दिएका थिए। दाहालको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए। राजकीय सम्मानस्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो। अन्त्येष्टिमा मन्त्रीहरूसहित राजनीतिक दलका शीर्ष नेता सहभागि थिए । अन्त्येष्टिमा नेता, कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। दाहाल पार्किन्सनजस्तो देखिने एक जटिल प्रकारको रोगका कारण बुधबार विहान…
काठमाडौै । एक वर्षपछि आज बस्ने तय भएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण बैठक स्थगित गरिएको हो । अब साउन २ गते केन्द्रीय समिति वैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति वैठक गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म चलेको थियो । अब साउन २ गते ठ्याक्कै एक वर्षपछि वैठक बस्ने तय गरिएको छ । बुधबारदेखि बस्ने बैठकका एजेण्डालाई अन्तिम रुप दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बुधबार बिहान डाकिएकोमा बैठक बस्नु अघि नै सीताको निधनको खबर आएपछि एजेण्डा तय…
काठमाडौं । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने दाहालको सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सीता दाहालको बुधवारबिहान ८ः ३३ मा निधन भएको हो।
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(बुधबार) दिउँसो देशभर मौसम सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । महाशाखाले कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा भने मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुनसक्ने जनाएको छ । मनसुनी वायुको प्रभावसंगै मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तर्फ अर्थात् नेपाल नजिक आइपुगेकाले आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुनसक्ने महाशाखाले जनाएको हो । हाल कोशी र मधेश प्रदेशमा मौसम सामान्य देखि पूर्ण बदली रहेको छ । अहिले कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको…
काठमाडौं । अर्थ समितिको बैठक आजका लागि बोलाईएको छ । संघीय संसद सचिवालयमा बुधबार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयका पदाधिकारीसँग मौद्रिक नीतिबारे छलफल गर्ने तयारी गरिएको छ । बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन,मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका अन्य विविध विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डाक्टर प्रकाशशरण महत लगायतसंग विषयगत छलफल हुने बताइएको छ । त्यस्तै, आजै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्दै छ । दिउँसो १ बजे समितिको समितिको सभाकक्ष सिंहदरबारमा…
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने अजेन्डा तय गर्न अहिले बिहान सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारीहरू छलफलमा जुटेका छन् । पदाधिकारीसहितको बैठकले तय गरेको अजेन्डा दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्रीले पेस गर्ने छन् । विधानत प्रत्यक दुई-दुई महिनामा बस्नु पर्ने कांग्रेस केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्न लागेको हो । गत असार २७ देखि सुरु भएर साउन २ गते केन्द्रीय समिति बैठक सकिएपछि कांग्रेसमा फेरि अर्को बैठक बसेको थिएन । एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा आठ महिना अघि…