Author: खबरमञ्च
काठमाडौं । मिटरब्याज पीडितहरुले राष्ट्रपतिबाट प्रमाणीकरण भएको मिटरब्याज सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक जलाएका छन् । बिहीबार मिटरब्याज सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण मिटरब्याज पीडितहरुको हितमा नभएको भन्दै उक्त प्रमाणीकरण जलाएका हुन् । किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवदेश कुसवाहले रातारात मिटरब्याजी साहुहरुको अर्डरमा कानूनलाई संसोधन गरेर मिटरब्याजीको पक्षमा विधेयक आएकोले राष्ट्रपतिबाट प्रमाणीकरण भएको कानून जलाएको बताए । उनले भने, ‘रातारात मिटरब्याजी साहुहरुको अर्डरमा कानूनलाई संसोधन गरेर मिटरब्याजीको पक्षमा लगियो त्यसैले यो कानूनलाई जलाएका र्हौं ।’ उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको बोली र व्यवहार एकदमै फरक भएको गुनासो पोखे । पुरानो विधेयकलाई एउटा उपलब्धी…
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उद्धव थापाकै नेतृत्वमा कोशी प्रदेश सरकार गठन हुने दाबी गरेका छन् । शुक्रबार साँझ विराटनगर विमानस्थलमा साँझ सञ्चारकर्मीसँग कुरा गर्दै डाक्टर कोइरालाले अदालतले मान्यता नदिएका मुख्यमन्त्री संसदीय दलका नेतासमेत भएकाले आगामी सात दिनभित्र थापाकै नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास व्यक्त गरे । ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ ’ उनले भने । उद्धव थापाकै नेतृत्वमै ? पत्रकारको प्रश्नमा उनले भने, ‘अहिले संसदीय दलको नेता जो हुनुहुन्छ उहाँकै नेतृत्वमा सरकार बन्छ ।’ विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै उनले अदालतले अन्य राजनीतिक दललाई…
काठमाडौं । नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आए पनि मुख्य मालिकभन्दा भरियाले सास्ती पाउने गरेका छन्। लगानीकर्ता र तस्करहरूले भरियामार्फत सुन ओसारपसार गर्ने गरेका छन्। त्यसकारण सुरुमा भरिया मात्रै पक्राउ पर्ने र मालिकहरूले उन्मुक्ति पाउने गरेका हुन्। २०७० सालयताको विवरणलाई हेर्ने हो भने लगानीकर्ताहरू कुनै न कुनै रूपमा जोगिने र बिचौलियाको भूमिकामा रहने तथा कमिसनको लोभमा तस्करीको सुनलाई तोकिएको स्थानसम्म पुर्याउनेहरू मात्रै पक्राउ पर्ने गरेका छन्। नेपाल प्रहरीका अनुसार एक दशकको अन्तरालमा करिब ८ सय जना व्यक्तिहरू सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। प्रहरी र कर्मचारीबाहेकलाई हेर्ने हो भने ७ सय २२ जना यो प्रकरणमा पक्राउ परेका छन्। तर,…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा केही विषय आउने वित्तिकै प्रधानमन्त्री तथा मन्त्रीहरुको राजीनामा माग्ने क्रम सुरु भएको बताएका छन् । इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी एमालेप्रति लक्षित गर्दै भने, ‘हत्त न पत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार बसिरहेको छ, यो राम्रो होइन । राजीनामा दिने भए देऊ नत्र सदन चल्दैन भन्नु राम्रो होइन ।’ विमानस्थलबाट बरामद भएको सुन र पछिल्लो राजनीतिक परिस्थिति लगायतका विषयमा उपप्रधानमन्त्री, मन्त्रीहरूसँग कुरा गरेर मात्र थप बताउन सक्ने बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई स्वदेश फर्किएका हुन् । साउन ६ गते इटली गएका प्रधानमन्त्रीले भ्रमणका क्रममा जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको उल्लेख गरेका थिय । प्रधानमन्त्रीको स्वागतमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, अन्य मन्त्री, सुरक्षा निकायका अधिकारीलगायत विमानस्थल पुगेका थिए ।
काठमाडौं । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापा नेतृत्व सरकार बदर गर्दै साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रियाअघि बढाउन परमादेश जारी गरेको छ । तर, कोशी प्रदेशसभाको अहिलेको संख्यालाई हेर्दा तत्काल नयाँ सरकारको सम्भावना कमजोर देखिएको हो । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरू समिलित वर्तमान गठबन्धनबाट नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन आवश्यक पर्ने छ । तर, अहिलेको अवस्थामा कांग्रेस नेतृत्व प्रदेश सरकारमा राप्रपा सहभागि हुने देखिंदैन । राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन र कांग्रेस पूर्वमहामन्त्री…
काठमाडौं । हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको कारण हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका अन्य भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । आज राति भने गण्डकी प्रदेशलगायत पहाडी र तराई भू–भागका एक दुई…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको जरिवाना बुझाएका छन् । आयोगले, तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाई फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेका उनले सामाजिक सञ्जालमा लेख्दैै, यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताएका छन् । उनले लेखेका छन् ,‘ मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी…
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार कोशी प्रदेश सरकार गठन गर्दा सभामुख बाबुराम गौतमको सहभागिता अवैधानिक ठहर गर्दै मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको हो । सभामुख गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए।सर्वोच्चको यो आदेशपछि यसअघि नै कामचलाउ बनिसकेका उद्धव थापा पदमुक्त हुने भएका छन्।सर्वोच्चको यो आदेशसँगै कोशी प्रदेशमा असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको सरकार ढलेको छ। कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित…
काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर १३ देखि १५ गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौँमा बोलाउने निर्णय गरेको छ । कांग्रेसको सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानबमोजिम नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी मङ्सिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक बोलाउने निर्णय गरेको हो । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सम्पन्न भएको हो । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयार्थ प्रस्तुत गरेका प्रस्तावहरू बैठकले पारित गरेको हो । कांग्रेसको साङ्गठनिक सुदृढीकरणका लागि यही साउन २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने बैठकले…