Author: खबरमञ्च

काठमाडौं । ललिता निवास प्रकरणको सुनवाई नसकिएपछि बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दाकाे पेशी आज राखिएको छ। ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आजको पेशीमा राखिएको हो। गत सोमबारबाट सुरु भएको सुनुवाई मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी आजका लागि पेशी तोकिएको हो।  सञ्चार सचिव राउत,भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलगायतले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए। 

Read More

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले नेपाली कांग्रेसले गठबन्धन जोगाएर पार्टीलाई सही बाटोमा डोहोर्याएको बताएका छन् । मंगलबारदेखि सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै उनले सरकारमा कांग्रेस रहनुको पछाडि पुस १० गते भत्किएको गठबन्धन जोगाउने नेतृत्वको सफलताकै कारण सम्भव भएको बताए । कुनै पनि हालतमा माओवादी केन्द्र र एमालेबीचको गठबन्धन भत्काउनु पर्छ भन्ने लक्ष्यका साथ सभापति शेर बहादुर देउवाको नेतृत्वमा भएको वार्ताको आधारमा कांग्रेसले राष्ट्रपतिदेखि सरकारमा सहभागिता तथा प्रदेशमा समेत सम्मानजनक अवस्थामा उभ्याएको बताए । उनले भने ‘त्यहि विश्वासको मतको आधारमा पुस १० गते भत्किएको गठबन्धन पुर्नस्थापित हुने एउटा राजनीतिक वातावरण बन्यो । त्यहि वातावरणको परिणाम स्वरुप हाम्रो…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको केन्द्रिय कार्यसमिति बैठक हरेक दुई महिनामा बस्नु पर्ने प्रस्ताव गरेका छन् । झण्डै एक वर्षपछि मंगलबार पार्टी कार्यलयमा सुरु भएको बैठकमा कार्यपत्र प्रस्तुतगर्दै महामन्त्री थापाले अब प्रत्येक दुई महिनामा पार्टीको केन्द्रिय कार्यसमिति बैठक बस्ने र वर्षको दुई पटक काठमाडौँ बाहिर राख्नु पर्ने प्रस्ताव गरे । उनले भने ‘प्रत्येक २ महिनामा एक पटक बैठक बस्ने । आवश्यकताको आधारमा बस्ने । सभापति ज्यूको जिम्मेवारी अधिकार भएकोले बोलाउने कुरा भईहाल्छ । श्रावणमा बसिसकेपछि असोज,मंसिर,माग,चैत,असारको पहिलो हप्ता बस्ने वर्षको न्यनतम २ वटा बैठक चाहीँ उपत्यका भन्दा बाहिर गर्नुपर्छ भन्ने प्रस्ताव गरेका छौं ।’ उनले नेपाली कांगे्रसका…

Read More

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक नेपाली कांग्रेसले आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ गरिएको यो पहिलो पटक हो। यसअघि सोमबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने प्रस्ताव गरेका थिए। कांग्रेस केन्द्रीय समिति एक वर्षपछि बसेको हो। बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ।

Read More

हामी गिरीबन्धु टी इस्टेट प्रा.लि. (कम्पनी) का संस्थापक शेयरधनी हौं । यो कम्पनी झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ६ मा मिति २०२०।०४।२७ मा दर्ता भएको र कम्पनीको स्थापना हुँदाका वखत हामी (कृष्णकुमार गिरी, प्रेमकुमार गिरी) र त्रिलोचन गिरी गरी ३ जना मात्र संस्थापक शेयरधनी रही कम्पनी स्थापनाकाल देखि नै चिया वगान सञ्चालन गर्दै आइरहेका थियौं । हाम्रो हजुरबुबा शमसेर गिरीका मूल अंशियारहरु सबैको हिस्सा रहने गरी पटक पटक शेयर पूँजी वृद्धि र बाँडफाँड हुँदै जाँदा २०४० सालमा कम्पनीको कुल ८५२ कित्ता शेयर मध्ये हामी समेतको नाममा २२० कित्ता शेयर भएकोमा हाम्रो २२० कित्ता शेयरको मूल्याङ्कन वापत रु २३,५१,०००।– नगद…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव भएको बताएका छन् ।   नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी भएका अध्यक्ष लिङदेनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताए । हिन्दुराष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन् ।  उनले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए ।  शान्तिपूर्ण बाटोबाट पार्टीले नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना गर्न चाहेको लिङ्देनले…

Read More

काठमाडौं । साउनको व्रत बस्नेहरुका लागि यस पटक आठ वटा सोमबार परेको छ । साउन महिनाको पहिलो सोमबार आज परे पनि यस पटक तिथिले साउनको सोमबार असार २५ गते नै परेको थियो । यसपटक साउन २ गतेदेखि अधिकमास परेकोले शुद्ध श्रावण कृष्ण पक्षमा असार २५ र साउन १ गते तथा शुद्ध श्रावण शुक्ल पक्षमा भदौ ४ र ११ गते सोमबार परेको छ । साउन ८, साउन १५, साउन २२ र साउन २९ गते परेका सोमबार अधिमास अवधिका हुन् । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास पर्दा साउनको सोमबार आठवटा हुने पुगेको हो । चन्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु…

Read More

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइका अनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैया घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रृवहाक सवारी साधनमा २.१३ प्रतिशत, मालवहाक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको उनले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले घटेको भाडादर आजदेखि नै लागू हुने भन्दै त्यसको अनुगमन यातायता व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई दिइएको बताए ।उनले भने, ‘घटाएको भाडादर…

Read More

काठमाडौं । ककनी गाउँपालिका र धुनीबेसी नगरपालिका स्थानीयबासीले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध सृजना गरेका छन् । संघीय सरकार र काठमाडौं महानगरपालिकाले स्थानीयको माग सम्बोधन गर्न चासो नदेखाएको जनाउँदै स्थानीयहरूले सोमबार(आज) बिहानै देखि फोहोर फाल्न अवरोध खडा गरेका हुन् । स्थानीयले बिहानैदेखि ककनी र धुनीबेसीको सीमानामा अवरोध गरेपछि काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनर बीच बाटामै रोकिएका छन् । स्थानीयबासीको आन्दोलनमा स्थानीय जनप्रतिनिधिहरू समेत सहभागी छन् । ककनी गाउँपालिकाको १२ औं सभाले फोहोरका कन्टेनरको प्रवेश शुल्क साउन १ गतदेखि ठूला प्रतिगाडीलाई १५ सय र १ हजार रूपैयाँ लिने निणर्य गरेको थियो। त्यसकाविरुद्ध फोहोर संकलन गर्ने निजी संघसंस्थाको छाता संगठन फोहोरमैला…

Read More