काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको केन्द्रिय कार्यसमिति बैठक हरेक दुई महिनामा बस्नु पर्ने प्रस्ताव गरेका छन् ।
झण्डै एक वर्षपछि मंगलबार पार्टी कार्यलयमा सुरु भएको बैठकमा कार्यपत्र प्रस्तुतगर्दै महामन्त्री थापाले अब प्रत्येक दुई महिनामा पार्टीको केन्द्रिय कार्यसमिति बैठक बस्ने र वर्षको दुई पटक काठमाडौँ बाहिर राख्नु पर्ने प्रस्ताव गरे ।
उनले भने ‘प्रत्येक २ महिनामा एक पटक बैठक बस्ने । आवश्यकताको आधारमा बस्ने । सभापति ज्यूको जिम्मेवारी अधिकार भएकोले बोलाउने कुरा भईहाल्छ । श्रावणमा बसिसकेपछि असोज,मंसिर,माग,चैत,असारको पहिलो हप्ता बस्ने वर्षको न्यनतम २ वटा बैठक चाहीँ उपत्यका भन्दा बाहिर गर्नुपर्छ भन्ने प्रस्ताव गरेका छौं ।’ उनले नेपाली कांगे्रसका विभिन्न ४८ वटा विभागहरुमा नयाँ विभाग थप्नु आवश्यकता समेत औल्याए ।
भाद्र १५ गते सम्ममा सबै विभागहरुको गठन गर्ने र पुर्णता दिइसक्ने र प्रत्येक विभागले कार्यक्षेत्र अन्तर्गत कार्यक्रम बनाई कार्यतालिकासहित वार्षिक योजना भाद्र मसान्त भित्र केन्द्रिय कार्यसमितिमा पेश गर्ने उनको भनाई छ।
