Author: खबरमञ्च
काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको बैठकमा बिहीबार साँझ बसेको बैठकले प्रधानन्यायधीशमा श्रेष्ठको नाम सिफारिस गरेको हो । यहि २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदैछ । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेसंगै अब संसदीय सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले क्विन्टल सुन प्रकरण छानविनका लागि समिति बनाउँदा सरकारको अनुसन्धान प्रकृयामा प्रभाव पर्ने तर्क गरेकी छिन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले अनुसन्धान गरिरहेको भन्दै त्यसका लागि समिति गठन गर्नु आवश्यक नभएको तर्क गरिन् । उनले भनिन्, ‘सरकारले नचाहेको भए सम्भवत यो सुन समातिने थिएन । यो सुन प्रकरण पनि हुने थिएन् । त्यसैले सरकारले नै छानविन गरिरहेको अवस्थामा थप छानविन समिति बनाउने कुराले सरकारको अनुसन्धान प्रक्रियामा प्रभाव पर्छ ।’ उनले सुन प्रकरणको विषयमा अनुसन्धान विभागले गम्भीर अनुसन्धान गरिरहेको बताइन् । ‘सुन प्रकरणको विषय प्रधानमन्त्री कार्यलय अन्तर्गतको राजस्व अनुसन्धान…
काठमाडौं । नेकपा एमालेले अवरुद्ध गरेपछि राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्नेगरि स्थगित भएको छ । एमाले सांसदले सुन तस्करी प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति नबनाएसम्म बैठक चल्न चदिने बताएपछि बैठक यही साउन २२ गते बस्नेगरि स्थगित भएको हो । बिहीबार बसेको बैठकको सुरुमै सांसद भैरव सुन्दर श्रेष्ठले सुन प्रकरणबारे उच्चस्तरिय समिति नबनेसम्म बैठक चल्न नदिने पार्टीको निर्णय भएको बताएपछि एमालेका सबै सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । सुन तस्करहरुलाई कारबाहीको दायरामा नल्याएसम्म एमालले टुलुटुलु हेरेर नबस्ने उनको भनाइ छ । ‘सुन प्रकरणले नागरिकहरुको शीर निहुराउने काम भएको छ । सरकार यसप्रति बेखबर नै छ । यसमा जो सुकै…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको हो । बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुनेछ । पार्टीको राजनीतिक दस्तावेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ । रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । मंसिर हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता र सरकारले गरेका कामका बारेमा मुख्य गरी बैठकमा छलफल हुने छन् । बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए भने १७ जना केन्द्रीय समिति सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको जानकारी गराउँने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । यस्तै, अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची पनि रहेको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गर्ने कार्यसूची पनि रहेको छ ।
काठमाडौं । संवैधानिक परिषदको बैठक आज अपराह्न ५ बजे बस्दैछ । आजको बैठक सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि बस्न लागेको हो । गत मंगलबार बसेको पहिलो बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बोलाइएको हो । आगामी शनिवारदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भएपछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।
काठमाडौं । नेकपा एमालेले मुलुकभर फैलिएको लम्पी स्किन पशुरोगलाई महामारी घोषणा गर्न माग गरेको छ । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा विरोध प्रर्दशन गर्दै एमालेले किसानलाई तत्काल बीमा उपलव्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनुपर्ने माग गरेको छ । विरोधका क्रममा संचारकर्मीसंग बागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँलले किसान लम्पी स्किनको महामारीबाट आजित बन्दासमेत सरकार कुभ्मकर्णको निन्द्रामा रहेको आरोप लगाए । उनले भने, ‘हाम्रो देशमा लम्पी स्किनका कारण एक अर्बको क्षति भइसक्यो । पशु धन पशु बस्तु मरेको कारणले ७६ जिल्लामा फैलिसक्यो । ४९ हजार पशु मरिसके । ११ लाख पशुहरु संक्रमित भइसके । तै पनि सरकार…
केन्द्रीय समितिले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्छः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको चौथो पूर्ण बैठकको घोषणा गर्दै अध्यक्ष दाहालले बैठकले पार्टी र आन्दोलनलाई मात्र नभई सिङगो जनता र राष्ट्रको आवश्यकलाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने बताएका हुन् । उनले भने, ‘यो बैठकले पार्टी र आन्दोलनलाई मात्र होइन्, सिङगो जनता र राष्ट्रको आवश्यकलाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने छ ।’ अध्यक्ष दाहालले पछिल्लो समयमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रूवीकरणका नयाँ प्रकृयाहरु देखा परेको भन्दै उक्त बैठकबाट पूर्ण निर्माणको…
काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँले मन्त्री मागेपछि सत्तागठबन्धनमा पुनः विवाद मच्चिएको छ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको बुधबार बिहान १० बजे हुने भएको पद तथा गोपनीयताको सपथ ५ बजेका लागि सरेको छ । प्रचण्डका ज्वाइँ जीवन आचार्यले मन्त्री मागेपछि भागबन्डामा किचलो थपिएको बताइएको छ । हिजो (मंगलबार) मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको थियो । विवाद बढेपछि मुख्यमन्त्री थापाको शपथ बुधबार साँझ ५ बजेका लागि सरेको छ । थापालाई मुख्यमन्त्री बनाउन प्रदेश सभामुखबाट राजीनामा दिएका बाबुराम…