Author: खबरमञ्च

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने नेपाली कांग्रेसले निर्णय गरेको छ । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो। प्रदेश राजधानी विराटनगरमा भएको संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको दलका उपनेता हिमाल कार्कीले जानकारी दिए ।  सर्वोच्च अदालतको परमादेशले कार्कीलाई भदौ २२ गते मुख्यमन्त्री नियुक्त गरेको थियो। मुख्यमन्त्री कार्कीले असोज २० गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

Read More

बिराटनगर । नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका छन् । एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार प्रदेश राजधानी विराटनगरमा शुरु भएको हो । अधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष ओलीले २०८४ सालको चुनावमा प्रत्येक वडामा एमालेको न्यूनतम ५१ प्रतिशतको बहुमत आवश्यक भएको बताए । संसदमा धेरै दल भए काम नहुँदै भन्दै उनले एमालेले बहुमत ल्याउनुपर्ने बताए । अहिलेको निर्वाचन प्रणालीप्रति असन्तुष्टि जनाउँदै दीर्घकालीन सोचका साथ गर्नुपर्ने कामका लागि जनादेश नभएको ओलीको भनाइ थियो । संसदमा धेरै दल भए सबैलाई चित्त बुझाउने काममै ध्यान जाने ओलीले बताए । त्यसबाट पार पाउनका लागि अब एमालेको…

Read More

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगी गरेको आरोपमा केसी पक्राउ परेका हुन् । केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरिएको काठमाडौं अपराध महाशाखाले पक्राउ गरेको हो । महाशाखाका प्रमुख एआईजी दिपक थापाले केसी पक्राउ परेको पुष्टि गर्दै भने, ‘उनलाई आपराधिक विश्वास घातको अभियोगमा पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदै छ ।’ केसीले रामायण फिल्मका लागि दश लाख एड्भान्स लिएर साइन गरेको आरोप छ । उनले आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध कार्यालय, बानेश्वरमा गएको ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ गरिएको हो…

Read More

झापा । बिर्तामोड नगरपालिकाले निशुल्क रेविज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेविज दिवशको अवसर पारेर नगरपालिकाले आज (शुक्रबार) देखि सप्ताहव्यापी रेविज विरुद्वको खोप कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत मेघराज बाँस्तोलाले उद्घाटन गर्नु भयो । वडा नम्बर १० स्थित सैनिकबजारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अधिकृत बाँस्तोलाले नगरका पशुपंछि तथा मत्स्य विकास शाखाका अधिकृत राजेश अधिकारीलाई भ्याक्सिन हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको हो । नगरका १० वटै वडामा रहेका सडक सामुदायिक तथा घर पालुवा कुकुर र विरालोलाई एक साताभरी रेविज विरुद्वको खोप लगाइने छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्तोलाले वडा वडामा आएको…

Read More

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन -एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार नेपाल आउन लागेकी एमसीसीकी सीईओ अलब्राइटले पाँच दिन काठमाडौंमा विताउने कार्यक्रम रहेको बताइएको छ । नेपालमा एमसीसी परियोजना सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ । एमसीसीकी सीईओ एलिस परियोजना कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका उच्च स्तरिय नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । एलिसले पाँच दिने नेपाल बसाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद,ऊर्जामन्त्री शक्ति बस्नेतलगायत…

Read More

झापा । झापाको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत परस्त्रीसंग आपत्तिजनक अवस्थामा भेटिएका छन् । सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएका मुकुन्द बस्नेतलाई आफ्नै श्रीमतीले परस्त्रीसँग जंगलमा भेटेपछि केहिबेर कुटाकुटसम्म भएको भिडियोमा देखिन्छ । कुनै सुनसान जंगल जस्तो देखिने स्थानमा देखिएका स्वास्थ्य शाखा प्रमुख बस्नेत र उनकी श्रीमती साथै अनुहार लुकाएर उभिएकी महिलाको अवस्था हेर्दा सामान्य देखिँदैन । बाटोको डिलमा स्कुटर लडेको साथै फुटेको अवस्थालाई नियाल्दा पनि अनुमान लगाउन सकिन्छ कि घटनाले ठूलै रुप लिएको छ । सार्वजनिक भएको भिडियोमा बस्नेतलाई एकजना महिलाले घाँटीमा समाएको र भुँइमा लडाएको प्रष्ट देख्न सकिन्छ । ती महिलाले प्रयोग गरेको भाषाबाट पनि अनुमान लगाउन सकिन्छ…

Read More

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशन आजदेखि प्रदेश राजधानी विराटनगरमा शुरु हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । अधिवेशन आयोजक मूल समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो । पार्टीका प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनीत बाहेकका प्रतिनिधि छनोटको कार्य पूरा भएको बताए । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । अधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ । पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने बताए ।…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदैछन् । उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र त्यहाँबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने छन् । त्यसपछि साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौं । पूर्व प्रधानन्यायधीश सुशिला कार्कीले आम नागरिक अहिलेको शासन पद्दतिप्रति रुष्ट रहेको दाबी गरेकी छिन् । बिहीबार काठमाडौंमा आयोजित सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उनले अहिले सत्तामा बस्नेहरुले आफ्नो र आफ्नाहरुका मात्रै हित हेरेको उनको आरोप छ । ‘अहिलेको शासनबाट हुदैँन भन्ने कुराको विमति हरेक जनताको मनमा छ । सत्तामा बस्नेहरु आफू हाँस्नु हुन्छ, आफू नै नाच्नु हुन्छ, आफू खुसी आनन्द मनाई रहनु भएको छ । जनताहरुलाई दुख भएको छ । जनताले भएनभन्दा पनि आफूले के के नै गरेको जस्तो मुखमा जे आए पनि बोल्या छ,’ उनले भनिन् ‘कहिले आफैले राम्रो काम गरेको छु भनेको…

Read More

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशन भोलिदेखि प्रदेश राजधानी विराटनगरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । अधिवेशन आयोजक मूल समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो । पार्टीका प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनीत बाहेकका प्रतिनिधि छनोटको कार्य पूरा भएको बताए । भोलि शुक्रबार उदघाटन हुने अधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ । अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने प्रदेश कमिटी अध्यक्ष न्यौपानेले बताए । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ । पार्टीका प्रदेश इन्चार्ज रघुवीर…

Read More