Author: खबरमञ्च

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुन: पदमुक्त भएका छन् । सर्वोच्च अदालतले आज बिहीबार दिएको आदेशअनुसार उनी पदमुक्त भएका हुन् । निवेदक हिक्मत कार्कीको माग बमोजिम रिट जारी गर्दै थापालाई पदमुक्त गरेको हो । यसअघि पनि थापा सर्वोच्चकै आदेशबाट पदमुक्त भएका थिए । उनले भदौ ४ गते लिएको विश्वासको मत र त्यसअनुरुपको पत्र खारेज गरिदिएको हो । सर्वोच्चले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगरले जनाएको छ । उपचारका क्रममा उनमा डेंगी संक्रमण देखिएको थियो। उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।

Read More

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । बुधबार भएको खेलमा घरेलु टोलीले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो। बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्य पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानका लागि  इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाएका थिए । बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १/१ विकेट लिएका थिए ।

Read More

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको वैधानिकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाइ हुँदैछ । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा बिहीबार रीट निवेदक पक्षले जवाफी वहस गर्ने छन् । रिट निवेदक पक्षको जवाफी वहसपछि बिहीबार नै फैसला आउनसक्ने संभावना रहेको छ । मूख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्षको पनि मत प्रयोग गरेको भन्दै कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट हाल्नु भएको हो ।

Read More

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। बुधबार नेविसंघ, अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै पार्टी सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाले देशमा आम नागरिकको जिउ ज्यानको रक्षा गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूणर्रुपले असफल पुष्टि भएको भन्दै तत्काल राजिनामा दिन माग गरेका छन् । अध्यक्ष शेर्पाद्धारा विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल सरकारको पूर्वमन्त्री जस्तो व्यक्तिलाई दिन दहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय छ । यस घटनाको घोर भर्त्सना गर्दछौं ।’ गृहमन्त्री मुलुकमा शान्ति सुरक्षा कायम गर्न पूणर् रुपमा असफल भएको नेविसंघको आरोप छ ।…

Read More

झापा । दमक नगरपालिका वडा नम्बर १ निवासी डा. प्रज्वल कोइराला वेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला परेका छन् । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने मान्छेले लाख देखेर प्रहरीलाइ खवर गरेपछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दो जुल्दो देखिएको विपद व्यवस्थापनमा समेत कार्य गर्दै आएका सुरक्षा वेश चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए । रोक्काका अनुसार मंगलबार अपरान्ह साढे ४ बजे तिर खबर आएपछि विपद व्यवस्थापनमा खटिने टोली लगेर शव ल्याउँदा ६ बजेको थियो । परिवारका सदस्यले शवको पहिचान गरिसकेको र शव धरानको बीपी मेमोरियल…

Read More

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी हरि रिजालले ४ सय ७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । उपाध्यक्षमा पनि कँडेल प्यानलका भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मत प्राप्त गर्दै विजयी भए । यस्तै, उपसचिव पुरुषतर्फ पूर्ण बुढा मगर र महिलातर्फ लीला राना मगर निर्वाचित भएका छन् ।

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६० किलो र ९ किलो सुन ल्याउने तस्करको सञ्जाल सत्तारुढ दल नेकपा माओवादीका नेता र कार्यकर्तावरिपरि देखिएको छ। गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको ६० किलो तस्करीको सुन सिनामंगलबाट बरामद भएको थियो। त्यस्तै गत पुसमा विमानस्थल भन्सार कार्यालयले जफत गरेको ९ किलो सुन भन्सारबाटै हराएको थियो। उक्त ९ किलो सुन ई–सिगरेटभित्र लुकाएर ल्याइएको थियो। सुन तस्करीका यी दुवै प्रकरणमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मुछिएको आरोप लाग्दै आएको छ। सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेको छ। सुन तस्करीलाई संगठित अपराध तथा अन्तरदेशीय अपराधअन्तर्गत राखेर सिआइबीले अनुसन्धान…

Read More

काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक भावले मनाइँदैछ । वैदिक सनातन धर्मावलम्बीले ज्ञान,भक्ति र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मउत्सव धुमधामका साथ मनाउँदै छन् । द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरी भक्तिभावले मनाइँदै छ । आज विशेष गरी महिला, र पुरुष पनि ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित…

Read More