Author: खबरमञ्च
झापा- इलामको सूर्योदय नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कोशी प्रदेशमा पहिलो स्थान हासिल गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नतिजाअनुसार सूर्योदय नगरपालिकाले ९०.५० अंक प्राप्त गरी प्रदेशका १३७ पालिकामध्ये सबैभन्दा अगाडि आएको हो। यो नतिजाअनुसार, सूर्योदय नगरपालिका इलामका १० पालिकामध्ये पहिलो र देशका ७५३ पालिकामध्ये छैटौँ स्थानमा पर्न सफल भएको छ। मन्त्रालयले गरेको गुणस्तर परीक्षणमा नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको छ, जसमा शासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजनामा ८.५०, वित्तीय व्यवस्थापनमा ११, सेवा प्रवाहमा १३.५०, न्यायिक कार्यमा ७, भौतिक पूर्वाधारमा ११, सामाजिक समावेशीकरणमा ९,…
झापा- इलामको एक होटलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। पाँचथर हिलिहाङ गाउँपालिका ३ का ३४ वर्षीय डुप्छेन शेर्पा आज बिहान इलाम बसपार्कस्थित गजुरमुखी होटलको कोठा नं. १०७ मा मृत फेला परेका हुन्। उनी कोठाको झ्यालको भेन्टिलेसनमा जुत्ताको लेसको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका थिए। कोठा भित्रबाट चुकुल लगाएको पाइएको प्रहरीले जनाएको छ। अस्थायी नगर प्रहरी पोष्ट चोकबजारबाट प्रहरी नायव निरीक्षक प्रकाश राजवंशी र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिब बोगटीको कमान्डमा खटिएको टोलीले घटनास्थलमा अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
झापा- राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ झापामा ३० हजार थान बिक्री भएको छ। यसबाट रु दुई करोड २५ लाख सङ्कलन भएको छ। आविष्कार केन्द्रको सहयोगार्थ गत एक महिना उनी झापामा पुस्तक बिक्री अभियानमा थिए। महाकालीबाट सुरु भएको पुस्तक बिक्री अभियानमा झापा सबैभन्दा बढी पुस्तक बिक्री हुने जिल्ला बनेको छ। झापामा ३० हजार थान पुस्तक बिक्री भएकोमा सुनसरीमा २७ हजार र रुपन्देहीमा २० हजार प्रति बिक्री भएको थियो। यस अवधिमा उनी जिल्लाको १५ वटै पालिकामा पुगेका थिए। भद्रपुरमा मात्रै सात दिनमा तीन हजार २१९ प्रति पुस्तक बिक्री भएको अभियानका संयोजक दिपेश ढकालले…
झापा– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं नेकपा एमालेका जिल्ला कमिटी सदस्य टेकेन्द्र सेन्दाङमाथि सांघातिक हमला भएको छ। यो घटना हिजो साँझ करिब ६:३० बजे ताप्लेजुङको फुङलिङ नगरपालिका–४, तोक्मेडाँडामा भएको हो। ४–५ जनाको समूहमा आएका अज्ञात युवाहरूले एक्कासी सेन्दाङमाथि आक्रमण गरी कुटपिट गरेका थिए। उनीहरूको परिचय खुल्न सकेको छैन। कुटपिटबाट घाँटी लगायत शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका वडाध्यक्ष सेन्दाङलाई जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको छ। घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बनियानी- झापामा दुई भिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना र कमल गाउँपालिका–३ केराधापस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार आज बिहान कनकाई–१ का ३७ वर्षीय पङ्कज माझीले खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ र थप अनुसन्धान भइरहेको जनाइएको छ । त्यसैगरी, शुक्रबार कमल–३ केराधापस्थित भित्री सडकखण्डमा केम्पाबाट…
झापा- झापाको शिवसताक्षीस्थित निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आज दिउँसो २.५५बजे शिवसताक्षी नगरपालिका वडा नं. १० किरात चौकस्थित निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा कुन्जिबारीबाट काँकरभिट्टातर्फ आउँदैं गरेको मे १ ख २७७३ न. को यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा निम्न मानिसहरु घाइते भएका छन् १ झापा बिर्तामोड नगरपालिका वडा नं. ३ बस्ने बर्ष– ५३ की सुमित्रा कडरिया (बाहिरी चोट नदेखिएको, अबस्था सामान्य )२ ऐ. बस्ने बर्ष– ७० की डिकमाया खतिवडा (हात र खुट्टामा चोट, अबस्था सामान्य )३ ऐ. बस्ने बर्ष ५० की रुपादेवी उप्रेती (हात र खुट्टामा चोट, अबस्था सामान्य…
झापा- झापाको अर्जुनधारा नगरपालिका-११ मा आफ्नै घरमा खेल्दा साडीको पिङमा पासो लागेर १० वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार अर्जुनधारा-११, बालविकास टोलका नेत्र प्रसाद सिवाका छोरा प्रदिप सिवाको साडीको पिङ खेल्ने क्रममा घाटिमा बेरिएर मृत्यु भएको हो। बिहीबार दिउँसो करिब १६:४५ बजेको समयमा आमाले पासो लागेर झुन्डिएको अवस्थामा देखेपछि उनलाई तत्कालै उद्धार गरी बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले बालकलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय, अनारमनीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल, भद्रपुर पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा- झापाको बुद्धशान्ति गाउँपालिका-३, धर्मकाटास्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १-०१-००१ ज ४०८८ नम्बरको ईभी भ्यान अनियन्त्रित भई बुधबार बिहानको राति दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी उपचारका लागि बिएनसी अस्पताल, बिर्तामोड पठाइएको छ। घटनालगत्तै प्रहरीले चालक ताप्लेजुङ फुङलिङ गाउँपालिका-२ का करिब ३० वर्षीय लाक्पा थेपेन शेर्पालाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको छ। उनी बोल्न सक्ने अवस्थामा छन्। घाइते हुनेहरूमा चालक बाहेक अन्य ८ जना रहेका छन्। उनीहरुको विवरण यस प्रकार छ: १२ वर्षीय सेसेहाङ सुवा, भक्तपुर चाँगुनारायण न.पा.-१ ३४…
झापा- झापाको गौरादह नगरपालिका–५, आठ नम्बर बाँधबाट दुई जनालाई प्रहरीले औषधिजन्य लागुऔषधसहित पक्राउ गरेको छ। हिजो राति करिब साढे ९ बजे गस्तीमा रहेको प्रहरी चौकी महारानीझोडाको टोलीले शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट प्रोमेथाजाइन हाइड्रोक्लोराइड र ट्रामाडोल हाइड्रोक्लोराइड बरामद भएको हो। पक्राउ पर्नेमा गौरादह–५ का २१ वर्षीय समिर सिवा र २५ वर्षीय शंकर सन्थाल छन्। उनीहरूको साथबाट प्रोमेथाजाइन हाइड्रोक्लोराइडको २०० ट्याब्लेट र ट्रामाडोल हाइड्रोक्लोराइडको २०० क्याप्सुल फेला परेको छ। दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैगरी, मोरङको रंगेली नगरपालिका–५, चाँदनी चोकबाट ठूलो मात्रामा ब्राउनसुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। हिजो साँझ…
झापा- जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन् । करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उनले बताए। अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन । अपूर्ण ज्ञान…