Author: खबरमञ्च

काठमाडौं । नेपाली कांग्रेसको मंगलबारबाट सुरु केन्द्रीय समिति बैठक आज पनि बस्नेछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा महामन्त्री गगनकुमार थापाद्वारा केन्द्रीय कार्यालयका तर्फबाट राखिएको एजेन्डा माथि सदस्यहरूले आ–आफ्ना धारणा राख्ने छन् । बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्य तथा प्रदेश समितिका सभापतिहरूले आआफ्नो धारणा राखेका छन् । बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी विधि र विधान अनुसार सञ्चालन हुन नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । पार्टी सभापतिका साथै पदाधिकारीहरू पार्टी संगठनलाई बलियो बनाउन भन्दा गुटलाई संस्थागत गर्न सक्रिय भएको आरोप लगाउँदै सदस्यहरूले व्यक्ति होइन संस्था बलियो बनाउनेगरी लाग्न नेतृत्वलाई सुझाएका छन् । पार्टीमा अनुशासनहिनता…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ केही बढेको छ । राष्ट्र बैकले आज (बिहीबार)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर जसअनुसार बेलायती पाउण्डको मूल्य भने केही घटेको जनाएको हो । बुधबार बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६९ पैसा र बिक्री दर १७२ रुपैयाँ ४८पैसा पुगेकोमा आज(बिहीबार) पाउण्डको खरिद दर १६९ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै विक्री दर १७० रुपैयाँ २७ पैसा छ । युरो एकको खरिद दर १४७ रुपैयाँ १० पैसा र बिक्री दर १४७ रुपैयाँ ७८ पैसा रहेको छ । अमेरिकी डलर भने केही बढेर आएको छ । बुधबार डलर एकको…

Read More

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले आज (बिहीबार)का लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार काउली र गाजरको मूल्यमा निकै बृद्धि भएको हो। तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबारको तुलनामा गाजरको मूल्यमा ३० रुपैयाँ बृद्धि भएको छ । प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको आज ११० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ । काउलीमा पनि प्रतिकेजी २० रुपैयाँ बृद्धि भएको छ । स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर आज ८० रुपैयाँमा किनबेच भैरहेको छ । हिजो काउलीको न्युनतम मूल्य ६० रुपैयाँ प्रतिकेजी थियो । त्यस्तै, लोकल सानो गोलभेँडाको मूल्यमा…

Read More

काठमाडौं । ललिता निवासको जग्गाको कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकाहरुको सुनुवाइ आज पनि हुने भएको छ । आइतबारदेखि शुरु भएको सुनुवाइमा कानुन व्यवसायी धेरै हुँदा बुधबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको हो । न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमाथिको बहस आज पनि जारी रहने सर्वोच्च अदालतले जनाएको छ । एक आर्थिक वर्ष सकिएर नयाँ शुरु भएकाले सर्वोच्च अदालत लगायत देशभरका अदालतमा अहिले बन्दी प्रत्यक्षीकरण र महत्वपूर्ण निवेदनमा मात्रै सुनुवाइ भैरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह,…

Read More

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमक बनेका छन् । मंगलबारबाट सुरू भएको बैठकमा धारणा राख्ने संस्थापन पक्षका केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले महामन्त्रीद्वयमाथि अनुशासनको प्रश्न उठाउँदै खरो आलोचना गरेका छन् । बुधबार बोल्ने अधिकांश प्रदेश सभापति तथा केन्द्रीय सदस्यहरूले महामन्त्रीहरूको सार्वजनिक प्रस्तुति शैली र व्यवहारप्रति खरो रूपमा विरोध जनाए । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनको अभियान चलाउने सार्वजनिक अभिव्यक्ति दिँदै आएका महामन्त्री गगन थापाप्रति पार्टी सभापति शेरबहादुर देउवा निकटका नेताहरूले कटाक्ष नै गरेको केन्द्रीय सदस्यहरूले बताएका छन् । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले महामन्त्रीप्रति लक्षित गर्दै कार्यसमितिमा रहेका व्यक्तिहरूलाई…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ।  त्रिविले सबैभन्दा पहिला २०७१र७२ सालदेखि व्यवस्थापन सङ्कायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो। मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन। चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस सङ्कायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका छन्। विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने सुझाव विभिन्न सङ्कायका डिनले दिनुभएको थियो। परीक्षा नियन्त्रण कार्यालयले समेत स्नातकलाई चारवर्षेबाट…

Read More

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद भएको छ। हङकङबाट मोटरसाइकल र स्कुटरका पार्टपुर्जाको स्वरूपमा नेपाल भित्र्याइएको सुन विमानस्थलबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार बरामद गरेको हो।  विभागका महानिर्देशक नवराज ढुङ्गानाले प्रारम्भिक रूपमा ८० देखि एक सय किलोग्राम सुन बरामद भएको अनुमान गरिएको बताए । उनले बरामद भएको सुन बिहीबार नेपाल राष्ट्र बैङ्कमा बुझाउने बताए । महानिर्देशक ढुङ्गानाले एक आयातकर्ताले आफ्नो सामानमा सुन लुकाएर ल्याएको जानकारी दिँदै हङकङबाट काठमाडौँ आएको क्याथे प्यासिफिकको मङ्गलबारको उडानबाट सुन भित्रिएको बताए ।  महानिर्देशक ढुङ्गानाले बुधबार अनुसन्धानका क्रममा सुन नै भएको पुष्टि भएपछि बरामद गरिएको बताउँदै सुन ल्याउने कार्यमा संलग्न तीन जनालाई…

Read More

काठमाडौं । आयोजक मनास्लु वर्ल्ड कलेजले तेश्रो मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले पराजित गर्यो । मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गरे । मनास्लुकै तुसार महर्जनले ६ तथा कोशिस भुजेलले ४ अंक जोडे । सेमिफाइनलमा मनास्लुले आईएसए नेपाल तथा युजेएले आदिम कलेजलाई हाउदै उपाधि भिडन्त पक्का गरेका थिए । उपाधिसँगै मनास्लुले १५ हजार नगद पुरस्कार हात पार्यो भने युजेएले ७ हजार नगद पुरस्कार पायो । विजेता र उपविजेता टोलीका सदस्यले नगद पुरस्कारसहित छात्रवृत्ति पनि पाउने छन् । मनास्लुका तुसार महर्जन ‘मोस्ट भेलुएबल…

Read More

काठमाडौं । विभिन्न मुलुक तथा नियोगका लागि प्रस्तावित ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । यसअघि सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्रीको नाम सिफारिस गरेको छ । यस्तै, कुवेतका लागि प्रस्तावित राजदूतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूतमा सुधीर भट्टाराई छन् ।

Read More

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सरकार फेरिने हल्ला आफुले सुनेको भन्दै कौतुहलता व्यक्त गरेकी छिन् । बुधबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उनले वर्तमान सरकार परिवर्तन हुने भएको भन्दै चिन्ता व्यक्त गरिन । उनले भनिन ‘ लाइभमा भन्न हुन्थ्यो/हुन्थेन, थाहा छैन । तर व्यापक रुपमा सरकार फेरिने हल्ला पनि बजारमा छ । खेल सामान्य छैन । कि नेपाली कांग्रेस सकाउने कि माओवादी सकाउने खेल छ । भ्रष्टाचारीलाई कारबाही गरेको कारणले माओवादीले कांग्रेसलाई छोड्नसक्ने चर्चा बजारमा रहेको छ । सभापति व्यक्ति होइन, संस्था हो । सभापतिलाई गाली गर्ने छुट कसैलाई छैन । सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ…

Read More