Author: खबरमञ्च

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफू टुलुटुलु हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार ललतिपुरमा आयोजित वर्तमान परिस्थितमा पर्यटनको समस्या र समाधान विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री किराँतीले बजेटमा उल्लेख भइसकेपछि कमा र हलन्त पनि फेर्न नपाइने रहेछ । कि अब संविधान संशोधन गर्नुपर्ने या राजीनामा दिनु पर्ने भन्दै उनले यी दुई बाहेक अन्य विकल्प नभएको बताए । उनले भने, ‘मलाई के हेरेर बसेको छस् भनेर सोध्छन्, म टुलुटुलु हेरेर बस्नु बाहेक केही गर्न नसक्ने अवस्थामा पुगें । कहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तो बजेट पेश भएपछि कमा पनि फेर्न पाइदैन,…

Read More

झापा । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्मरुप्रसाद निरौलाको एक युवतीसंगको अश्लील हर्कतको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि उनी विवादमा तानिएका छन् । निरौला विवादमा तानिएपछि नगरपालिकाले छानविन समिति बनाउने भएको छ । नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले छानविन गरेर दोषी देखिए कारबाहीका लागि सिफारिस गर्ने जानकारी दिइन् । उनकै क्वाटरमा अश्लील हर्कत गर्दै गरेको भिडियो टिकटकमा लाइभ गरेपछि उक्त भिडियो स्क्रिन रेकर्ड गरेर बाहिरिएको थियो । मानिसहरूको म्यासेन्जर तथा ह्वाट्सएपमा त्यो भिडियो बाहिरिएपछि प्रमुख प्रशासकीय अधिकृत निरौला विवादमा तानिएका हुन् । झापामै सहायक प्रमुख जिल्ला अधिकारी र ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी सम्हालिसकेका निरौला एक महिलासँग मदिराको मातमा…

Read More

काठमाडौं । सत्तारुढ राजनीतिक दलहरू (समाजवादी मोर्चा) निकट विद्यार्थी संगठनहरूले आज(आइतबार) विद्यार्थी मोर्चा घोषणा गर्ने भएका छन् । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा कार्यक्रम आयोजना गर्दै उनीहरूले विद्यार्थी मोर्चा घोषणा गर्न लागेका हुन् ।मध्यान्न १२ बजेका लागि तय गरिएको कार्यक्रममा सरकारको नेतृत्व गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख आतिथिकारुपमा सहभागी हुनेछन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सहभागी हुनेछन् । समाजवादी मोर्चामा विप्लव नेतृत्वको नेकपा बाहेक सबै दल सरकारमा सहभागी छन् । यी चार राजनीतिक दलले सत्ता साझेदार नेपाली कांग्रेससँग समेतको परार्मशमा समाजवादी…

Read More

काठमाडौं । तपाईं रोजगारिका लागि विदेश जान चाहनुहुन्छ ? विदेश जाने तयारीमा हुनुहुन्छ भने कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरिएको छ । इपीएस कोरिया शाखाले आज (आइतबार) सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियान भाषा परीक्षा सञ्चालन गरिने जनाइएको हो । साउन २० गतेदेखि २४ गतेसम्म १८ वर्ष पूरा भइ ३९…

Read More

काठमाडौँ । नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् । नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनको पहल भइरहेका बेला अध्यक्ष भट्टराईले यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त हुने बताएका हुन् । जसरी भए पनि सरकार बनाउन खोजेका दलहरुको प्रयासलाई भट्टराईले सत्ता लिप्सा देखाएको भनेर टिप्पणी गरेका छन् । भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ…

Read More

काठमाडौं । सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात लागेको छैन । हङकङको क्याथे प्यासिफिकको जहाजबाट ल्याइएको सो सुन भन्सार पास गराएर बाहिर लैजान लाग्दा साउन २ गते राजस्व अनुसन्धान विभागको विशेष टोलीले बरामद गरेको थियो । उच्च स्रोतका अनुसार सो तस्करीमा विशेषगरी चीनबाट कारोबार गर्ने, नेपालमा सुन भित्र्याउने र त्यसलाई भारतमा लगेर बिक्री गर्ने तीनवटा मुख्य समूहको संलग्नता रहेको अनुसन्धान अधिकृतहरूको विश्लेषण छ । तीनवटै समूहका सहयोगी व्यक्तिहरू पक्राउ…

Read More

काठमाडौं । भारतको गुवाहाटीमा हुने “डुरान्ड कप प्रतियोगिता–२०२३” फुटबल प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान गरेको छ । भारतीय सेनाको आयोजनामा श्रावण ८ गतेदेखि भाद्र १७ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा लिन नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । सो क्रममा त्रिभुवन आर्मी क्लबले भारतको ए लेवलका फुटबल क्लबहरु दिल्ली एफसीसँग ९ अगष्ट, चेन्नाई एफसीसँग १४ अगष्ट र हैदरावाद एफसीसँग २२ अगष्ट मा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका प्रमुख सेनानी वसन्तराज गुरुङ्गको नेतृत्वमा ४२ सदस्यीय टोली भारतीय वायु सेनाको विमानमार्फत प्रस्थान गरेको हो । प्रतियोगिता सम्पन्न भएपश्चात सो टोली…

Read More

काठमाडौं । कोशी प्रदेशमा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर फेरि पनि गठबन्धनकै सरकार बनाउने तयारी गरिएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका गठबन्धन दलहरू सभामुख गौतमलाई राजीनामा गराएर नयाँ सरकार बनाउन लागेका हुन् । तर सभामुख गौतम भने सकारात्मक नदेखिएको बताइएको छ । माओवादीका तर्फबाट सभामुख बनेका गौतमले राजीनामा दिएर नयाँ सरकार गठनको व्यवधान हटाउने अवस्था आए सरकारको नेतृत्व कांग्रेसले नभइ माओवादी केन्द्रले गर्नुपर्ने वहस पनि दलहरूबीच सुरू भएको छ । गठबन्धन दलका शीर्ष नेताहरूबीच यस विषयमा काठमाडौंमा छलफल पनि गरेका छन् । छलफलमा सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्ने उपयुक्त विकल्पका सम्बन्धमा सहमतिनजिक पुगे पनि सरकारको नेतृत्वका…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा जो पहिलो पार्टीमा प्रवेश गर्यो उसैले प्राथमिकता पाउने भन्ने सोचका साथ अघि बढ्ने हो भने प्राप्त उपलब्धिसमेत गुम्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको सिन्धुली –काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै उनले उनले आगामी २०८४ सालको निर्वाचनसम्म रास्वपामा होनाहार र योग्य मानिसहरुलाई समेटेर पार्टीलाई संगठित बनाउने मिसनमा रहेको बताए । उनले भने, ‘हामीले उम्मेदवार छनोट गर्दा र पार्टीमा सहभागी हुने पदाधिकारी छनोट गर्दा लिगलिगकोटमा दौडिएर राजा भए जसरी पार्टीमा जो पहिला आयो उही भयो भनेर लाग्यौ भने, सदस्यता किन्न सक्ने पैसाको बिटो बोकेर हिँडेको मान्छे लिएर पार्टी बनाउन लाग्यौ भने…

Read More

काठमाडौं । पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । आज विश्व बाघ दिवस, नेपालमा बाघको संख्या तेब्बरले बढेसंगै बाघ र मानिस बीचको द्वन्द्व पनि पछिल्लो समय बढ्दै गएको छ । बाघकै आक्रमणबाट धेरैले ज्यान गुमाएका पनि छन् । यसवर्षको नारा ‘मानव–बाघ सहअस्तित्व’ भन्ने रहेको छ । नेपालमा पनि सरोकारवाला निकायबाट विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । दिवसकै अवसर पारेर आज बाघसम्बन्धी दश सर्भे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको छ । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी विविध मुख्य विषयमा…

Read More