Author: खबरमञ्च

काठमाडौं । एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । गत अप्रिल-मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो । नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको नेतृत्व भने बाबर आजमले गर्नेछन् । छ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सांसद र संसदलाई नहेप्न चेतावनी दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गर्दै उनले गठबन्धनका सांसद थपडी बजाउन आएका हुन भन्ने भ्रममा समेत नबस्न चेतावनी दिए । ‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन ।’ उनले भने, ‘यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरेपनि हुन्छ भन्ने ठानिएको छ।…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारको फाइलहरु कुर्सी टिकाउनको लागि मात्र नखोलेको भन्दै भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद असीम शाहले उठाएका प्रश्नको जवाफ दिँदै उनले कुर्सी टिकाउनलाई मात्र नभएर जनतामा छाएको राजनीति प्रणालीमाथिको वितृष्णा चिर्न भ्रष्टाचारको फाइल खोलेको दाबी गरे । उनले भने, ‘प्रश्नमा भनिए जस्तो सरकारका यी कामहरू कुनै कुर्सी टिकाउनको लागि होइन। बरु देश र जनतामा राजनीति प्रणालीमाथि वितृष्णा छाएको केही हुन्न सबै उस्तै हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको कुरा स्थापित गर्न गरिएको छ ।’ उनले सबै…

Read More

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको दस्तावेज लुकाइएको आरोप लगाएका छन् । सोमबार एमसीसी कार्यान्वयनविरुद्धको वृहत् अन्तरक्रिया कार्यक्रममा सत्तारुढ नेकपा एसका सम्मानित नेता खनालले यदी इमान्दारीपूर्वक सम्झौता गरिएको भए दस्ताबेज लुकाउन आवश्यक नभएको बताए । उनले सम्झौता देशको हितमा र राष्ट्रको हितमा गरिएको भए दस्तावेज खुल्लारुपमा राख्नु पर्ने भन्दै दालमा केही कालो छ भन्ने यसैबाट प्रष्ट भएको बताए । उनले भने, ‘यदि इमानदारीपूर्वक गरिएको थियो, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको थियो भने दस्तावेज लुकाउनु पर्ने के जरुरत थियो त्यहाँ ? के कारणले लुकाइयो ? दालमा कालो छ भन्ने कुरा यही बाट थाहा हुन्छ ।’ पूर्व प्रधानमन्त्री खनालले…

Read More

काठमाडौँ । ९ किलो सुन तस्करी प्रकरणमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि अनुसन्धान हुने भएको छ । उक्त सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई महरा र उनका छोरामाथि पनि अनुसन्धान थाल्न निर्देशन दिएको हो । विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका महरामाथि छानबिनको तयारी गरिएको हो । गत २०७९ पुस १० गते दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिकसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो । भेप सुन प्रकरणमा जोडिएका तीनैजना चिनियाँ हाल फरार छन् । जिल्ला सरकारी वकिल कार्यालयका…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका व्यापारिक भवनहरुले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने गरी गरेको निर्णयको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै निणर्य कार्यान्वयन हुने भएको छ । काठमाडौं महानगरपालिले बहुतले आवासीय एवम् व्यावसायिक भवनहरुमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, सो निणर्यविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एशोसिएनले उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो । महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै सो निणर्य कार्यान्वयन गर्न महानगरलाई बाटो खुलेको छ । उक्त रिटमाथि २२ साउनमा सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको थियो । अदालतले…

Read More

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता शारुक ताम्राकारको मृत्य प्रकरणमा प्रहरी प्रशासनलाई सहयोग गर्न तयार रहेको बताएकी छिन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण आफूमाथि सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् ।उनले लेखेकी छिन्, ‘अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौं, जस्टिस फर शारुक निष्पक्ष छानविन होस, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहने छ । कपोकल्पित तवरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिजाइएको तर आफू कहीँ पनि नगएर देशमै रहेको पनि उनको प्रष्टोक्ति छ । उनले लेखेकी छिन, ‘कपोकल्पित तवरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु…

Read More

काठमाडौं । नेपाली काङ्ग्रेसकी सांसद आरजु देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सकारात्मक परिणाम दिन सक्ने आशा लिएको बताएकी छिन् । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आफ्नो उम्मेदवारी पश्चात उनले आफू पहिलादेखि नै वनजङ्गलको क्षेत्रमा काम गर्दै आएको भन्दै उक्त क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने उद्देश्यका साथ समितिमा आएको बताइन् । उनले भनिन्, ‘नेपालले रिग्रिनिङ्मा अन्तर्राष्ट्रिय रेकर्ड बनाएको छ । तर यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सबै चुनौतीहरुलाई समाधान गर्न काम गर्न सक्छु भनेर म आएको र यसमा राम्रो परिणाम दिन सकिन्छ भन्ने आशा गरेको छ । म कृषकको पनि छोरी भएको हुनाले त्यो क्षेत्रमा के…

Read More

काठमाडौं । प्रतिनिधि सभाका १० विषयगत समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ। रास्वपाबाहेकका दललले दलीय भागबन्डाका आधार विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गरेका हुन्। सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा धेरै तीन जनाले उम्मेद्वारी दिएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ। त्यो बाहेक माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, जनमत र जसपाले एक एकवटा सभापतिमा उम्मेद्वारी दिएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै अर्थ समितिको…

Read More

काठमाडौं । नेपाल विद्यार्थी संघले इञ्जिनियरिङ अध्ययनको शुल्क वुद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन् । आइतबार नेविसंघ निकट विद्यार्थीहरू पोष्टर र प्लेकार्डसहित नाराबाजी गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका हुन् । प्रदर्शनमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयहरु धरापमा परेको बताएका छन् । इञ्जिनियरिङ अध्ययनको शुल्क घटाउनुपर्ने लगायत विभिन्न सात बुँदे माग राख्दै उनीहरू आन्दोलित भएका हुन् । सबै विश्वविद्यालयको इञ्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्जिनियरिङ अध्ययन संस्थान आइओइको १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरून्तै फिर्ता लिनुपर्ने, त्रिवि र आइओइलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने उनीहरूको…

Read More