काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सांसद र संसदलाई नहेप्न चेतावनी दिएका छन्।
कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गर्दै उनले गठबन्धनका सांसद थपडी बजाउन आएका हुन भन्ने भ्रममा समेत नबस्न चेतावनी दिए ।
‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन ।’
उनले भने, ‘यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरेपनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’
संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याएपनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको उनको टिप्पणी छ । उनले राजनीतिक अपराधिकरण आफूहरुलाई मान्य नहुने तर्क गरे ।
