Author: खबरमञ्च
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा जग्गा फिर्ता गराउने प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। प्रतिवादी बनाइएकाहरुलाई जग्गा किर्तेको अभियोग भने लगाइएको छैन् । तर, किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । उक्त प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सीआईबीले समेत जग्गा फिर्ताको मञ्जुरीनामा दिनेमाथि पनि मुद्दा नचल्ने राय दिएको थियो ।
काठमाडौं । प्रतिनिधिसभा अन्र्तगत रहेका दश संसदीय समितिको सभापतिका लागि सोमबार निर्वाचन हुने भएको छ । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि सोमबार समितिहरूले नेतृत्व पाउने भएका हुन् । संसदीय समितिका सभापतिहरूको टुगाें लाग्न नसकेको भन्दै राजनीतिक दलहरू आलोचना भइरहेका बेला बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखले मातहतका विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि तोकेका हुन् । सोही अनुसार आज सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ । प्रमुख दलहरूले संसदीय समितिको सभापतिमा भागबन्डा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरुले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले आज बैंकिङ समयपश्चात् आवेदन दिन सक्ने छन् । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गरी बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो । मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना निर्माण गरेको कम्पनीले उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेकोे छ । आयोजना प्रभावित स्थानीयमा बिक्री हुन नसकेको ७९ हजार ३० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी…
काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय लोकतान्त्रिक व्यवस्थामा संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको बताएका छन् । सङ्घीय संसद्प्रति सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री र मन्त्री व्यक्तिगत र सामूहिकरूपमा उत्तरदायी हुने भन्दै संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको उनले बताए । संसद्को सभा वा बैठक औपचारिक हुने भएकाले देश र जनहित सम्बन्धित छलफलका लागि प्रवेश पाएका सबै विषयवस्तु र प्रस्तावमाथि विभिन्न कोणबाट गहन बहस गरी टुङ्गोमा पुर्याउने काम संसदीय समितिबाटै हुने बताइएको छ । उनले भने, “मूल थलो संसद् मूलभूतरूपमा औपचारिकतामा सीमित रहन्छ, सङ्घीय संसद्ले सरकार र सिङ्गो मन्त्रिपरिषद्लाई जनताप्रति उत्तरदायी बनाउने काम संसदीय समितिमार्फत नै…
काठमाडौँ । केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भएको छ। चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले ताम्राकारको आज शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको पुष्टि गरे । साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमासमेत समस्या देखिएको थियो । गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको छ । ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले हिन्दुत्व रक्षाका लागि देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् । राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग उनले नेपालको सिमानभित्र गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको स्पष्ट कानून रहेको भन्दै अपराधीलाई सजाय नभए धरानमा सुरु भएको आन्दोलन सिंहदरबारसम्म आइपुग्ने चेतावनी दिए। उनले भने, ‘नेपालको कानूनमा स्पष्ट पशुपन्छी सम्बन्धी कसूरमा के राखेको छ भने कुनै व्यक्तिले गाई वा गोरु मारे भने नेपालको सिमानभित्र मारे भने तीन वर्षको जेल सजाय भनेर कानून स्पष्ट छ । त्यस कारण यो कानून अन्तरगत बसेर गृहमन्त्रीलाई अनुरोध गर्न चहान्छौ की त्यो अपराधीलाई कारवाही गरियोस । यदि उक्त कार्य भएन भने…
सुनसरी । धरानमा आज आयोजना गरिने भएको धार्मिक र्यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ । विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्याली आयोजना गरेका छन । र्यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यही धार्मिक र्याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै निषेधाज्ञा जारी गरेको छ । सोही अनुसार धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गरिएको छ । निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको बाटो बराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातिय सद्भाव भड्काएर राजनीतिको रोटी सेक्ने काम हुन लागेको आरोप लगाएका छन् । टोखा नगरपालिकामा शनिबार बिहान आयोजना गरिएको पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सामाजिक र जातिय सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन् । प्रमुख राजनीतिक दलहरू सुन, भ्रष्टाचार लगायतका काण्ड ढाकछोप गर्न लागि परेको आरोप लगाउँदै लामिछानेले जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको भूमरीमा मुलुकलाई धकल्ने काम नगर्न आग्रह गरे । समाजिक सद्भाव कायम गर्न आफू पानी हाल्न तयार रहेको जनाउँदै उनले सबैलाई कानूनको पालना गर्न आग्रह गरे । उनले समाजको सद्भाव खलबल्याउनेबाट सचेत हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा…
सुनसरी । सुनसरीको स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो । प्रहरीले धरान प्रवेश गर्ने नाका तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाएको जनाएको छ । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग ओलीले कोशी प्रदेशको अबको निकास के भन्ने प्रश्नमा एमालेले ५० भन्दामाथि सिट ल्याएर सरकार चलाउँछ भन्दै जवाफ दिएको छन् । उनले भने, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेको सरकार बन्छ एमालेको सरकार बन्छ मजाले चलाउँछ एमालेको ४७ होईन ५० भन्दा माथि जान्छ ।’ अध्यक्ष ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारणले कोशीमा अस्थिरता आएको आरोप लगाए । उनले भने, ‘गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारणले यो अस्थिरता आएको हो, पक्षले नबनेको सरकार बनाए भन्ने, सभामुखलाई…