Author: खबरमञ्च

काठमाडौं । काठमाडौं नेपाल क्रिकेट संघ–क्यानको निर्वाचन आज शनिबार हुँदैछ । नयाँ नेतृत्व चयनका लागि नयाँबानेश्वरको एभरेष्ट होटलमा १२ बजेपछि मतदान सुरु हुँदैछ । १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८५ जनाले मतदान गर्नेछन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । चन्द यसअघि क्यानका अध्यक्ष थिए । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा र उपाध्यक्षमा रोशन सिंह भिड्दैछन् । पारसको विरुद्धमा सचिवमा क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल मैदानमा छन् ।

Read More

काठमाडौं । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा पर्ने गमगढी बजारको कालीकामालीका मन्दिरको पश्चिमी क्षेत्रतिर शुक्रवार राति अन्दाजी १२ बजे आगलागी हुदाँ आठ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार उक्त आगलागीबाट जलेका घर धनीहरूको नाम तार्के लामा, सोनाम लामा, जङ्ग बहादुर ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा रहेका छन् । स्थानीय चुम्म बुढाका अनुसार उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षती हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन् । प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यसपछि प्रधानमन्त्री बेइजिङ जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले आजै चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र असोज ८ गते चिनियाँ राष्ट्रपति सी सँग भेटवार्ता गर्ने छन् ।

Read More

काठमाडौं । सुुन तस्करीबारे छानबिन गर्न गठन गर्ने भनिएको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । ६ भदौमा राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच ५ असोजबाट काम सुरु गर्ने गरी आयोग गठन गर्ने सहमति भए पनि शुक्रबार बसेको बैठकमा सहमति नजुटेका एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले भने, ‘सरकार जिम्मेवार भएको हुन्थ्यो भने यति ठूला नेताहरुको बीचमा, पूर्व प्रधानमन्त्रीको तहमा भएको सहमतिमा पनि यस प्रकारको कामले के देखाउँछ भने सरकार कतिको जिम्मेवार छ, वचनमा पक्क छ भन्ने यो घट्नाले देखाउँछ । सरकार जिम्मेवारी बोधका साथ अगाडि बढ्न र भएका सहमतिलाई कार्यान्वयन गर्न जिम्मेवार छैन ।…

Read More

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सरकार तथा आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै आयोगले, यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पर्न पुगेको भन्दै संवेदनशील बन्न आग्रह गरेको छ । आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूणर् वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको भनाई छ । ‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन, मानव अधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना मागहरु राख्न, आफ्ना मागहरु पूरा गराउन विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान…

Read More

काठमाडौं । विश्वविजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा शीर्ष स्थानमै रहन सफल भएको छ । सार्वजनिक नयाँ वरीयतामा विश्वविजेता अर्जेन्टिना पहिलो स्थानमै यथावत रहदाँ कतार विश्वकपको फाइनलमा हारेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्। नयाँ वरीयता अनुसार इङ्ल्यान्ड चौथो, बेल्जियम पाँचौँ स्थानमा छन्। वरीयताअनुसार क्रोएसिया छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चगुल एक स्थानमाथि उक्लिँदै आठौँ, इटाली एक स्थान खस्किँदै नवौँ र स्पेन दशौँ स्थानमा छन्। नयाँ वरीयताअनुसार नेपालले १७५ औँ स्थानमा यथावत छ। यसअघि पनि नेपाल १७५ औँ स्थानमै थियो। वरीयताअनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ। भारत भने १०२ औँ स्थानसहित पहिलो छ।…

Read More

विराटनगर । पत्रकार महासंघ मोरङको कार्यालय भवनको मूल गेटमा प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ । महासंघ मोरङको कार्यबाहक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए । उनले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र नक्कली रहेको र कार्यबाहक अध्यक्ष तोक्ने विषयमा विधानले अध्यक्षलाई अधिकार नै नदिएको सेन्टरको दाबी छ । प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले महासंघको कार्यालयमा तालाबन्दी गर्दै कार्यबहाकको विषयको विवाद समाधानका लागि पत्रकार…

Read More

काठमाडौं । काठमाडौंमा हुने साफ यू-१९ च्याम्पियनसीपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । बिहीबारदेखि काठमाडौंमा हुने प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक सुनिल श्रेष्ठले समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘हाम्रो लक्ष्य भनेको पहिलो राउण्डबाट जितेर दोस्रो राउण्डमा जानु पर्यो दोस्रो राउण्डमा पुगेपछि फाइनल जित्नु पर्यो, ’उनले भने ‘ बाहिर पनि राम्रो राम्रो खेलाडिलाई बोलाइरहेको छ । त्यो पनि यीनीहरुको लागि मोटिभेसन् हो । अहिले जस्तो प्रदर्शन देखाइरहेको छ । राष्ट्रिय टोलीमा पनि केहीले अवसर पाउँछ जस्तो लाग्छ ।’ साफ यू-१९ च्याम्पियनसिप अन्र्तगत पहिलो खेलमा नेपालले बिहीबार दिउँसो साढे ४ बजे…

Read More

काठमाडौं । संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका छन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरुले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मङ्गलबार दिउँसो ३ बजे बोलाएको वार्तालाई अस्वीकार गर्दै महासङ्घ आन्दोलनमा उत्रेको हो । महासङ्घले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै धर्ना सुरु गरेको हो । गत वर्षको तथ्याङ्अनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३…

Read More

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस नेपाली जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको भन्दै वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको बताएका छन् । बुधबार संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को विशेष अवसरमा एमालेद्वारा नक्साल नारायण चौरमा आयोजित ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रममा ओलीले राष्ट्रिय दिवसको रुपमा मनाइँदै गरेको संविधान नेपाल र नेपाली जनताको उपलब्धि भएको बताएका छन् । उनले भने, ‘जसरी राष्ट्रिय दिवसको रुपमा संविधान मनाइँरहेका छौ । यो सरकारी दिवस होइन यो त सरकारको पनि दिवस हो,आम नेपाली जनताको दिवस हो । नेपालको उपलब्धि हो । नेपाली जनताको उपलब्धि हो । नेपालको भविष्यको…

Read More