काठमाडौं । सुुन तस्करीबारे छानबिन गर्न गठन गर्ने भनिएको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ ।
६ भदौमा राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच ५ असोजबाट काम सुरु गर्ने गरी आयोग गठन गर्ने सहमति भए पनि शुक्रबार बसेको बैठकमा सहमति नजुटेका एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले भने, ‘सरकार जिम्मेवार भएको हुन्थ्यो भने यति ठूला नेताहरुको बीचमा, पूर्व प्रधानमन्त्रीको तहमा भएको सहमतिमा पनि यस प्रकारको कामले के देखाउँछ भने सरकार कतिको जिम्मेवार छ, वचनमा पक्क छ भन्ने यो घट्नाले देखाउँछ । सरकार जिम्मेवारी बोधका साथ अगाडि बढ्न र भएका सहमतिलाई कार्यान्वयन गर्न जिम्मेवार छैन । तयार छैन आजको घट्ना टार्न सम्झौता गर्ने र सम्झौताबाट पछि हट्ने सरकारको चरित्र हो ।’
आयोग बनाउने सहमति भए पनि सरकारले त्यसमा कुनै पनि काम नगरेको भन्दै सचेतक बर्तौलाले सरकार जिम्मवार नभएको आरोप लगाए । बैठकपछि एमाले सचेतक बर्तौलाले सरकार पूर्वसहमतिबाट पछि हट्न खोजेको आरोप लगाए ।
