Author: खबरमञ्च

विराटनगर । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाइ दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडामा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको हो । न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ…

Read More

काठमाडौं । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ । चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

Read More

काठमाडौं ।  आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बस्ने भएको छ । बैठक शुक्रबार बिहान केन्द्रीय कार्यालय बुद्धनगरमा बस्ने भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल र अमेरिकी सहयोग परियोजना एमसीसीलगायत चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ । सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा असन्तुष्ट बनेको छ ।

Read More

काठमाडौं । आज कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदैछ । कोशी सरकारका मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको हो । कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा सर्वोच्चमा रिट दिएका थिए । उनले प्रदेश प्रमुख पर्शराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका रिट दायर गरेका छन् । मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ ।

Read More

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्न नगराउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो । रिटको विषयवस्तु हेर्दा छिटो टुङ्गोमा पुग्नुपर्ने प्रकृतिको देखिएको भन्दै अदालतले अग्राधिकार दिइ नियमानुसार पेस गर्न पनि आदेश दिएको छ ।

Read More

काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले मलेसियामाथि पाँच रनको रोमाञ्चक जीत हात पारेको छ । घरेलु टोली मलेसियालाई पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि बनेको छ । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमा समेटियो । मलेसियाका लागि कप्तान विनिफर्ड दुराइसिङ्गमले ३९ बलको मामना गर्दै सर्वाधिक २८ रन बनाइन् । ओपनर एना हमिजा हसिमले २२ बलमा १४ र मास इलिसाले १४ बलमा १० रन बनाइन् । नेपालका लागि बलिङतर्फ भने कविता कुवँर र कविता जोशीले समान दुई÷दुई विकेट…

Read More

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन साहले नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय सबै खाले स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् । बिहीबार महानगर प्रहरीको ३१ औँ नगर प्रहरी दिवसको कार्यक्रममा उनले सबै संस्थाले नातावाद कृपावाद र राजनैतिक प्रभावमा नगरी इमान्दारपूर्वक काम गरे सहरमा सुशासन ल्याउन सफल हुने बताएका हुन् ।  नगर प्रहरी वलले कसैको प्रभावमा नगरी कार्य गरेको दाबी गरे । उनले सोही अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले समेत कार्य गर्न सके महानगरमा सुशासन ल्याउन सफल हुने दाबी गरे ।  ‘जसरी हाम्रो नगर प्रहरी वल अहिले नातावाद, कृपावाद र…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले निकालेको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो आसन्न चीन भ्रमण रद्द गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकबाट उनले नेपाललाई नसोधी नेपाली भूभागलाई चीनले भारतको देखाएको भन्दै विरोध गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।’ नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियो । तर, चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको नक्सालाई कायम राखेपछि बालेनले त्यसको विरोध गर्दै चीनको आसन्न पाँचदिने भ्रमणलाई रद्द गरेको जनाएका छन्…

Read More

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपालाई पाकिस्तानले ३४३ रनको लक्ष्य दिएको छ । टस जितेर पाकिस्तानको मुल्तानमा पहिले व्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रनको शतकीय पारी र इफ्तिखर अहमदको नटआउट १०९ रनको तुफानी शतकको मद्दतले नेपाल सामु विशाल लक्ष्य राखेको हो । आजमले १३१ बलमा ४ छक्का र १४ चौका प्राहार गरेका हुन, भने अहमदले ४ छक्का र ११ चौका प्रहार गर्दै ७१ बलको सामाना गरेका थिए । त्यस्तै मोहम्मद रिजवानले ४४ रन बनाए । कमजोर शुरुवात गरेको पाकिस्तानले २१ रनको स्कोरमा पहिलो विकेट २५ रनको स्कोरमा…

Read More

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।   संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो । संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ ।  यसअघि पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो ।पक्राउ परेकाहरुले विमानस्थल भन्सारले बरामद गरेको भेपको सुन लगेको खुलेपछि पक्राउ परेर मुद्दा चलेको थियो ।  २०७९ पुस १० मा दुबईबाट विद्युतीय…

Read More