Author: खबरमञ्च
झापा । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्ने भएको छ। संघले हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र आवश्यक कारवाही गर्न अल्टिमेटम दिँदा पनि कारबाही नगरेको भन्दै विरोधमा आज आकस्मिकबाहेकका सेवा बन्द गरेको हो। स्वास्थ्य संस्था बन्द गर्दा सेवाग्राहीमारमा पर्ने भएका छन्। ‘नेपाल चिकित्सक संघबाट भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरिएको थियो । सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस भाद्र ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य भएको जानकारी गराइन्छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा…
काठमाडौं । अपराध अनुसन्धान पूर्ण नभएसम्म प्राप्त सूचना चुहाउनु अनुसन्धान अधिकारीको गैरव्यावसायिक कर्म मानिन्छ । तर, पछिल्ला ठूला एवं चर्चित अपराध घटनाका अनुसन्धानमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले एकपछि अर्कोगरी सूचना चुहाएका छन् । विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरी अनुसन्धानका क्रममा प्राप्त केही तथ्य र सूचना सामाजिक सञ्जाल, नेताका बोली र सञ्चारमाध्यममा आइरहे । अनुसन्धान नसकिँदै राजनीतिक शक्ति केन्द्रका घरदैलोसम्म पनि यस्ता सूचना पुगे । अनुसन्धान नसकीकन यसरी सूचना चुहाउँदा केही मानिस सामाजिक रूपमा दोषी करार भए । सार्वजनिक रूपमा उनीहरूको आलोचना भयो, भइरहेको छ । तर, अनुसन्धान प्रतिवेदन भने भिन्न आएका छन् । अनुसन्धानका क्रममा चुहाएका सूचनाभन्दा भिन्न रूपमा प्रतिवेदन आएपछि प्रहरीको…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरेका छन् । प्रधानमन्त्री विदेशमा रहेका बेला कार्यबाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री खड्काले पाएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य दिने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले आगामी आसोज २ गते अमेरिकी राष्ट्रपति जो…
काठमाडौं । माओवादी केन्द्र नेता राम कार्कीले बीपीलाई कांग्रेसले ‘सुपरम्यान’ बनाएको टिप्पणी गरेका छन् । काठमाडौंमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जेल डायरी सार्वजनिक कार्यक्रममा उनले भने, ‘यो कांग्रेसले बीपीलाई बेला बेलामा सुपर म्यान बनायो । महामानव बनायो । अब उनलाई चै बेला बेलामा नाम लिए मात्रै पुग्छ । कहिले काहिँ अप्ठ्यारो परेको बेलामा बीपीको नाम लिइदिने अरु आँफै गर्ने भन्ने जो आम चलेको छ, त्यस्तो होइन् ।’ उनले थपे, ‘बीपी मान्छे हुन्, बीपीका कमजोरी पनि छन् । राम्रा कुरा पनि छन् । बीपी मान्छे त हुन तर राम्रा मान्छे हुन् । बीपीलाई त्यति मात्रै हो ।’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न ‘केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो’ भनेर हल्ला गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘बासँग विद्यार्थी ’कार्यक्रममा उनले यस्तो बताएका हुन् । २०७४ सालदेखि तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसार पसारको तयारी गरिएको आरोप लगाउँदै ओलीले सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका हुन् । उनले भने, ‘तस्कर र भ्रष्टाचारीको बिगबिगी छ, साढे नौं किलो सुन फेला पर्यो, हराउँदै फेला पर्दै । कस्तो तमासा होला । एउटा तस्करलाई नेपाली नागरिकता २०७४ सालदेखि दिएर सुन…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका जाँदै छन् । साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनको अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भएको हो । उनी चीनमा १९औँ एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुनेछन् । उनको चीनका राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा र ली छियाङसँग बेइजिङमा भेट गर्ने कार्यतालिका छ । भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद,…
झापा । बिर्तामोड नगर प्रहरीले बरामद भएको मरेका माछा नष्ट गरेको छ । नगर प्रहरीको गस्ती टोलीले प्रतिवन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो । रहु र ताम्पत जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलिप माझीले विक्री गर्दै गरेको अवस्थामा नगर प्रहरीले फेला पारेपछि नियन्त्रणमा लिएको जनाइएको छ । कानुनी प्रक्रिया पूरा गरि बरामद गरिएको माछा खाल्डो खनेर पुरिएको नगर प्रहरीका सहकमाण्डर टंकप्रसाद तिम्सिनाले जानकारी दिए । बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका अस्वस्थकर माछा विक्री वितरण पूर्णरुपमा प्रतिवन्ध छ । चाडवाड नजिकिएसंगै लुकीछिपी अस्वस्थकर माछा विक्री वितरण हुनसक्ने भन्दै नगर प्रहरीले सक्रियता बढाएको छ…
काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका र अहिले घटनास्थलमा प्रहरी परिचान भएको उनले बताए । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ । विस्तृत विवरण आउन बाँकी नै छ ।
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको आज बसेको बैठकले इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १८०.५०, दोस्रो वर्गमा १८२ र तेस्रो वर्गमा १८३ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, चिनियाँ राष्ट्रपति शी जिनपिङसंग हाङजाओमै भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन् । आफ्नो आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता हुने जानकारी दिएका हुन् । २५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सदनलाई जानकारी गराए । लगतै १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालले जानकारी दिए । आफ्नो प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ ।