Author: खबरमञ्च

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिका हकमा के गर्ने भन्ने विषयमा फागुन २४ गते निर्णय गर्ने भएको छ। राष्ट्रपति निर्वाचनमा मत दिन भन्दै राप्रपा पार्टी कार्यालय पुगेका सुवास नेम्वाङसहितका एमाले प्रतिनिधिलाई राप्रपाले २४ गते निर्णय गर्ने जवाफ दिएको छ। करिब १ घण्टा चलेको छलफलमा राप्रपाका नेताहरुले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई लिएर आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए। ‘सुवास नेम्वाङलाई लिएर हामी सकारात्मक छौँ, हाम्रो सद्भाव सधैँ रहन्छ भनेर उहाँहरुले विश्वास देखाउनु भएको छ,’ छलफलमा सहभागी एमाले नेतृ विद्या भट्टराईले खबरमञ्चसँग भनिन्। छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा पनि एमालेसँग सहकार्य गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोग र समन्वय जारी…

Read More

काठमाडौं। नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न गरेको अपिलमाएकीकृत समाजवादीले रामचन्द्र पौडेलको प्रस्तावक बनिसकेको जवाफ फर्काएको छ। आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न अपिल गर्दै एमाले नेताहरू नेकपाएसको केन्द्रीय कार्यालय पुगेका थिए। उपाध्यक्ष विष्णु पौडेल, नेम्वाङ र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई त्यहाँपुगेका थिए। तर, भेटमा एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टी पौडेलको प्रस्तावक बसिसकेको जवाफ दिए।नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र पदाधिकारीहरुसँगको भेटपछि एमाले उपमहासचिव गुरुङले पहिलो पटकनेकपा एसको कार्यालयमा सबै पदाधिकारीसँग भेट भएको बताए।

Read More

काठमाडौं । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई मत माग्न एमाले नेताहरु नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन्। राष्ट्रपति पदका उम्मेदवार नेम्वाङसहित, उपाध्यक्ष विष्णु पौडेल, एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङ बिहीबार नेकपा एसको कार्यालय आलोकनगर पुगेका हुन्।  उनीहरुले एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरी भोट दिन अपिल गरेका छन्। बुधबार मात्रै नेकपा एसले राष्ट्रपति पदमा ८ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरेको थियो।  यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ र कांग्रेसका तर्फबाट पौडेलबीच प्रतिस्पर्धा हुँदैछ।

Read More

काठमाडौँ । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । गत सोमबार मन्त्रिपरिषदबाट निर्णयले सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्थासमेत थपिएको हो । प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १:३० देखि २ बजेसम्म ।’ उक्त निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।

Read More

बिराटनगर । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । काेसीकाे पक्षमा ८२ मत खस्याे । विपक्षमा ४ मत खसेकाे छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए ।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निणर्य गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आठ दलको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाइएका रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निणर्य गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले सरकारमा जाने बिषयमा आफूहरु सकारात्मक रहेकाले सरकारमा जाने प्रक्रिया सुरु भएपछि छलफल अघि बढाउने बताए । पार्टी भित्र सरकारमा गए कुन मन्त्रालय लिने भन्ने बिषयमा कुनै छलफल नै नभएको उनको भनाइ छ । अहिलको अवस्थामा पार्टीले गरेका निणर्यहरु सही नै भएको उनले बताए ।

Read More

मोरङ । प्रदेश १ प्रदेशसभाले प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गरेका छन् । उक्त सूचनाअनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष (विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्था) बाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकोले निषेधाज्ञा जारी गरेको उल्लेख छ । ‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा…

Read More

काठमाडौँ । अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहाज एक हजार फिटको समान दूरीको अन्तरमा थिए ।  सिमरामा रहेको ‘गुराँस होल्डिङ प्वाइन्ट’मा होल्डिङमा रहेका बुद्ध एयरलाइन्स, नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज जमिनबाट ११ हजार पाँच सय फिटदेखि १३ हजार पाँच सय फिटको उचाइमा एक हजार फिटको दूरी (भर्टिकल सेप्रेसन) कायम गरी अवतरणको पालो कुरिरहेका थिए ।  होल्डमा रहेका जहाजमध्ये बुद्ध एयरको जहाज ११ हजार पाँच सय फिटमा, नेपाल वायुसेवा निगमको जहाज १२ हजार पाँच सय फिटमा र कतार एयरवेजको जहाज १३ हजार…

Read More

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । विभिन्न ११ व्यक्ति, संस्था तथा निकायलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए  । यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा…

Read More

काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’ हुन्। एमालेले सोमबार समर्थन फिर्ता लिँदै सरकार छाडेको छ। यससँगै उक्त पार्टी प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ। दाहाल एमालेसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यस बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि दाहाल ओलीसँग पुनः सम्बन्ध गाँस्न पुगेका थिए। तब एमालेसहित सात दलको नयाँ गठबन्धन बनेको थियो। त्यस क्रममा माओवादीबाट दाहाल प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने ‘सहमति’भएको थियो। तर, उक्त…

Read More