Author: खबरमञ्च
विराटनगर । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेटसम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार जारी गरेका छन् । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई निष्क्रिय भएको थियो । सोही अध्यादेशलाई पुनः जारी गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निणर्य गरेको थियो । गत जेठ ३१ गते जारी दुबै अध्यादेश भदौ १० गते निष्क्रिय भएका थिए । यसअघि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्च…
काठमाडौं । समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौंडामा आयोजना हुने भएको छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका मोर्चामा आबद्ध दलका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने तयारी छ । यो मोर्चाले आयोजना गर्ने पाँचौ सन्देशसभा पनि हो । सभामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने बताइएको छ । चार दल सम्मिलित मोर्चाको भदौ ४ गते बसेको बैठकले मोर्चा गठनको उद्देश्य र लक्ष्यबारे तल्लो तहसम्म जानकारी दिने उद्देश्यले सात वटै प्रदेशमा…
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा आजबाट तीन दिने ‘बीपी साहित्य महोत्सव २०८०’ सुरु हुँदैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने महोत्सवमा बीपीका मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्टर्न, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेश, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष आदि विभिन्न शीर्षकमा महोत्सवका छुट्टाछुट्टै सत्रहरु चल्ने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन आइतबार उद्घाटनसहित बीपीको साहित्य, सिर्जना र जीवन दर्शन,बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ । दोस्रो दिन गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५…
काठमाडौं । नकेपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो देश छोडेर अरुको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै त्यसतर्फ असन्तुष्टि जनाएका छन् । काठमाडौंमा झापा काठमाडौं सम्र्पक मञ्चद्वारा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय आफ्नो देश बनेको छैन् भनेर बनेका देशको पछि लाग्ने प्रवृत्ति बढेको भन्दै त्यो घातक हुने बताए । जति सुकै गरे पनि परदेश आफ्नो देश जस्तो नहुने उनको तर्क छ । उनले विदेशको बाटो बनाएर देश सिंगारे पनि त्यसको फाइदा आफूले लिन नपाउने कुरा स्मरण गर्न आग्रह गरे । उनले भने, ‘आफ्ना बाटा राम्रा बनाउनु पर्छ, आफ्ना गाडी राम्रा बनाउनु पर्छ । उत्पादन गर्नु पर्छ । हाम्रो…
काठमाडौं । सरकारले सदनलाई विधेयक दिन नसकेपछि संसद् बिजनेसविहीन भएको छ । सरकारसँग बैठक नियमित चलाउने कुनै एजेन्डा नभएपछि राष्ट्रिय सभाको बैठक बस्ने मिति नै अनिश्चित भएको छ । भोलीका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एजेन्डा नै नभएपछि संसद् सचिवालयले सूचना निकालेर बैठक स्थगित गरेको छ । राष्ट्रिय मात्र होइन प्रतिनिधि सभा सञ्चालनका लागि समेत एजेन्डा नभएपछि प्रतिनिधिसभाको बैठक पनि एक सातापछि मात्रै बस्ने गरी मिति तय गरिएको छ । प्रतिनिधि सभाको बैठक भदौ २७ गतेका लागि बोलाइएको छ । भोलिका लागि तय भएको राष्ट्रिय सभा बैठक कारणवश स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमले सूचनामार्फत शुक्रबार जानकारी दिए । भदौ २४ गते आइतबार…
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ बिक्री गर्न लागेको शुक्रबार एक सूचनामार्फत जनाएको हो । बोलकबोल प्रक्रियाबाट बिक्री हुने विकास ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी,गैरबैङ्क वित्तीय संस्था,सङ्गठित संस्था तथा नेपाली नागरिकले राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्ने बताइएको छ । ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले प्रतिस्पर्धा र विना प्रतिस्पर्धा पनि सहभागी हुन सक्ने छन् । तर, राष्ट्र बैंकले प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपैयाँ…
काठमाडौं । बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालक सहित अन्य ३ जनाको मृत्यु भएको हो । सहचालकसहित अन्य ३ जनाको भने नाम खुलेको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो । बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेमध्ये एक दर्जनको अवस्था गम्भिर रहेको बताइएको छ ।…
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रही हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभरको मौसम आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित …
काठमाडौं । गृहमन्त्रालयले चार प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले मातहतका दशजना अधिकारीहरूको सरूवा गरिएको जानकारी दिएको हो । ओखलढुङ्गा, पर्सा, डलेल्धुरा र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
काठमाडौँ । कोशी प्रदेशका नयाँ मुख्यमन्त्री हिक्मत कार्कीले सपथ लिएका छन् । नेकपा (एमाले) कोशी प्रदेशका संसदीय दलका नेता समेत रहेका कार्कीले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ मुख्यमन्त्री कार्कीलाई सपथ गराएका हुन् । सर्वोच्चको परमादेश अनुसार प्रदेश प्रमुख खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । हिजो बिहीबार सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । कोशी प्रदेशमा आज ३ मन्त्री र १ राज्यमन्त्रीसहित आजै मन्त्रिपरिषद विस्तार भएको छ…