काठमाडौं । नकेपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो देश छोडेर अरुको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै त्यसतर्फ असन्तुष्टि जनाएका छन् ।
काठमाडौंमा झापा काठमाडौं सम्र्पक मञ्चद्वारा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय आफ्नो देश बनेको छैन् भनेर बनेका देशको पछि लाग्ने प्रवृत्ति बढेको भन्दै त्यो घातक हुने बताए । जति सुकै गरे पनि परदेश आफ्नो देश जस्तो नहुने उनको तर्क छ ।
उनले विदेशको बाटो बनाएर देश सिंगारे पनि त्यसको फाइदा आफूले लिन नपाउने कुरा स्मरण गर्न आग्रह गरे ।
उनले भने, ‘आफ्ना बाटा राम्रा बनाउनु पर्छ, आफ्ना गाडी राम्रा बनाउनु पर्छ । उत्पादन गर्नु पर्छ । हाम्रो आफ्नो उत्पादन बढाउनु पर्छ ।’
Facebook Comments Box
