Author: खबरमञ्च
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा काठमाडौंका विभिन्न शक्तिपीठको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायतका शक्तिपीठ पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन्। राष्ट्रप्रमुखको हैसियतमा हरेक वर्ष राष्ट्रपतिले उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ । यसअघि राष्ट्रपति पौडेलले पत्नी सवितासहित काभ्रेस्थित पलाञ्चोक भगवतीको समेत दर्शन तथा पूजाअर्चना गरेका थिए ।
काठमाडौँ । इजरायलमा मारिएकामध्ये ३ जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ । शवहरूलाई आइतबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी छ । इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको थियो । पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्नेछ। ७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ।
काठमार्डौ । धादिङ केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पका कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन ।
काठमाडौँ । काठमाडौँमा भुकम्प आएको छ । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
काठमाडौं । हनुमानढोका दरबारको दशैं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । नेपालीहरुको महान पर्व वडा दशैंको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको हो । आज बिहान ८ बजेको शुभ साइतमा गोरखा दरवारबाट निकालिएको अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा अपरान्ह साढे ४ बजे बाजागाजासहित दशैंघरमा भित्र्याइएको हो । नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका…
काठमाडौँ । यू-१९ एसिया कपमा नेपालले आफ्नो स्थान पक्का गरेको छ । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको हो । नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भएको हो । फाइनलमा पुगेसँगै नेपाल यु – १९ एसिया कपमा छनोट भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो । ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए । २५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकिएको थियो । डिएल…
काठमाडौं । हङकङमाथि ७९ रनको सहज जित हात पार्दै नेपाल यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा पुगेको छ । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । उसका लागि अंशुमन रथले सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान २÷२ विकेट लिए भने दीपेद्र सिंह ऐरी र प्रतिश जिसीले एक एक विकेट लिए । यसअघि टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो ।…
काठमाडौं । आज नवरात्रको सातौं दिन सप्तमी । आज फूलपाती पनि हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघरमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ । फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मानवृक्षलगायत समावेश गरिन्छ । फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा भित्र्याउने चलन रहिआएको संस्कृतिविद्हरूको भनाइ छ । केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ । फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरबारका कर्मचारीहरू सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती सङ्कलन गर्न निस्किन्छन्…
विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेशमा सरकार गठनको कुराले सत्ता गठबन्धनमा कुनै असर नपर्ने दाबी गरेका छन्। गृहनगर विराटनगर आएका नेता कोइरालाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन्। कोशी प्रदेशसभाको जटिल अंक गणितले मध्यावधि निर्वाचन छल्नमात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको उनको भनाइ छ। कोशीमा गठन भएको सरकारका कारण दलीय गठबन्धन, संघीय सरकार एवं अरु प्रदेशमा कुनै असर नपर्ने कोइरालाले बताए। कोशी प्रदेश मन्त्रिपरिषद् दसैँपछि हुने उनले उल्लेख गरे। सरकार बनाउन कसैको पनि बहुमत नपुग्ने अवस्थामा प्रदेशमा मध्यावधि निर्वाचनको जोखिम बढेको कुरालाई ध्यान दिंदै त्यसलाई टार्न एमालेसँग मिलेर सरकार बनाइएको कोइरालाले…
काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव आइतबार विहान काठमाडौं ल्याइने भएको छ । तेल अबिबस्थित नेपाली दूतावासले पहिचान भएका चार विद्यार्थीको शव शनिबार नेपाल पठाउने जानकारी र ती शवहरु आइतबार बिहान नेपाल आइपुग्ने जानकारी दिएको छ। हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये सम्पूणर् कानूनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसोको १ः२५ बजे फ्लाइदुबईको उडानबाट नेपाल पठाउन लागिएको र शव कार्तिक ५ गते आइतबार विहान काठमाडौँ पुग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दूतावासका अनुसार ईजरायलबाट फ्लाइदुबईको उडान नं एफजेड१२१० मार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाइदुबईकै उडान नं एफजेड८३५१ मार्फत् काठमाडौंसम्म…