Author: खबरमञ्च

झापा । इलामको रोङ गाउँपालिकास्थित अर्याल चोक नजिकै यात्रु बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । ४० जना यात्रु सवार बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको उद्धारमा खटिएकाहरूले जनाएका छन् । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको जनाइएको छ । कति जना यात्रु घाइते भए भन्ने खुलेको छैन । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बस राजमार्गबाट करिव ५०० मिटर तल झरेको छ । घाइतेको उद्धार गरि अस्पताल पठाउने काम भइरहेको छ ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् । उनले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न छठले प्रेरणा प्रदान गर्ने विश्वास जनाएका छन् । प्रकृतिको पूजा गरिने छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने उनले शुभकामना सन्देशमा भनेका छन् । यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि शुभकामना दिएका छन् । उनले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा सामाजिक न्यायसहितको समुन्नतिको मार्ग दर्शनका लागि सबैमा प्रेरणा मिल्ने बताएका छन् । छठ पर्वको मुख्य दिन आज शुभकामना व्यक्त गर्दै उनले देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्न छठले प्रेरणा दिने विश्वास जनाएका छन् । ‘नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराईबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ उनले यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण,उत्पादन एवं…

Read More

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइसकेपछि त्यसको भोलिपल्ट अर्थात सोमबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । मधेश प्रदेश लगायत मैथली समाजमा छठलाई मुख्यगरी र भव्य पर्वको रुपमा मनाउने गरिन्छ । उसोत छठ अव तराई र मैथली समाजको मात्र नभएर पछिल्लो समय पहाडमा पनि मनाउन थालिएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थित छठ पूजास्थल जाने कार्यक्रम तय छ ।…

Read More

बिर्तामोड । बिर्तामोडको अधुवा खोलाबाट बिरिङ खोलामा छठ पूजा गर्न गएकाहरु विस्तारै पुरानै ठाउँमा फर्किन थालेका छन् । विगतमा आ–आफ्नै किसिमले पूजा गर्ने गरेकोमा नेपाल मधेसी समाज सेवा समितिले सरसफाई गरी व्यवस्थित घाट निर्माण गरिदिएपछि भक्तालुहरु पुरानै ठाउँमा फर्किन थालेका हुन् । समितिले यस वर्ष बिर्ताबजारस्थित अधुवा खोलालाई सरसफाई गरी २०२ वटा स्टल बनाएको छ । खोलाको दुवैपट्टी १०१ वटाका दरले २०२ वटा स्टल(पण्डाल) निर्माण गरिएको मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए । एउटा स्टलमा दुईवटा डाला राखिने छ । उनले बिर्ताबजारको अधुवा खोलाको बगरमा विगतमा छठ पूजा गर्ने करिव ५ प्रतिशत भक्तालुहरु बिरिङ गएकोमा सबैजना साविक ठाउँमै…

Read More

झापा । झापाको मुख्य व्यापारिक केन्द्र मानिएको बिर्तामोडका बासिन्दाका लागि छठ पूजा मनाउन बिरिङ खोलामा तयारी गरिएको छ । बिरिङ खोलामा ४ सय ४० वटा स्टल बनाएर तयारी पूरा गरिएको छठ समाज सेवा समितिका अध्यक्ष रामेश्वर दुबेले जानकारी दिए । समाजले कनकाई नगरपालिका वडा नम्वर ८ स्थित बिरिङ खोलाको किनारमा विगत १० वर्षदेखि छठ पूजाको आयोजना गर्दै आएको छ । बिरिङ खोलामा पानी पनि सफा रहने गरेको र छठका लागि उपयुक्त स्थान भएको दुबेले बताए । बिर्तामोडमा जनसंख्या बढेकाले अन्दुवा खोला छठ पूजाका लागि अब संभव नभएको उनको भनाइ छ । पूजाका लागि झण्डै एक हजार भक्तजनका लागि पण्डाल तयार…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् । नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए । उनले यसलाई मागका रुपमा नभइ अधिकारकैरुपमा राख्ने तयारी गरिएको जानकारी दिए । यही मङ्सिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा कोप–२८ सम्मेलन आयोजना हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि घरदैलो अभियान थालेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो । ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो । रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने उनले जानकारी दिए । अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता ढकालको भनाइ छ । “चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दै छौँ”, उनले भने ।…

Read More

काठमाडौँ । गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो ।  उनको आज ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिरामी ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् । १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो । दीपा ओलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा…

Read More

काठमाडौं । नेकपा एमालेको विशेष बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको एमाले प्रचार विभागले जनाएको छ । समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा आजको बैठकमा छलफल हुने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले यही मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा…

Read More