Author: खबरमञ्च

काठमाडौं । रिगल ढकालको आममाफीविरुद्ध अनशनरत भारती मानन्धर कार्यक्रमस्थलमा नै बेहोस भएकी छिन् । सोमबार आममाफीको विरुद्धमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भारती कार्यक्रमस्थलमै बेहोस भएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए । रिगलको आममाफी विरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

Read More

काठमाडौं । टी-२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ । समूह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको किर्तिपुर मैदानमा भएको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको सिंगापुरले दिएको १ सय ४६ रनको चुनौति लाई नेपालले १६.३ ओभरमा मात्रै २ विकेट गुमाएर पुरा गरेको हो । निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा सिंगापुरले १ सय ४५ रनको बनाएको थियो । नेपालका लागि ओपनर व्याट्सम्यानद्वय आसिफ शेख र कुशल भुर्तेलले ८ ओभरको सहकार्यमा उनीहरुले ८४ रनको साझेदारी गरे । सिंगापुरले दिएको मध्यम लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ४६ बल खेल्दै ७४ रनको गर्विलो…

Read More

विराटनगर । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका जिल्लाहरुमा प्रहरीले पर्वलक्षित जाँच अभियान सुरु गरेको छ । यस क्रममा झापाको भद्रपुरस्थित सीमा नाकामा विशेष तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार सीमावर्ती क्षेत्र तथा नाकाहरमा कडाइका साथ जाँचसहित निगरानी भइरहेको जनाइएको छ । भद्रपुर नगरपालिका–५ स्थित मेची पुल तथा आसपासका क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले दुईवटा तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच गरिरहेको छ । सीमा नाकाबाट आवत जावत गर्ने सवारी साधन तथा शंकास्पद व्यक्तिहरुको जाँच भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तिहारअघि ठूलो परिमाणमा पटाका भित्र्याउने गरिएका नाकाहरुमा पनि…

Read More

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रण लिएको छ । उक्त घटनामा आइतबार प्रहरीले शंकास्पद एक जनालाई नियत्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी टोली अहिले घटनास्थलवरपरको अनुसन्धान मिहिन रुपमा गरिरहेको भन्दै थापाले प्रहरी हत्याराको नजिक पुगेको बताएका छन् । थापाले भने, ‘शंकास्पद र अनुसन्धानले नजिक पुर्याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, यकिन र विस्तृत विवरण संकलनपछि घटनाबारे थप कुरा सार्वजनिक गछौँ ।’ उनका अनुसार प्रहरीले हत्या प्रकरणमा महत्वपूर्ण प्रमाण फेला…

Read More

काठमाडौं । टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरले नेपालसामु १ सय ४६ रनको लक्ष्य दिएको छ । समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको पहिलो खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो । जारी खेलमा राम्रो सुरुवात गरेपनि सिंगापुरले निर्धारित समयमा ९ विकेट विकेटको क्षतिमा १ सय ४५ रन मात्रै बनायो । सिंगापुरको व्याटिङलाई दबाबमा राख्न नेपालका लागि अविनास बोहराले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी, गुल्सन कुमार झाले समान २ ÷२ विकेटको योगदान गरे । सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक४६ रन,आर्यवीर चौधरीले ३५ रन, मनप्रित सिंहले २४ रनको योगदान गरे । एसिया छनोटमा…

Read More

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ । नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन चार हजार तीन सय २२ जनाले दर्शनका छन् । दसैँ र तिहारका समयमा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । विगतदेखिकै परम्पराअनुसार नवरात्रयता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । नवरात्रपछि दैनिक हजारौँ सङ्ख्यामा भक्तजनले पाथीभराको…

Read More

जनकपुरधाम । साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई नियन्त्रणमा लिएको हो । कार्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको जनाइएको छ । जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिवन्धित लागुऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको…

Read More

टाटा समूहले अब आईफोन (एप्पल आईफोन) भारतमा बनाउने भएको छ। टाटा समूहसँग ताइवानी कम्पनी विस्ट्रोन कारखाना खरिद गर्ने सम्झौता स्वीकृत भएको छ । टाटा समूहको कम्पनी टाटा इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडसँग विस्ट्रोन इन्फोकम म्यानुफ्याक्चरिङ (इण्डिया) प्राइभेट लिमिटेडलाई १२ करोड ५० लाख डलर  बेच्ने सम्झौता भएको छ। इलेक्ट्रोनिक्स टेक्नोलोजी मन्त्री राजीव चन्द्रशेखरले शुक्रबार सामाजिक सञ्जालमा यो जानकारी दिए। टाटा समूहले घरेलु र विश्व बजारका लागि भारतमा दुई साढे दुई वर्षभित्र एप्पलको आइफोन उत्पादन सुरु गर्ने मन्त्रीले बताए ।

Read More

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका लागि नेपाल आएका छन् । राति एक बजे उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । गुटरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमा स्वागत गरे । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि भने उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता द्वय नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संघीय संसद् भवन नयाँबानेश्वरमा छुट्टाछुट्टै भेट गर्नेछन् । त्यस्तै उनले आजै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री एनपी साउदसँग…

Read More

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ। शनिबार कोजाग्रत पूर्णिमाको अवसर पारेर कांग्रेसले चियापान आयोजना गरेको हो। उक्त चियापानमा प्रधानमन्त्रीसहित माओवादी, एमाले, एकीकृत समाजवादी लगायत पार्टीका नेता-कार्यकर्ताहरूको उपस्थिति थियो। बिपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापान सुरू गरेको हो।

Read More