काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।
शनिबार कोजाग्रत पूर्णिमाको अवसर पारेर कांग्रेसले चियापान आयोजना गरेको हो।
उक्त चियापानमा प्रधानमन्त्रीसहित माओवादी, एमाले, एकीकृत समाजवादी लगायत पार्टीका नेता-कार्यकर्ताहरूको उपस्थिति थियो।
बिपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापान सुरू गरेको हो।
Facebook Comments Box
