Author: खबरमञ्च
झापा- पूर्वेली ढुवानी सेवा प्रालिले भव्यरुपमा विश्वकर्मा पूजा गरेको छ। झापाको बिर्तामोड–५ सुगम पेट्रोल पम्प पछाडि मुख्य कार्यालय रहेको ढुवानी सेवाले एकै स्थानमा दुई दर्जन वढी सवारी साधनको भव्य रुपमा विश्वकर्माको पूजा गरेको हो। ढुवानी सेवाले कार्यालय परिसरमा ट्रकसहित अन्य सवारी साधनको पूजा एकै स्थानमा गरेको हो। पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्री (न्यौपाने)ले प्रत्येक ट्रकलाई रिवन, फुलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर विश्वकर्माको पूजा गरेका हुन्। सुनसरीको इटहरीमा शाखा कार्यालय रहेको ढुवानी सेवाले देशैभर ४० वढी ट्रकबाट सेवा प्रदान गर्दै आएको छ। सञ्चालक निर्मल सामाजिक कार्यमा समेत सक्रिय छन्। उनले बिभिन्न सामाजिक कार्य पनि गर्दै…
झापा — जेनजी आन्दोलनका क्रममा झापा जिल्लामा सार्वजनिक तथा निजी संरचनामा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले दिएको तथ्यांक अनुसार, आन्दोलनको प्रभावले जिल्लाका विभिन्न तहमा निम्न क्षति पुगेको छ: क्षतिको संक्षिप्त विवरण: क्षेत्रक्षतिको संख्यास्थानीय तह१२वडा कार्यालय५५कार्यालय (प्रहरी युनिटसहित)३७निजी आवास, व्यापारिक कम्प्लेक्स, पार्टी अफिस४८विद्यालय१ विभिन्न सरकारी कार्यालय, वडा कार्यालय, प्रहरी युनिट, निजी घर तथा पार्टी कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट गरिएको छ। विभिन्न पार्टी कार्यालय, नेताहरूका निजी निवास, विद्यालय, टेलिकम, यातायात कार्यालय, भन्सार, र प्रहरी चौकीहरूमा समेत आगजनी र तोडफोड भएको प्रशासनले जनाएको छ। हालसम्म पूर्ण विवरण आउन बाँकी रहेको जनाइएको छ। स्थानीय प्रशासनले…
झापा — जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड र दमक नगरपालिका क्षेत्रभर, साथै भद्रपुर नगरपालिकाका केही क्षेत्रमा घोषणा गरिएको निषेधित क्षेत्रलाई मंगलबार पनि निरन्तरता दिइएको छ। प्रशासनले सर्वसाधारणको जीवन तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न आवश्यक ठानी २०८२ साल भाद्र ३१ गते बेलुकी ८ बजेदेखि बुधबार बिहान असोज १ गते बिहान ४ बजेसम्म निषेधित क्षेत्र घोषणालाई निरन्तरता दिएको हो। प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख भएअनुसार, यस अवधिमा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, सम्मेलन तथा पाँच जनाभन्दा बढी व्यक्तिहरूको हुलहुज्जतमा जमघट गर्न पूर्णरूपमा निषेध गरिएको छ। स्थानीय प्रशासन ऐन २०२८ (संशोधित सहित) को दफा ६…
बिर्तामोड (झापा)- जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि सरसफाइ सुरु गरिएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीले संयुक्तरूपमा सरसफाइ थालेका हुन् । नगरपालिकाको तीन भवनमध्ये दुई भवनमा आगजनीबाट क्षति पुगेको छ । पुरानो गाविस भवन, नगरपालिका बनेपछि प्रयोगमा आएको नयाँ भवन र गत महिना मात्रै निर्माण गरिएको भवनमा क्षति पुगेको थियो । आगजनीबाट भवनभित्र रहेका कागजात, फर्निचर, विभिन्न विद्युतीय उपकरणलगायत सामान नष्ट भएका छन् ।नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक नगेन्द्रकुमार सङ्ग्रौलाले प्रारम्भिक अनुमान अनुसार करिब रु पाँच करोडको क्षति भएको जानकारी दिए। भवनसँगै कागजात जलेर नष्ट भएपछि सेवाप्रवाहमा कठिनाइ भएको बताए।सेवा पुनः सुरु गर्ने तयारी गरिरहेको…
झापा- जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी यहाँ पक्राउ परेका छन् । यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताए। नियन्त्रणमा लिइएकामध्ये सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका–५ की २८ वर्षीया रुकसार खातुन र वर्ष २८ कै एकसरा खातुन रहेका छन् । सरकारले भागेका कैदीलाई फर्किन सूचना जारी गरेपछि दुवै जना जिल्ला प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका थिए । कास्की कारागारवाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरबाटै पक्राउ…
झापा — जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड र दमक नगरपालिका क्षेत्रभर, साथै भद्रपुर नगरपालिकाका केही क्षेत्रमा घोषणा गरिएको निषेधित क्षेत्रलाई आइतबार पनि निरन्तरता दिइएको छ। प्रशासनले सर्वसाधारणको जीवन तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न आवश्यक ठानी २०८२ साल भाद्र २९ गते बेलुकी ८ बजेदेखि सोमबार बिहान भाद्र ३० गते बिहान ५ बजेसम्म निषेधित क्षेत्र घोषणालाई निरन्तरता दिएको हो। प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख भएअनुसार, यस अवधिमा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, सम्मेलन तथा पाँच जनाभन्दा बढी व्यक्तिहरूको हुलहुज्जतमा जमघट गर्न पूर्णरूपमा निषेध गरिएको छ। स्थानीय प्रशासन ऐन २०२८ (संशोधित सहित) को दफा ६…
झापा- जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताए। “आन्दोलनका क्रममा जलेर ध्वस्त भएका नगरपालिका, गाउँपालिका र वडा कार्यालय सञ्चालनमा आउन तत्काल सम्भव छैन”, उनले भने, “बाँकी कार्यालय खोलेर आजैदेखि सेवा सञ्चालन हुन्छ ।” यही भदौ २३ गते जेनजी आन्दोलन सुरु भएयता जिल्लाको जनजीवन तनावग्रस्त थियो । जिल्लाको स्थिति सामान्य अवस्थामा फर्किएको प्रजिअ अधिकारीले बताए । जिल्लामा आज बिहानैदेखि सार्वजनिक तथा निजी यातायातका साधन निर्वाध रूपमा सञ्चालनमा आएका छन् । राजधानी, पोखरा, महेन्द्रनगर, वीरगञ्जलगायत लामो दूरीमा सञ्चालन…
झापा- सुनसरीको झुम्का कारागारबाट भागेका चारजना कैदीलाई झापाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ। बुधबार राति करिब १०:४० बजे, भारततर्फ जाँदै गरेका दुई जना कैदीलाई भारतीय सुरक्षाकर्मी (एसएसबी)ले पानीटेंकीमा नियन्त्रणमा लिएका थिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको गस्ती टोलीलाई बुझाइएको थियो। पक्राउ पर्नेमा लागूऔषध मुद्दाका शिव सरदार (३०) र कर्तव्य ज्यान मुद्दाका शत्रुकुमार राजवंशी (३२) रहेका छन्। सरदार सुनसरी, इटहरीका हुन् भने राजवंशी झापा, मेचीनगरका हुन्। बुधबार दिउँसो २:१५ बजे, मेचीनगर–१५, कालिका सीमा क्षेत्रमा खटिएको गस्ती टोलीले कर्तव्य ज्यान मुद्दाका कैदी जयनारायण चौधरी (२९) लाई पक्राउ गर्यो। उनी भारततर्फ भाग्ने प्रयासमा थिए। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा…
झापा- जेनजी आन्दोलनका क्रममा झापाको बिर्तामोडबाट प्रहरीबाट खोसिएको इन्सास हतियार शनिबार इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले बरामद गरेको छ। इलाका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक मानबहादुर मिश्रको कमाण्डमा खटिएको टोलीले उक्त हतियार बरामद गरेको हो। गत भदौ २४ गते झापाको बिर्तामोडमा चर्किएको आन्दोलनका बेला उक्त हतियार प्रहरीबाट आन्दोलनकारी लिएका थिए। धेरै हतियार सोही दिन नेपाली सेनालाई आन्दोलनकारीले बुझाएका थिए। तर, अहिले पनि प्रहरीले हतियार बरामद गर्ने क्रम जारी राखेको छ। आन्दोलनपछि बिस्थापति इलाका प्रहरी कार्यालय बुधबारे शनिवार मात्र पुनर्स्थापित भएको हो। पुनर्स्थापित भएकै दिन प्रहरीले उक्त हतियार बरामद गरेको हो।
झापा – दुई महिनादेखि फरार रहेका लागुऔषधका मुख्य कारोबारी भानुभक्त खरेललाई स्थानीयको पहलमा पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ। राजनीतिक शक्तिको आडमा प्रहरीकै सहयोगमा उम्किँदै आएका ५० वर्षीय खरेललाई बिर्तामोड–५ बाट स्थानीयले नै नियन्त्रणमा लिएका हुन्। गत भदौ २४ गते ‘जेनजी’ आन्दोलन सुरु भएको दिन उनी घर फर्केका थिए। आज दिउँसो ३ बजेतिर स्थानीयवासीले उनलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन्। यसअघि साउन १ गते प्रहरीले खरेलको गोदाममा छापा मारेर ठूलो मात्रामा प्रतिबन्धित औषधिजन्य लागुऔषध बरामद गरेको थियो। प्रहरीले उनको गोदामबाट १,०३,८०० क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड, १८७० एम्पुल ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन, ४०५० ट्याब्लेट ट्रामाडोल एण्ड एस्टामाइनोफेन, ९७,००० ट्याब्लेट डिसाइक्लोमिन, ८,९०० ट्याब्लेट सिल्डेनेफिल…