Author: खबरमञ्च

काठमाडौं । ललितपुरको बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले अश्रुग्यासँगै पानीको फोहरा प्रहार गरेको छ । प्रदर्शनकारी बल्खुबाट कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको हो । प्रहरीको अश्रुग्यास र पानीको फोहोरा प्रहारबाट भिड तितरवितर भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शनमा झडप भएको हो ।

Read More

झापा । बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा मंसिर ५ गतेदेखि यो सेवा सुरु गरिएको हो । शनिबार बाहेक हरेक दिन दिउँसो १ बजे देखि अपरान्ह ४ बजेसम्म सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी दिए । उनले स्त्री तथा प्रसूति रोग सम्बन्धीका सबै रोगहरु विशेषज्ञ डाक्टर शिवेश चौधरीले जाँच गर्ने बताए । नगर अस्पतालमा रेविज विरुद्वको भ्याक्सिनसमेत उपलव्ध भएको छ । यो सेवा पनि शनिबार बाहेकका दिनमा उपलव्ध रहने मेसु डा. अधिकारीले जानकारी दिए । नगरपालिकाले आवश्यक पूर्वाधार थप गरि क्रमश सेवा विस्तार गरिरहेको छ । अस्पतालमा…

Read More

काठमाडौं । भ्रष्टाचार अभियोग सामना गरिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानसहित २८ जनालाई सरकारले देश छाड्न प्रतिवन्ध लगाएको छ । त्यहाँको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री इमरान खान र अन्य २८ जनाको नाम ‘एग्जिट कन्ट्रोल लिस्ट’ ईसीएलमा राख्न सिफारिस गरेको हो । भ्रष्टाचार मुद्दामा उनको संलग्नता रहेको भन्दै सरकारले यस्तो सिफारिस गरेको जनाइएको छ । संघीय मन्त्रिपरिषद्को उपसमितिले अल–कादिर ट्रस्ट मामिलामा पीटीआई पार्टीका प्रमुख इमरान खान र अन्य २८ जनाको नाम ईसीएलमा राख्न सिफारिस गरेको देशको प्रमुख अखबारले आफ्नो रिपोर्टमा जनाएको छ । पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नी बुशरा बीबीले खान नेतृत्वको सरकारको समयमा बेलायतले पहिचान गरेको पचास अर्ब रुपैयाँ अपचलन गर्न…

Read More

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । बिहीबार राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

Read More

काठमाडौँ । मंसिर ७ गतेको बिरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुद बनाएको जनाएको छ । मंसिर ७ गते नेकपा एमालेको भ्रातृ संगठन नेपाल युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले गर्ने बिरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताएका हुन् । उनले बिरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताए । उनले आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको बताए । उनले नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन आग्रह गरे । उनले यातायातको…

Read More

झापा । झापाको बिर्तामोडमा रहेको इमक कलेजको उद्घाटन तथा सोही कलेजको प्रांगणमा निर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते बिर्तामोड आउने भएका छन् । कलेज व्यवस्थापनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर पूर्वराजा शाहको कार्यक्रमको तयारी पूरा भएको जनाएको हो । पूर्वराजा शाहले मंसिर ९ गते दिउँसो १ बजे पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा शालिक अनावरण गर्ने कार्यक्रम रहेको कलेजका कार्यकारी अध्यक्ष अलोक कार्कीले जानकारी दिए । इकम कलेजले गत वर्षदेखि नयाँ भवनबाट पठनपाठन सञ्चालन गरिरहेको छ । कलेजमा रहेको शालिक अनावरण पूर्वराजा ज्ञानेन्द्रको हातबाट गर्न व्यवस्थापनले निकै कसरत गरिरहेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी…

Read More

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू गरेको छ । प्रशासनले मंसिर सात गतेलाई लक्षित गरी उच्च प्रशासनिक निकाय वरपर पनि मंगलबारबाट एक महिनाको लागि निषेधाज्ञा लागू गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निकालेको सूचनामा राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह,संघीय संसद् भवन बानेश्वर र सिंहदरबार क्षेत्रलाई हिजोदेखि ३० दिनका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख छ । काठमाडौं जिल्ला प्रशासनले सोमबार नै माइतीघर, नयाँबानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि हिजो एक सूचना निकालेर पुल्चोकमा रहेको मन्त्रीनिवास…

Read More

झापा । हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

Read More

काठमाडौँ । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ भने सरकारसंग लिखित जवाफ माग गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो । उक्त रिटमाथि आगामी मंसिर १९ गते सर्वोच्च अदालतको संयुक्त इजलासमा थप सुनुवाइ हुनेछ । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट परेका थिए । टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ भएको हो । सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । गत कात्तिक २७ गतेको…

Read More

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति नागरिक बचाउ महाअभियान’ले आफूहरुको विरोध कार्यक्रमका लागि काठमाडौं बाहिरबाट डेढ लाख समर्थक काठमाडौं आइसकेको दाबी गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यलले डेढ लाख मान्छे काठमाडौं आइसकेको जानकारी दिँदै न्यूनतम ७ लाख मान्छे जम्मा हुने दाबी गरे । उनले भने, ‘मंसिर ७ गतेको आन्दोलनका लागि डेढ लाख मान्छे आइसकेको अवस्था छ । भोलि र पर्सीमा थप डेढ लाख आउँछन् । काठमाडौंमा ४–५ लाख मानिस तयारी भएर बसेको अवस्था छ ।’ आन्दोलनमा न्यूनतम ६–७ लाख मान्छे जुट्ने माण्डव्यले बताए । उनले भने, ‘भक्तपुरको सीडीओ कार्यालयबाट के जानकारी आएको छ…

Read More