Author: खबरमञ्च

बर्दिया । बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार राति गुलरिया नगरपालिका वडा नं ४ तुलापुरस्थित करिस्मा चन्दको घरमा आगलागी भएको हो । सो घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । सुतिरहेको समयमा आगलागी हुँदा तीन जना बालबालिकासहित चारको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिंह बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । राति करिव १० बजे आगलागी भएको र आगलागीको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

Read More

काठमाडौं । इजरायल र हमासबीच युद्ध विराम भएपछि हमासले पहिलो पटक बन्धक बनाएकाहरुलाई पहिलो चरणमा रिहा गरेको छ । पहिलो चरणमा १३ जना इजारयली रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्  । साथै हमासले १२ जना थाई बन्धकहरूलाई पनि रिहा गरेको छ । बन्धकहरूलाई हमासले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई हस्तान्तरण गरेको हो । यी बन्धकहरूलाई इजिप्ट र गाजा बीचको राफा क्रसिङमा ल्याइएको छ । त्यसपछि इजरायली सेनाले बन्धकहरूलाई मेडिकल जाँचका लागि एयरबेसमा लैजानेछ । प्रारम्भिक अनुसन्धानपछि सबैलाई हेलिकप्टरबाट अस्पताल लगिनेछ, जहाँ उनीहरुले परिवारलाई भेट्ने छन् । रिहा भएकाहरुको नाम भने खुलाइएको छैन । यद्यपि यी सबै महिला र बालबालिका हुन्…

Read More

झापा । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार अपराह्न झापा आइपुगेका छन्। शनिवार बिर्तामोड १ स्थित पञ्चकन्यामा रहेको ईकम कलेजको प्रांगणमा रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पूर्वराजा शाहले अनावरण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी यस कार्यक्रमलाई सफल बनाउन लागिपरेको छ । सोही कार्यक्रमको तयारीका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन करिब १० दिनदेखि झापामै छन्। पूर्वराजा शाह धुलाबारीस्थित मेची क्राउन प्लाजामा बसेका छन् । शनिबार धुलाबारीस्थित निन्दा खोलाबाट उनको स्वागत र्‍याली हुने राप्रपाले जनाएको छ। पूर्वराजा शाहसहितको र्‍यालीलाई करिब ८ हजार मोटरसाइकलले स्कर्टिङ गर्ने कार्यक्रम छ। स्थानीय आयोजकका अनुसार पूर्वराजा शाहले बिर्तामोडमा ४५…

Read More

काठमाडौँ । तिनकुनेमा जम्मा भएका दुर्गा प्रसाईंका सात जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । अन्यलाई पनि धरपकड गरिराखिएको बताइएको छ । यो समाचार तयार पार्दासम्म ११ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेपनि उनीहरुको पहिचान पहिचान खुलाएको छैन । स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन । प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।

Read More

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासमै सुरक्षाकर्मीले घेरा हालेर राखेको छ । प्रसाईंलाई घर बाहिर निस्किन नदिन ठूलो संख्यामा उनको निवास वरपर प्रहरी परिचालन गरिएको छ । काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका प्रसाईंलाई घरबाट निस्किन नदिइएको हो । प्रसाईंले निवासमै पत्रकार सम्मेलन गरेर जस्तोसुकै परिस्थितिको सामना गर्न आफू तयार रहेको बताएका छन् । प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नरहेको बताएका छन् ।

Read More

काठमाडौं । सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचनाजारी गर्दै निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेलबाहेकको जंगली बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी घोषणा गरिएको छ । जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्सानी पुर्‍याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा मार्न पनि पाउनेछन् । जंगली बँदेललाई पक्रिएको खण्डमा सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्षण, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन कार्यालयमा बुझाउनुपर्ने र…

Read More

काठमाडौं । अर्को वर्ष वेस्टइन्डिज र अमेरिकमा संयुक्तरुपमा आयोजना हुन लागेको आइसीसी टी २० विश्वकप क्रिकेटका लागि अफ्रिका छनोटमा जिम्बाब्वेले पहिलो जित निकालेको छ । नामेवियामा जारी छनोट प्रतियोगितामा बिहीबार जिम्बाब्वेले तान्जेनियालाई ९ विकेटले पराजित गर्दै छनोट प्रतियोगितामा २ अंक बनाएको छ । ७ टिमले सहभागीता जनाएको छनोट प्रतियोगिताको तालिकामा जिम्बाबे चौथो स्थानमा रहेको छ । शीर्ष २ टिमले अर्को वर्षको टी २० विश्वकपमा स्थान पक्का गर्ने छन् । बिहीबार भएको खेलमा तान्जेनियाले दिएको ९७ रनको सामान्य लक्ष्य जिम्बाबेले १०.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो । जिम्बाब्वेलाई जित दिलाउनका लागि । तदिवानाशे मरुमणिले ३९ तथा सिनि विलियम्सले…

Read More

काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाईका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज राना मगरलाई उपप्राध्यापक चलाउनेलाई मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो । उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ ।

Read More

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन आन्दोलन मात्रै नभइ जनविद्रोह भएको बताएका छन् । काठमाडौं बल्खुमा बिहीबार भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको विरुवा रोपिएको दाबी गरे । ‘हाम्रो युवाहरु बाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईहरुको अगाडि मर्न आएको हो । म मर्न चहान्छु, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्न चाहन्छु,’ उनले भने, ‘यो आन्दोलन आन्दोलन होइन, यसलाई तपाइँले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो । हामीले धेरै खप्यौं । यो जनविद्रोह आजबाट…

Read More

काठमाडौँ । एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँ समूहको प्रदर्शनलाई कटाक्ष गरेका छन् । उनले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताएका छन् । बिहीबार काठमाडौँको तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रसाईं समूहलाई ठिक ठाउँमा बस्न चेतावनी दिए । उनले भने, ‘हामीले भनेका थियौ हाम्रो कार्यक्रम बाघको जस्तो हुन्छ र दुर्गा प्रसाईँको कुकुरको जस्तो लम्पसार पर्छ भनेर । मान्छेले पत्याएका थिएनन् । आज हावा फुस्केको छ । भोलिदेखि ठिक ठाउँमा बस । हामी सल्लाह गर्दैछौं, अब हामी यो कार्यक्रम सात प्रदेशमा…

Read More