झापा । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार अपराह्न झापा आइपुगेका छन्।
शनिवार बिर्तामोड १ स्थित पञ्चकन्यामा रहेको ईकम कलेजको प्रांगणमा रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पूर्वराजा शाहले अनावरण गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी यस कार्यक्रमलाई सफल बनाउन लागिपरेको छ । सोही कार्यक्रमको तयारीका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन करिब १० दिनदेखि झापामै छन्।
पूर्वराजा शाह धुलाबारीस्थित मेची क्राउन प्लाजामा बसेका छन् ।
शनिबार धुलाबारीस्थित निन्दा खोलाबाट उनको स्वागत र्याली हुने राप्रपाले जनाएको छ।
पूर्वराजा शाहसहितको र्यालीलाई करिब ८ हजार मोटरसाइकलले स्कर्टिङ गर्ने कार्यक्रम छ।
स्थानीय आयोजकका अनुसार पूर्वराजा शाहले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारण भेट गर्ने समेत कार्यक्रम छ ।
कार्यक्रममा ५० हजारको सहभागिता रहने आयोजकले दाबी गरेका छन्।
