Author: खबरमञ्च

झापा । ट्रयाक्टरमा माटोले छोपेर चिरान काठ चोरी तस्करी गर्न खोज्ने दुई जना झापाको अर्जुनधाराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अर्जुनधारा ३ बस्ने ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँ बस्ने ३८ वर्षीय रोहित घतानी रहेका छन् । शनिवार बिहान करिब ६ बजेको समयमा अर्जुनधारा ५ बाँसबारीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्रयाक्टरलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले रोकी चेकजाँच गर्दा माटोले छोपेर ल्याउँदै गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान, ८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्युबिकफिट सखुवा जातको…

Read More

काठमाडौँ । सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ । प्रहरीको तथ्यांक अनुसार बिहीबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन् । चिसो बढ्दै गएकाले यो सङ्ख्या बढ्न सक्ने सम्भावना छ । कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो । यसरी ज्यान गुमाउनेमा जाजरकोटका १०१ र रुकुम पश्चिमका ५३ जना छन् । भूकम्पले घर भत्काएपछि पीडित बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । सरकारले समयमै अस्थायी टहरा बनाउने रकम निकासा नदिँदा र अस्थायी टहराको डिजाइन…

Read More

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अन्दाजी १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । बरामत १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रवार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको बताए । उनले गएराति…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै रियल इस्टेट र शेयर कर्जाको जाखिम भार घटाउनेदेखि कर्जा पुनःसंरचना र पुनःतालिकीकरण चैत मसान्तसम्म थप गर्ने र पोलिसी रेट घटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको १५० प्रतिशत रहेको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेको छ । यसअघि ५० लाखभन्दा बढीको शेयर कर्जामा जोखिम भार १५० प्रतिशत रहेको थियो । त्यस्तै मौद्रिक नीतिको समिक्षाले ५० लाख…

Read More

काठमाडौँ । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा चन्द्र घले र मिन घले रहेका छन् । बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो। सुन ल्याउन लगाउने मिन घलेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Read More

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनै पनि बहानामा जनताको काममा ढिलासुस्ती गर्न नहुने बताएका छन् । बिहीबार पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आर्थिक वर्षको प्रथम चौमासिक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले बजेट कार्यान्वयनका लागि हिँडेर नपुगिने भन्दै दौडनु पर्ने अवस्था भएको बताए । बजेट कार्यान्वनका लागि आइपर्ने समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले यसबारे अध्ययन गरी निश्कर्ष ल्याउन निर्देशन दिए । ‘हामी कुनैपनि बहानामा ढिलासुस्ती गर्न सक्दैनौं । तपाईहरु निस्फिक्री भएर काम गर्नुहोस् जनताका पक्षमा काम गर्दा आइपर्ने समस्या समाधान गर्न सरकार तयार छ । के मा समस्या छ अध्ययन गर्नुहोस्’ उनले भने । मुख्यमन्त्री…

Read More

विराटनगर । विराटनगर–७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । त्यसैगरी महानगरले घाइतेको उपचारका लागि जनही ५०–५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । विराटनगर–७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको थियो । सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको उपचारका लागि अस्पताल…

Read More

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ । आज बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।विभागले राति कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक संकटग्रस्त बन्दै गएको भन्दै अब परिवर्तनका लागि व्यापक जनदबाब सिर्जना गरिने बताएका छन् । पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्दै उनले संविधानले नै काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै परिवर्तनका लागि जनदबाब आवश्यक भएको बताएका हुन् । उनका अनुसार बैठकले आगामी पुस १, २ र ३ बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने एजेण्डाहरु पास गरेको छ । देश आर्थिक, सामाजिक, राजनीतिक हिसाबले संकटग्रस्त बन्दै गएको, राजनीतिक नेतृत्वमात्र होइन, व्यवस्थासमेत असफल भएको सन्दर्भमा संविधान काम गर्न नसक्ने अवस्थामा पुगेकाले परिवर्तनका लागि व्यापक जनदबाब सिर्जना गर्न आन्दोलनको बाटो लिने निर्णय…

Read More

काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । उनका अनुसार सरकारले समितिको सस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको कार्यवधि दिइएको पनि मन्त्री शर्माले बताइन् । त्यस्तै सरकारले विश्वबैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न…

Read More