काठमाडौँ । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा चन्द्र घले र मिन घले रहेका छन् । बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो। सुन ल्याउन लगाउने मिन घलेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।
घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments Box
