Author: खबरमञ्च

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भइ तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।

Read More

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ। कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ । महासमिति बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेसले महासमिति बैठकका लागि नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्ने जिम्मा दिएको छ । आर्थिक प्रतिवदेन कोषाध्यक्ष नियुक्त नभएकाले…

Read More

काठमाडौं । भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फेसका ४१ जना कामदारलाई सुरक्षितरुपमा बाहिर निकिलिएको छ । उनीहरुलाई मंगलबार भारतीय समय अनुसार राति साढे ७ बजे बाहिर निकाल्ने प्रक्रिया सुरु भएको थियो । १७ दिनसम्म सुरुङमा फसेका उनीहरुलाई बाहिर निकाल्न साढे २ घण्टाको समय लागेको थियो । सुरुङबाट निस्किएका सबै कामदारहरुलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले माला लगाएर स्वागत गरेका थिए । त्यसपछि मुख्यमन्त्री धामीले लामो समय उनीहरुसँग कुराकानी गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । सुरुङबाट बाहिर आएका मजदुरलाई तैनाथ एम्बुलेन्समार्फत चिन्यालीसौर सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । उनीहरुको उपचारका लागि त्यहाँ ४१ शैयाको छुट्टै वार्ड बनाइएको छ । स्वास्थ्यकर्मीको टोलीले श्रमिकको…

Read More

काठमाडौं । प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा मंगलबार भएको भेटघाटमा उनीहरुले संघ अनुदार हुँदा प्रदेश सरकारले संघीयताको मर्मअनुसार काम गर्न गाह्रो परेको गुनासो गरे । प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन माग गर्दै उनीहरुले गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । भेटघाटमा आन्तरिक मामिला मन्त्रीहरु वाग्मतीका गंगानारायण श्रेष्ठ, मधेसका मोहम्मद समिम, लुम्बिनीका सन्तोषकुमार पाण्डे, कर्णालीका कृष्णबहादुर जीसी. र सुदूरपश्चिममा शिवराज भट्ट सहभागी थिए । यस्तै गण्डकीकी ऊर्जामन्त्री सरस्वती अर्याल तिवारी र कोशीका बिना विभागीय मन्त्री शमशेर…

Read More

झापा । ‘मेरो कर्णाली मेरो समृद्धिको आधार’ भन्ने मूल नाराका साथ कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले २३औँ ईकाइगत साधारण सभा सम्पन्न गरेको छ । मंगलबार बिर्तामोडस्थित विर्ता पार्टी प्यालेसमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले बार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले ४ अर्ब ३० करोड १० लाख ५० हजार १९ रुपैँया १० पैसाको वासलात सार्वजनिक गरेका छन् । गत अर्थिक बर्ष २०७८/०७९ मा ३ अर्ब ९७ करोड ११ लाख ७६ हजार ६ सय २६ रुपैँया ३९ पैसा रहेको संस्थाको पुँजी बढेर आ.व २०७९/०८० मा ४ अर्ब ३० करोड १० लाख ५० हजार १९…

Read More

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारसँग सहकार्य मात्रै नभई संघर्ष पनि गर्ने बताएका छन् । मंगलबार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ । हामीले के गर्ने हो भन्ने कुराको योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न संघर्ष पनि गर्छ ।’ मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरूले दिगो विकासका लक्ष्यअनुसार काम गर्नुपर्नेमा जोड दिए । ‘हामीले त काम सुरु गरिसकेका…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । समयमा अधिवेशन नहुँदा स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्थामा देउवाले मंगलबार अध्यक्ष नियुक्त गरेका हुन् । देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थ र कपिलवस्तुका  मेघराज टण्डनलाई नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उल्लेखित तीन वटै भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वतः विघटन भएका थिए ।

Read More

झापा । नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधन भएको छ। बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा सोमबार अपरान्ह ४ः३० बजे शर्माको ८८ वर्षको उमेरमा निधन भएको हो। कमल गाउँपालिका ५ मंगलवारे निवासी शर्माको स्वास्थ्यमा समस्या देखिएपछि एक महिनाअघि उनलाई अस्पताल भर्ना गरिएको थियो।श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका शर्माको मुटुमा समस्या देखिएको र रगत कम भएको अवस्थामा उनको उपचार भइरहेको थियो। बीपी कोइरालाका अनुयायीका रुपमा रहेका शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलसम्म परेका थिए। २०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा समेत उनले त्यागी र निष्ठावान नेताका रुपमा छवि बनाएका थिए। २०४२ सालमा नेपाली…

Read More

काठमाडौं ।  गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ । सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए । इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले सोमबार साँझ गाजा पट्टीमा थप दुई दिनका लागि मानवीय युद्धविराम लम्ब्याउने सहमति भएको बताए । द्वन्द्वरत पक्षबीच चार दिने युद्धविरामको अन्तिम दिन घोषणा गरिएको हो । हमासले पनि कतार र इजिप्टसँग इजरायलसँगको मानवीय युद्धविरामलाई दुई दिन लम्ब्याउन सहमत भएको विज्ञप्ति जारी गरेको छ ।…

Read More

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलामले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा झापा एफसीमाथि १–० को जित निकालेको हो । इलामले ८७ औं मिनेटमा निर्णायक गोल गरेको थियो । ८४ औं मिनेटमा पाएको पेनाल्टीलाई खेर फालेका इलामका अमाथ एनडले ८७ औं मिनेटमा उत्कृष्ट गोल गर्दै इलामलाई अग्रता दिलाए । इलामका भरत खवासले दिएको पासलाई अमाथले प्रहार गरेको पोस्ट चार्जलाई झापा किपर स्टेफन क्युपिकले जोगाउन प्रयास गर्दा आएको बललाई आफै अमाथले गोल गरे पछि खडेरी तोडिएको हो । खेलको तेस्रो मिनेटमा झापाका भरत खवासले फिनिसिङ गर्न सकेनन् । नवौं मिनेटमा झापाका छिरिङ लामाले इलामका अमाथलाई लडाएपछि…

Read More