Author: खबरमञ्च
झापा । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रालाई अवरोध गर्न खोज्ने पूर्वमन्त्री गोपाल किराँतीसहित एक दर्जनभन्दा बढी पक्राउ परेका छन्। किरातीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले खोटाङको हलेसीबाट पक्राउ गरेको हो । खोटाङ र भोजपुरबाट आन्दोलनकारीहरु राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदुर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको यायोक्खाले जनाएको छ। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा एमालेको नेतृत्व बागमती प्रदेशको सिन्धुलीबाट आज कोशी प्रदेशतिर प्रवेश गर्न लागेपछि पहिचान पक्षधरको नाममा अवरोध गर्ने प्रयास गरिएको हो। एमालेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित अभियान रोक्न पहिचान पक्षधरले बन्द आह्वान गरेका छन्। उनीहरुले बाटोमा रुख ढालेर अवरुद्ध…
झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पहिचानवादीहरूले ढुंगा प्रहार गरेका छन् । झापाको दमकमा केही कार्यक्रमहरूमा सहभागिता जनाउन आएका कार्की सवार सवारी साधनमा पहिचानवादीहरूले ढुंगा-मुडा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए । दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने क्रममा आफूलाई पहिचानवादी बताउने समूहले कालोझण्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार गाडी रोक्ने प्रयास गरेका थिए । सुरक्षाकर्मी सवार दुईवटा गाडीको बीचमा रहेको मुख्यमन्त्री कार्कीको गाडीमाथि ‘गुरिल्ला’ शैलीमा आक्रमण भएको एसपी रेग्मीले बताए । उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए । एसपी रेग्मीले भने, ‘मुख्यमन्त्रीज्यू अहिले दमकमै हुनुहुन्छ ।…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको उनको आरोप छ । अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दूराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे । उनले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना राजनीतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए । उनले सहमति र…
झापा । झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालित अनलाइन सञ्चारमाध्यमका सञ्चालकहरूले बिर्तामोड नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिर्तामोडको सञ्चार नीतिमा विभेद भएको भन्दै उनीहरूले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् । प्रविधिको विकास र इन्टरनेटमा अधिकांश मानिसको पहुँचका कारण पाठकले हातमै विश्वको सूचना र समाचार पढन, हेर्न र सुन्न चाहने भएका कारण अनलाइन सञ्चारमाध्यमको लोकप्रियता बढिरहेको अवस्थामा बिर्तामोड नगरपालिकाले भने अनलाइन सञ्चारमाध्यमलाई विभेद गरेको उनीहरुको ठहर छ । ‘अनलाइन सञ्चारमाध्यमको बढ्दो लोकप्रियता र आवश्यकता भइरहेको परिवेशमा बिर्तामोड नगरपालिकाले अनलाइन सञ्चारमाध्यममाथि गरेको व्यवहार विभेदपूर्ण भएको हामीले महशुस गरेका छौँ । छिमेकी पालिकाहरुले अपनाएको नीति र यस पालिकाको नीतिमा उल्लेख्य फरक पाइएको छ ।…
झापा । झापाका चारवटा पालिकाहरुले आज स्थानीय विदा दिएका छन् । हिन्दू धर्मावलम्बीहरुको पर्व बाला चतुर्दशीका अवसरमा अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले आज विदा दिएका हुन् । ती पालिकाहरूले सूचना जारी गरी नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने जनाएका छन् । बाला चतुर्दशीमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, विराटपोखरी, बाह्रदशी साधुकुटी गौरीशंकर शिवालय, मेचीनगरको कृष्णथुम्कीलगायतका धार्मिकस्थलमा सतविज छर्ने भक्तालुहरूको भीड लाग्ने गरेको छ ।
झापा । झापाको अर्जुनधारा जलेश्वर धाम समितिले आयुर्वेद शिरोमणि आचार्य बालकृष्णलाई अभिनन्दन गरेको छ । बाला चतुर्दशीको अघिल्लो रात धाममा आयोजित भव्य समारोहमा लाखौं सर्वसाधारणको उपस्थितिमा धाम समितिले आचार्य बालकृष्णलाई अभिनन्दन गरेको हो । धामका अध्यक्ष नवीन गट्टानी, महासचिव शिवलाल खतिवडा, धामका व्यासाचार्य पण्डित कुबेर सुवेदी, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापालगायतले आचार्य बालकृष्णलाई अभिनन्दन गरेका हुन् । अभिनन्दनपछि समारोहलाई सम्बोधन गर्दै अर्जुनधारा जलेश्वर धाममा साक्षात भगवानी शिवको बास रहेको बताए । उनले नेपालीहरूमा धार्मिक विश्वास र आस्था उत्तम रहेको बताउँदै आयुर्वेद मानव जीवनका लागि उपचारको उत्तम पद्धति रहेको बताए । आचार्य बालकृष्ण धामको ४१ औं बार्षिक अनुष्ठानमा सहभागी हुन…
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले विश्वसनीय संक्रमणकालीन संयन्त्रहरुमार्फत संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आइतवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक सहमतिको नाममा संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने काममा ढिलाई गरिएको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गरे । अध्यक्ष मगरले मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको आदेश र आयोगले दिएको सुझावहरुलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन पनि सरकारलाई आग्रह गरे। उनले आयोगका सिफारिस कार्यान्वयन गर्ने काममा पनि सरकारको उत्साहजनक सहभागिता नरहेको बताए ।
झापा । आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण झापा आएका छन्। भारतबाट बागडोगरा एयरपोर्ट हुँदै उनी झापा उत्रिएका हुन्। झापाको अर्जुनधारा जलेश्वर धामको ४१ औं वार्षिक अनुष्ठानमा सहभागी हुन उनी झापा आएका हुन्। उनलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायतले स्वागत गरेका थिए। नगरप्रमुख गोम्देनले बालकृष्णलाई नेपाली टोपी लगाएर स्वागत गरे। आचार्य बालकृष्ण धामका पदाधिकारीसँग भेटघाट गरेका छन्। साँझ ८ बजे उनले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ। धाममा पतञ्जलि योगपीठका प्रशिक्षकहरूद्वारा बिहान दुई घण्टा दैनिक योगाभ्यासका कार्यक्रम सञ्चालन भइरहेको छ। धामको वार्षिक अनुष्ठान भोलि समापन हुँदैछ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानूनी व्यवस्था तयार पारिरहेको बताएका छन् । शनिवार काठमाडौंमा भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार लगायत अन्य गैरकानूनी ढंगबाट आर्जित सम्पती विदेशबाट पुनः प्राप्तिका लागि कानूनी र संरचनागत प्रवन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी भइरहेको पनि जानकारी दिए । प्रधानमन्त्री दाहालले बहुआयामिक विषयको रूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य र सहयोगमा निवारण गर्ने कार्यमा नेपाल सरकार प्रयत्नशील रहेको बताए । भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन् । शनिवार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भनेपनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताए । उनले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउनसक्ने भन्दै सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने उनले बताए । उनले सरकारले सार्वभौम सत्ता, स्वाधिनताको र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्ने बताए । उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरका भ्रमणका क्रममा…