Author: खबरमञ्च
भोजपुर । लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा रु २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए । आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उनले बताए । जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण विष्ट परिवार विचल्लीमा परेको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तिहारको शुभकामना दिँदै नेपाली पर्वहरूले विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउन महत्वपूर्ण योगदान गरिरहेको बताएका छन्। आज दिपावलीको शुभकामना सन्देश जारी गर्दै, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहिआएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले ‘विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधारहरूसमेत हुन्’ भनेका छन्। नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘यस्ता पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना…
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान नौ बजेका लागि बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्यकिरण शर्माले जानकारी दिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ । शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार (आज) गाई पूजा, मंगलबार (भोलि) गोवर्द्धन पूजा/म्ह पूजा मनाइँदै छ ।
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा आगलागी हुँदा २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायत सामग्री जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागी स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीका कारण सातजनाको कटवाल परिवार विचल्लीमा परेको छ ।
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । हिन्दु समाजमा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध,गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको मान्यता पनि छ । त्यसैले कुनै धार्मिक कार्य गर्दा गाईको गहुँतले घर चोख्याउने तथा गोबरले आँगन पीढी वा दहिलो लिपपोत गर्ने गरिन्छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा…
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २८ जनालाई पक्राउ गरेको छ । लमजुङ, मध्यनेपाल नगरपालिका-६ मिलनटोल बस्ने लक्ष्मण कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसमेत ८ जनालाई प्रहरीले नगद १ लाख ६० हजार ६ सय ८५ रूपैयाँ १ बुक ताससहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१८ शसिनगरस्थित बिमल पराजुलीको गोठमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४६ वर्षीय प्रकाश विष्ट समेत ११ जनालाई नगद ३७ हजार ६ सय २५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । पर्सा, बहुदरमाई गाउँपालिका-४ बहुअरीस्थित बाँसघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय जोलेन्द्र प्रसाद यादव समेत २ जनालाई प्रहरीले…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्पको मौका छोपेर सरकारले नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले भूकम्पपीडितको चिन्ता गरेजस्तो गरेर सरकारले, काठमाडौंमा स्टक एक्सचेन्जको नयाँ धन्दा थालेको आरोप लगाएका हुन् । जाजरकोटको चिसोमा राम्रो ओड्ने ओछ्याउने नपाएर बसेका जनताको चिन्ता गरेजस्तो गरेको सरकारले सुटुक्क जनता झुक्याएको टिप्पणी गरे । ‘जाजरकोटको चिसोमा त्रिपाल नपाएर राम्रो ओड्ने ओछ्याउने नपाएर बस्नुभएका दाजुभाई दिदी बहिनीहरुको चिन्ता थियो हामी चिन्ता व्यक्त गरिरहेका थियौ । सरकार पनि भन्दै थियो न्यानो दिँदै छौं गर्दै छौं भनेर,’ उनले भने । उनले भने, ‘सरकार के…
काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले अनियन्त्रित ढङ्गले बढ्दो सामाजिक सञ्जालको प्रयोगले समाज र संस्थागत संरचना ध्वस्त पारेको बताएकी छन् । शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनद्वारा आयोजित शुभकामना आदानप्रदान तथा देउसी सांस्कृतिक कार्यक्रममा बोल्दै उनले अनियन्त्रित ढङ्गले बढ्दो सामाजिक सञ्जालको प्रयोगले समाज र संस्थागत संरचना ध्वस्त पारेको भन्दै यसको नियन्त्रणको पक्षमा सबैलाई उभिन आग्रह गरिन् । उनले भनिन्, ‘यसले समाजलाई र संस्थागत संरचना ध्वस्त गरेको छ । अनियन्त्रित ढङ्गले आएको सामाजिक सञ्जालको नियन्त्रणका पक्षमा तपाईंहरु सबैजना उभिनु पर्छ ।’ उनले सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न निर्देशन दिएको भन्दै प्रभावकारी कार्यान्वयनको सबैले स्वागत गर्नुपर्ने बताइन् । उनले भनिन्,…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भुकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्ती पुगेर पार्टीको भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् । भुकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण कार्य प्रारम्भ गरी अभियानको उद्घाटन गरेको पार्टी निकट जनपत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रेले बताए । पार्टी द्वारा संकलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरि राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरुसँगको छलफल गरेका थिए । शनिबार बिहान नलगाड आसपासका भुकम्प पिडितहरु सँग भेटघाट गरेका उनीहरुले विपद्को समयमा जनतासँग आफ्नो…