Author: खबरमञ्च

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण रिहा भएका छन् । केन्‍द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका उनी जिल्ला अदालत काठमाडौंमा गएको कारागारका सहायक जेलर मित्र लुइँटेलले जानकारी दिए। उनका अनुसार जिल्ला अदालतबाट छुटेर खाण सम्पत्ति शुद्धीकरण विभागमा जाँदैछन्। त्यहाँबाट उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा लगिनेछ । अख्तियारबाट छुटेपछि भने उनी तारेखमा हुनेछन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएसँगै छुटेका हुन्। उच्च अदालतबाट जिल्ला अदालतमा मिसिल पठाएसँगै खाणका आफन्तले ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेण्‍टी बुझाएका छन्।

Read More

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भुमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे । उनले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए । मेयर साहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे । मेयर साहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघीय सरकारसँग्…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीय तहको जग अझ मजबुद बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताएका छन् । २९ औं काठमाडौँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाए । उनले संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताए । उनले संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको…

Read More

काठमाडौँ । अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । उनले आफू चन्द्रमामै गए पनि कसैले टाउको दुखाउन नपर्ने तर्क गरेकी छन् । एक भिडियो कुराकानीमा रेखाले अमेरिकामै बेबी प्लान गर्ने योजना आफ्नोभन्दा पनि श्रीमानको अधिकार र रुचिमा आधारित रहेको बताएकी छन् । उनले भनेकी छन् , ‘श्रीमानको पनि इच्छा हुन्छ होला । उसले आफ्नो व्यवसाय भएको ठाउँ । घरपरिवार भएको ठाउँ लैजान खोज्दैन त ? सन्तान त्यहीं जन्म भएको हेर्न चाहँदैन होला त ? मेरो मात्र अधिकारको कुरा हुँदैन त ? अर्को कुरा यो भ्याकेसनको कुरा हो । म पेट…

Read More

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ । बिहीवार उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले अदालतको फैसला सुनाउँदै न्यायाधीश कृष्णराम कोईरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको बताए । उनले न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थनको रायसँगै जिल्ला अदालतको आदेश बदर भएको बताए । उनले यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले…

Read More

झापा । झापामा जंगली हात्ती मृत फेला परेको छ। बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा भाले हात्ती मृत फेला परेको हो । स्थानीय नगेन्द्र राईको बारीको सुटुनी खाई सोही ठाउँको तोरी बारीमा हात्ती मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । स्थानीयको सखरखण्ड खाएर क्षति पुर्याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान छ। तर, प्रहरीले बाहिरी चोट पटक नभएको जनाएको छ । प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थल पुगेको छ। यो वर्ष झापामा तीन वटा हात्तीको मृत्यु भइसकेकोे छ। त्यस्तै हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी–३ का वन हेरालु ४० वर्षीय धनबहादुर वनको मृत्यु भएको थियो।उनको…

Read More

झापा । नेपाल आदिवासी जनजाति महासंघ लगायतका पहिचान पक्षधर संस्थाहरुले पक्राउ परेका पाण्डवलाल चौधरीलगायतका नेता कार्यकर्ताहरुको रिहाईको माग गरेका छन् । ती संस्थाहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै झापाबाट चौेधरी र खोटाङबाट गोपाल किराती लगायतका नेताहरुलाई पक्राउ गरिएकोमा आपत्ति जनाएका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा–८ स्थित घरबाटै राति प्रहरीले पक्राउ गरेको बताइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मंगलवार दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको घटनालाई लिएर चौधरीसहित निशान राई, बिजय थापा र शंकर खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । पहिचान पक्षधर सबै अभियन्ताको शीघ्र रिहाइ नभए…

Read More

पाँचथर । नेकपा एमालेको जारी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको समापन आउदो पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा हुँदैछ । मध्यपहाडि (पुष्पलाल) लोकमार्गको प्रस्थानविन्दु चिवाभञ्ज्याङमा हुने संकल्प यात्राको समापन समारोहलाई भब्य बनाउन तयारी तिव्र पारिएको नेकपा एमाले पाँचथरले जनाएको छ । बुधबार सदरमुकाम फिदिममा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङले सबै किसिमका तयारी तिव्र रुपमा भइरहेको बताए । संकल्प यात्राको टोली मंगलबार नै कोशी प्रदेश प्रवेश गरिसकेको जानकारी दिंदै नेम्बाङले टोली मंसिर ३० गते तेह्रथुम हुँदै पाँचथर प्रवेश गर्ने बताए । उक्त दिन सदरमुकाम फिदिममा जनसभाको तयारी गरिएको छ । जनसभामा पाँचथरसँगै ताप्लेजुङ, इलाम र झापाका…

Read More

झापा । हिजो साँझ भएको आगलागीबाट गौरीगञ्ज ४ चन्द्रवंशी टोलका जगदिश मेहताको एक विघा खेतको धान जलेर नष्ट भएको छ । साँझ ६.४५ बजेको समयमा मेहताको खेतमा जम्मा गरी राखिएको १ विघा खेतको धानमा अचानक आगलागी भएको हो । स्थानीयले इलाका प्रहरी कार्यालय खजुरगाछीमा जानकारी गराएपछि प्रहरी टोली खटिगई स्थानीयबासी, नेपाल प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा साँझ ७.३० बजे आगो पूर्ण रुपमा निभाएको र आगलागीबाट १ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ढुंगा प्रहार गरेको आरोपमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाका अध्यक्ष पाण्डवलाल चौधरी पक्राउ परेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारास्थित घरबाट मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मङ्गलबार दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको थियो । कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिए । आफ्नो घरको गेट र ढोका…

Read More