Author: खबरमञ्च

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रलाई एक महिनासम्म निषेधित क्षेत्र घोषणा गरेको छ । आजदेखि काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध, धर्ना, प्रर्दशनलगायतका कार्य गर्न पाइने छैन । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै घोषणा गरेका थिए । सो प्रर्दशनलाई लक्षित गर्दै प्रशासनले निषेषधित क्षेत्र घोषणा गरेको हो । प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा ७…

Read More

काठमाडौं । राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल साँझ ७ बजे दशरथ रंगशालामा सुरु गर्ने जनाएको छ । फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ । तर आज घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ । नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेमा चारवटै खेलमा हार व्यहोरेको छ । नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजे सञ्चालन गर्ने लागेको जनाएको छ । सोमबार प्रशिक्षक अनेसेले ७ बजे खेल सुरु गर्दा कार्यालय…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सरकारले पटक पटक व्यक्त गर्ने गरेको प्रतिवद्धता पूरा हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा–२०८०’ समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव सेवा आश्रमलाई व्यवस्थित बनाउने र त्यसम्बन्धी विधेयक तयार गरी संसदमा पेस गर्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीको उक्त प्रतिबद्धता प्रशंसायोग्य रहेको भन्दै नेता मिश्रले यस्ता प्रतिबद्धताहरु बारम्बार आउने गरेको तर पूरा नहुने समस्या रहेको भन्दै ध्यान दिनुपर्नेमा जोड दिए । उने भने, ‘समाज परोपकारी र राज्य कल्याणकारी नभइकन कुनै पनि देश सुसंस्कृत हुँदैन । अहिले जे जति प्रतिबद्धताहरु…

Read More

झापा । इलाममा माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । सदरमुकामको ठूलो टुँडिखेलमा रेडहर्स फुटबल क्लबले आयोजना गर्ने इलाम गोल्डकपमा नेपाल र विदेशीसहित आठ टिम सहभागी हुने जनाइएको छ । आयोजकले सोमबार सदरमुकाममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । क्लबका महासचिव प्रकाश घिमिरेका अनुसार प्रतियोगितामा आयोजकसहित चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी, बाग्मती सहितका टिम सहभागी हुने बताए । प्रतियोगितामा सहभागी हुने केही टिमको टुंगो लाग्न बाँकी रहेको जनाइएको छ । प्रतियोगिताको उपाधि विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि…

Read More

झापा । झापाको कचनकवल गाउँपालिका- ७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैंले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्। स्थानीय एसबीआई ईंटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ८:३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए। गए राति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्केका स्थानीयबासीले बताएका छन्। उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए। उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्। छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठिक थिएन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए।

Read More

झापा । आइतबार साँझ इलामको रोङ गाउँपालिका- ३ कोलबुङस्थित मेची राजमार्गमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। सोमबार बिहान ९ बजेतिर बीएण्डसी अस्पतालमा उपचारका क्रममा थप एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने ६० वर्षीया शान्तमाया तामाङ रहेकी छन्। यसअघि उपचारका क्रममा गएराति बीएण्डसी हस्पिटलमा धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने वर्ष ३५ की मनवती लामाको मृत्यु भएको थियो भने धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो। ती बालक रुखमा अड्किएका थिए। घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। उनीहरूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको…

Read More

काठमाडौं । टिकटक प्रतिबन्धविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ। सोमबार हन्ड्रेड ग्रुप्स र  दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘सरकार हिजो बन्दुकसँग डराउने आज टिकटकसँग’, ‘टिकटक हैन जाजरकोटलाई ध्यान दे’लगायतका नारासहित माइतीघरदेखि बानेश्वरसम्‍म प्रदर्शन गरेका छन् । टिकटक प्रतिबन्ध गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको टीकाटिप्पणी भइरहेको छ। कतिपयले सरकारको यो निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले भने बन्द नभई नियमन गर्नुपर्ने बताउँदै आएका छन्।

Read More

काठमाडौं । ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को उपाधि छैटौं पटक जितेको छ । फाइनलमा घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि चुमेको हो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतको भने २०११ पछी उपाधी जित्ने सपना पुन अधुरै रह्यो । अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा…

Read More

झापा । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ । छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । सत्य अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभुति राख्न…

Read More

झापा । छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यको पूजा आराधना गरिएको छ । आइतबार झापालगायत तराईका जिल्लाहरू तथा काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् । झापामा मेची, निन्दा, अदुवा, विरिङ, कनकाई, रतुवालगायत नदीहरू छठका लागि सिँगारिएका छन् । छठका लागि नदी, खोला, पोखरीमा पूजा सामग्रीले सजाउने र पूजा गर्ने गरिन्छ । आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ । झापाको बिरिङ नदीमा छठ (तस्बिरहरू):

Read More