Author: खबरमञ्च

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियासम्मत ढंगले आफैँले प्रदेशको नाम कोशी राख्ने र पछि एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको जिकिर थियो । सोमवार झापाको बिर्तामोडमा स्थानीय सञ्चारकर्मीमाझ उनले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनैपनि खालको गतिविधिबिरुद्ध एमाले लाग्ने चेतावनी समेत दिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले कोशी प्रदेशको नामाकरण एमालेको कुनै कमिटीले निणर्य गराएको हो र ? भनि प्रश्न गरे । उनले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्ने खालको भएको आरोप समेत लगाए…

Read More

काठमाडौँ । चिकित्सकको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आजदेखि आवदेन खुला गरिएको छ । नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका लागि आजदेखि अनलाइन फाराम भर्न सकिनेछ । माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने काउन्सिलले जनाएको छ ।

Read More

झापा । झापामा ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चारजना पशुपंक्षीसम्बन्धी र दुई जना लागूऔषध मुद्धाका अभियुक्तहरु रहेका छन् । पशुपंक्षीसम्बन्धी कसुर मुद्दामा फरार रहेका मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय सुवास दर्जी, सोही ठाउँका ३२ वर्षीय सुनिल भन्ने दिलिप विश्वकर्मा, ३५ वर्षीय धने भन्ने धनबहादुर तोलाङ्गे र ३१ वर्षीय टार्जन भन्ने पूर्णबहादुर सार्कीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई झापा जिल्ला अदालतको गत असार २८ गतेको फैसला अनुसार जनही १ बर्ष कैद तथा पीडित राहत कोषमा रु. २०० जम्मा गर्नुपर्ने सजाय तोकिएको थियो । त्यस्तै लागूऔषध मुद्धामा सजाय तोकी फरार रहेका ताप्लेजुङ…

Read More

झापा । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्ट्याण्डमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।  काठमाडौँमा ज्याकेट पार्सल गर्न आएका मेचीनगर नगरपालिका–१२ कालीझोडा बस्ने ३० वर्षका राजु विश्वकर्मालाई शङ्का लागि चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटभित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २८ ग्राम ३७० मिलिग्राम फेला परेकोले उनलाई नियन्त्रणमा लिइएको हो ।  साथै उनीसँग  सोधपुछ गर्दा उक्त सामान दीपक दाहालको भएको पुष्टि भएकोले उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । 

Read More

झापा । पाँचथरमा गाडीको छतबाट झरेर एक जनाको मृत्यु भएको छ । हिजो साँझ हिलिहाङ गाउँपालिका–५ का ४८ वर्षीय प्रेम संग्रौलाको मृत्यु भएको हो । उनको फिदिम नगरपालिका ४ शान्तिपुरमा गाडीको छतबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । संग्रौला नेकपा (एमाले)को मध्यपहाडी संकल्प यात्रामा भाग लिएर फर्किदा दुर्घटना भएको बताइएको छ ।

Read More

झापा । बन्दकर्ताले शनिबार साँझ इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको पिकअपमा आगजनी गरेका छन् । झापाबाट पराल लिएर इलामको तारगाउँ जाँदै गरेको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै बन्दकर्ताले रोकेर आगजनी गरेका हुन् । बन्दकर्ताले आगो लगाउँदा पिकअप जलेर काम नदिने भएको छ । बन्दकर्ताले चालकलाई ओराली पिकअपमा आगो लगाएको स्थानीयबासीले बताएका छन् । मेची राजमार्गमा बन्दकर्ताले दिनभर बिभिन्न ठाउँमा यातयात अवरुद्ध गरेका थिए । बन्दको समयमा मेची राजमार्गमा कुनै सुरक्षाको ब्यवस्था नभएको यातायत ब्यवसायीले जनाएका छन् । तर प्रहरीले भने स्कर्टिङ गरेर सवारी साधन सञ्चालन गरेको बताएको छ । आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको…

Read More

झापा । कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।  धरानमा बन्द गराउँदै हिड्ने  राष्ट्रिय जनमुक्ति पार्टी (सुनसरी सचिव) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान १५ का अध्यक्ष हरि राई, जसपा युवा संघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह‍–सचिव सुमन चेम्जोङ लिम्बू र किरात राई यायोख्खा सुनसरी सह–सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् । यसैगरी झापाको कमल गाउँपालिका–३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघीय लोकतान्त्रिक मञ्च नेपालमा आबद्ध इलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका–७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघीय…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठक आइतबारदेखि सुरू हुने भएको छ । तीन दिनसम्म चल्ने बैठक धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा बस्ने पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार आइतबार बिहान ८ बजेदेखि सुरू हुने बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशाबारे ब्रिफिङ गर्नेछन् । बैठकमा सचिवालय र कोषाध्यक्षको प्रतिवदेन पनि प्रस्तुत हुनेछ । तीन दिन चल्ने बैठकमा भूगोल केन्द्रित कार्यक्रमको समीक्षा र समूहगत छलफल हुने उनले बताए । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धी प्रस्ताव पनि छलफलका लागि केन्द्रीय समितिमा पेस हुने प्रवक्ता…

Read More

झापा । झापाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा बन्धुप्रसाद बास्तोला आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको हो । गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक महानिर्देशकको सरूवा गरेको छ । अन्य ८ जना सहसचिवको पदस्थापन गरेको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा गरेका हुन् । कपिलवस्तुका शंकरहरि आचार्य सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनेका छन् । सुर्खेतका नारायणप्रसाद सापकोटा भोजपुर पुर्याइएका छन् । त्यस्तै, भोजपुरका हरिप्रसाद घिमिरेलाई उदयपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको…

Read More

काठमाडौँ । डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले तीन दिनको सत्याग्रहको घोषणा गरेका हुन् । उनीसंग सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनले शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह शुरु गर्ने बताए । विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको उनको आरोप छ ।

Read More