Author: खबरमञ्च
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेताहरुलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । अबको नयाँ पुस्ताले नेताहरुलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुने महासचिव भुसालको तर्क थियो । शनिवार काठमाडौंमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तरबिरोध’ विषयक विचार गोष्ठीमा बोल्दै उनले मुलुकको राजनीति नेताहरुले बिगारेको भए पनि नयाँ पुस्ताले उनीहरुलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने पटकपटक दोहोर्याए । महासचिव भुसालले माक्सवादको झण्डा नेताहरुले पपुलिष्टहरुलाई लगेर बुझाएकाले समाजवाद निर्माणका लागि फेरि माक्सवादी पद्धतिमै फर्कनुको विकल्प नभएको बताए । महासचिव भुसालले मुलुकमा सामन्तवाद नभएको तर पनि कम्युनिष्ट नेताहरुले त्यसैमाथि प्रहार गर्ने गरेको भन्दै त्यस्तो बिडम्बनापूर्ण…
काठमाडौं । काठमाडौं महानगरपालिकाले गरीब घरपरिवार पहिचानका लागि तथ्याङ्क संकलन गर्ने भएको छ । शनिबार एक सूचना जारी गर्दै महानगरले सुपरीवेक्षक तथा गणक करारमा लिने भएको छ । तथ्यांक संकलन गर्नका लागि २१ जना सुपरीवेक्षक तथा २ सय ९ जना गणक गरी २३० जना कर्मचारी माग गरेको छ । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०÷०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने महानगरले जानकारी दिएको छ । आवेदकले सूचना जारी भएको २१ दिनभित्र आवेदन दिन…
काठमाडौं । स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा गैंडहवा गाउँपालिका सुर्यपुरा स्थित सिद्धार्थ बोर्डिंङ स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाएका छन् भने शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतीक नगरपालिका वडा नं ४ का २१ बर्षिय मोहम्मद इरसाद र १६ बर्षीया रुविना खातुनको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार सोही ठाउँकै १७ वर्षीया अप्सना…
झापा । झापाली सञ्चारकर्मी उद्धव पुरी सम्मनित भएका छन् । शब्दपत्र प्रकाशन प्रालिका सम्पादकसमेत रहेका पत्रकार पुरीलाई बिर्तामोडस्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले १५ औं वार्षिक साधारण सभाको अवसरमा नगदसहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सम्मानित पुरीलाई दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गरेका थिए भने सहकारीका अध्यक्ष युवराज गिरीले नगद प्रदान गरेका थिए । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पुरीले उल्लेखनीय योगदान पुर्याएको भन्दै पतालगंगा वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको सहकारीका अध्यक्ष गिरीले बताए । पत्रकार पुरीसहित सहकारीका जेष्ठ सदस्य करणध्वज लिम्बू, बीरवहादुर गुरुङ, उत्कृष्ट उद्यमी हेमप्रसाद…
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संबोधन गर्दै छन् । बिहीबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज संबोधन गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड हिजो र आज ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम तय थियो । प्रधानमन्त्री दाहालले आज जलवायु परिवर्तनका कारण परेको असर र प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो संकटको चेतावनीका पृष्ठभूमिमा भइरहेको…
काठमाडौं । भारतको कर्नाटकको राजधानी बेंगलुरुका १५ वटा विद्यालयमा शक्तिशाली बम विस्फोट गराइदिने धम्कीयुक्त इमेल प्राप्त भएको छ । शुक्रबार बिहान बम विस्फोट गराउने धम्कीको इमेल प्राप्त भएसँगै विद्यार्थी, शिक्षक र अभिभावकहरूबीच त्रासको स्थिति सिर्जना भएको छ। इमेलहरु झुटो हुनसक्ने प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको र विभिन्न कोणबाट अनुसन्धान भैरहेको जनाएको छ । सुरक्षाकर्मीहरुले सावधानीपूर्वक विद्यालय परिसरबाट विद्यार्थी र कर्मचारीहरूलाई बाहिर निकालेका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले मिडियासँग कुरा गर्दै भने, ‘इमेलले विद्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको दाबी गरेको छ । हामीले कमाण्ड सेन्टरबाट कल प्राप्त गर्यौं र तुरुन्तै हाम्रा टोलीहरूलाई सहरका विभिन्न भागहरूमा रहेका विद्यालयहरूमा लग्यौं । सबै विद्यार्थी…
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ । आयोगको स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको हो । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको हो । आयोगका अनुसार १ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने छ भने १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ । त्यस्तै २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ ।
काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईलेले विद्युत प्राधिकरणरणलाई सडक बत्तीको लाइन नकाट्न आग्रह गरेका छन् । विद्युत बक्यौता तिर्न बाँकी रहेको भन्दै नेपाल विद्युत प्राधिकरण,धरान वितरण केन्द्रले धरान उपमहानगरपालिकाका विभिन्न स्थानमा सडक बत्तीको लाइन काट्न थालेपछि आज विज्ञप्ति मार्फत नगरप्रमुख राईले लाइन नकाट्न प्राधिकरणलाई आग्रह गरेका हुन् । उनले सडकमा बत्ती नबाल्दा अपराधिक समुहबाट विभिन्न घटनाहरु हुनेतर्फ मध्यनजर गरी लाइन छोड्न प्राधिकरणलाई अनुरोध गरेका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘सडक बत्तीको बक्यौता नतिरेको कारण देखाई धरान स्थित विभिन्न सडकका बत्तीहरुमा लाइन काटेकाले उक्त इलाकामा अपराधिक मानसिकता भएका व्यक्तिहरुबाट चोरी, डकैती, लुटपाटजन्य गतिविधि बढ्ने साथै दुर्घटना समेत हुने भएको…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनमा परेको पुनरावेदन निवेदनमाथिको सुनुवाई बिहीबार सकिएको छ । पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सरकारका सचिव टेकनारायण पाण्डे लगायत २० जनाको निवेदनमा १० दिनदेखि उच्च अदालतमा सुनुवाइ चलिरहेको थियो । न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेकाले शुक्रबार आदेश सुनाउने उच्च अदालतका एक अधिकारीले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर गत जेठ १० मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । किर्ते, ठगी, संगठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता…
काठमाडौं । अमेरिकी चतुर कूटनीतिज्ञ, विदेश मामिलाका विज्ञ तथा नोबेल शान्ति पुरस्कार विजेता हेनरी किसिञ्जरले एक शताब्दी बाँचेर संसार छाडेका छन् । अमेरिकी राजनीतिमा एक विवादास्पद र ध्रुवीकृत व्यक्तिको रुपमा स्थापित हुँदै अमेरिकी विदेश नीतिमा अमिट छाप छोडेका किसिञ्जरको बुधबार १०० वर्षको उमेरमा निधन भएको हो । सन् १९७० मा, रिपब्लिकन राष्ट्रपति रिचर्ड निक्सनको नेतृत्वमा राज्य सचिवको जिम्मेवारी सम्हालेका किसिञ्जरले त्यो दशकका धेरै युग–परिवर्तनशील विश्वव्यापी घटनाहरूमा संलग्न रहेका थिए । किसिञ्जरले जर्मनमा जन्मेका यहूदी शरणार्थीको प्रयासले चीनको कूटनीतिक उद्घाटन, ऐतिहासिक अमेरिकी–सोभियत हतियार नियन्त्रण वार्ता, इजरायल र यसका अरब छिमेकीहरू बीचको सम्बन्ध विस्तार, र उत्तर भियतनामसँग पेरिस शान्ति सम्झौताको नेतृत्व गर्ने…