Author: खबरमञ्च

फिक्कल (इलाम)- गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । “सडक खुलाउने प्रयास निरन्तर भइरहेको छ, तर भू–संरचनाको जटिलताका कारण तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन”, प्रजिअ नेपालले भनिन्। सडक अवरुद्ध भएपछि विगत नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । यसैबीच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको…

Read More

झापा- झापाको अर्जुनधारामा लडेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ः३० बजे अर्जुनधारा ५ कन्चनबारीस्थित भित्री कच्ची सडकखण्डको किनारामा इलाम फिक्कल कन्याम घर बताउने मिस्त्री काम गरी हिड्ने बर्ष अन्दाजी ३५ का चन्द्र लाप्चा लडेर मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले खबर गरेपछि कानुनी प्रकृया तथा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली गएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए…

Read More

झापा । जिल्ला झापाको भद्रपुर नगरपालिका वडा नं. ३, भैसाबारीस्थित मेचीखोलाको किनारमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आइतबार बिहान करिब ०८:४० बजे मेचीखोला पारी नेपालतर्फ पहाडे मूलको जस्तो देखिने एक पुरुष मानिसको शव सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापाले जनाएको छ । घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिप्रका झापाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो । आवश्यक कार्यपश्चात् उक्त शवलाई दिउँसो १४:२० बजे पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौ- नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका एक सय १७ टोलीको सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ । तोकिएको समयसीमा दुई दिनभित्रमा हतियार, करिब ७० पौण्ड तौलको उपकरण र बन्दोबस्तीका सामग्रीसहित ६० किलोमिटर दूरी पार…

Read More

काठमाडौं । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ । उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ । महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा उनलाई केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो । २०७९ पुस १० गते गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी LI HANSONG ले २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेप त्रिभुवन विमानस्थल…

Read More

भद्रपुर (झापा)- यहाँस्थित दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ । उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।

Read More

फिक्कल (इलाम)- गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनले बताए । “सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ”, उनले…

Read More

बनियानी (झापा)- झापाको दमक नगरपालिका-३ वेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा लागुऔषध खैरो हेरोइन बिक्रीवितरणमा संलग्न आठ जनालाई शनिवार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा दमक-३ स्थित बेलडाँगी भूटानी शिविर सेक्टर नं ३ हट नं ३५३ का साजन थापाको घरमा छापा मार्दा उक्त घरको कोठामा चस्माको खाली खोलमा लुकाई राखिएको अवस्थामा खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकबाहेक सात ग्राम ८०० मिलिग्राम छ । प्रहरीले लागुऔषध बिक्रीवितरणमा संलग्न भएको आरोपमा सोही शिविरका २७ वर्षीय साजन थापा, इलाम चुलाचुली…

Read More

झापा- अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार ५०० बालबालिका प्रभावित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानका दुई हजार पाँच सय बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले जानकारी दिए। “प्रभावित बालबालिकालाई शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको छ”, उनले भने, “सम्बन्धित पालिकालाई पुस्तकको व्यवस्थापन गर्न भनिसकिएको छ ।” अविरल वर्षापछिको बाढीले जिल्लामा करिब चार हजार ५०० घरपरिवार प्रभावित भएकामा झण्डै तीन हजार ४०० घरपरिवार झापा गाउँपालिकाका रहेको उनले बताए । गत २३ गतेयता झापा गाउँपालिका वडा नं १ र २ का करिब एक हजार ७०० बाढीपीडितलाई राहत प्याकेज वितरण…

Read More