Author: खबरमञ्च

झापा । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधि व्यवसायी सवार बस दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाको शिवसताक्षीको माइधारमा बस दुर्घटना हुँदा घाइतेहरूको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केही घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । औषधि व्यवसायीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बर बस दुर्घटना भएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । बस पल्टिएर राजमार्गदेखि तल खसेको थियो ।

Read More

झापा । झापाको बुद्धशान्तिमा सञ्चालित प्रथम अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले हात पारेको छ । शनिवार भएको प्रतियोगिताको अन्तिम खेलमा प्रतिस्पर्धी कचनकवल गाउँपालिकालाई ११९ रनको फराकिलो अन्तरले पराजित गर्दै बिर्तामोड नगरपालिकाले उपाधि हात पारेको हो । टस जितेर पहिले व्याटिङ रोजेको बिर्तामोडले कचनकवललाई ८ विकेट गुमाएर १९७ रनको लक्ष्य दिएको थियो । तर दोस्रो इनिङको १३ ओभर खेल्दै गर्दा कचनकवलले आफ्ना सबै विकेट गुमाउन पुग्यो । कचनकवलले ७७ रन मात्र जोड्न सक्यो । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा भएको अन्तिम खेलको विजेता टोली बिर्तामोड नगरपालिकाले नगद एक लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता कचनकवलले नगर…

Read More

झापा । झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग शुक्रबार सम्झौता भएको छ । प्रतियोगितालाई यती ब्रुअरीको उत्पादन अर्नाले गर्ने भएको छ । बिर्तामोडस्थित सहारा नेपाल साकोसको हलमा पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्नाका प्रतिनिधि र झापा गोल्डकप आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो । झापा गोल्डकप आयोजक समितिका अध्यक्ष बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक मेनेजर विदुर तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरे । हस्ताक्षरपछि उक्त सम्झौतापत्र आदान–प्रदान गरिएको थियो । झापा गोल्डकप सबैको गौरव भएकाले सबैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बस्नेतले बताएका छन् । धन हुनेले धन र मन हुनेले मनबाट…

Read More

काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार दैलेख घर भइ काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् । शुक्रबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रसूति गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको…

Read More

झापा । झापाको बिर्तामोडसहित विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल प्रहरीले ताप्लेजुङबाट बरामद गरेको छ । झापाबाट खटिएको प्रहरी टोलीले ७ वटा मोटरसाइकल बरामद गरेर झापा ल्याएको हो । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै बिर्तामोड ६ बस्ने २७ वर्षीय बालकुमार मगरसहित बरामद गरिएका मोटरसाइकल सार्वजनिक गरेको हो । गत शुक्रवार १ थान मोटरसाइकलसहित पाँचथरमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि गरिएको अनुसन्धानपछि झापाबाट चोरी गरेर ताप्लेजुङ लगेर बिक्री गर्ने गरिएको पत्ता लागेको थियो । ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापामा मोटरसाइकल चोरी गर्नेहरूले कावेलीसम्म पुर्याइदिने…

Read More

काठमाडौँ । वाफ महिला च्याम्पियनसिपमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरेपछि नेपालले बिहीबार इराकलाई ५–० को फराकिलो अन्तरले हराएको छ । यस जितसँगै नेपालको दुई खेलबाट दुई जित हासिल भएको छ । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार प्यलोस्टाइनविरुद्ध खेल्ने छ । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । पश्चिम एसियाका गल्फ राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा नेपालले आमन्त्रित टोलीका रूपमा सहभागिता जनाएको हो । साउदी अरबको रियादस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा भएको खेलको पूर्वार्धमा चार गोल गरेकी सावित्राले…

Read More

काठमाडौँ । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो । अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट पक्राउ गरिएको जनाइएको छ । यसैबीच, सर्लाहीको नयाँरोडबाट एक क्विन्टल गाँजासहित एक जना पक्राउ परेका छन् । नवलपरासीको गैडाकोटका सूर्य परियारलाई मोटरको डिकीमा गाँजा लिएर…

Read More

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की हात्ती प्रभावित जिल्लाहरूको पदयात्रा निस्केका छन् । बुधबारबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा शुरु गरेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बिहीबार झापाको उत्तरी क्षेत्रदेखि इलामको दक्षिणी क्षेत्र चुलाचुलीसम्म केन्द्रित रहनेछ । उनले बुधबार झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका हुन् । जीव र जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ नेपाल भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट मुख्यमन्त्री कार्कीले बुधबार पदयात्रा शुरु गरेका हुन् । हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको…

Read More

झापा । यही फागुन १९ गतेबाट सुरु हुने झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको छैटौं सँस्करणमा सहभागी हुने खेल टोलीहरूको नाम सार्वजनिक गरिएको छ । खेलमैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार साँझ आयोजित एक कार्यक्रमकाबीच खेल टोलीहरू सार्वजनिक गरिएको हो । सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्डकपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको हो । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनकासहित नेपालका १० टिमको सहभागिता रहनेछ । छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी र नेपाल…

Read More

मेचीनगर । जंगली हात्तीको आक्रमणबाट मेचीनगर–१२ स्थित पाथिभरा टोलकी एकजना महिला घाइते भएकी छन् । मंगलवार दिउँसो साढे १२ बजे कालिका सामुदायिक वनमा हात्तीले ३१ वर्षीया चन्द्रकुमारी आङदेम्वेलाई आक्रमण गरेको हो । पाथिभरा टोल बस्ने ३१ वर्षीया आङदम्बेलगायत ४–५ जना वननजिकै दाउरा खोज्न क्रममा एउटा जंगली हात्तीले आङदम्बेलाई आक्रमण गरी घाइते बनाएको हो । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको आङदम्बेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More