मेचीनगर । जंगली हात्तीको आक्रमणबाट मेचीनगर–१२ स्थित पाथिभरा टोलकी एकजना महिला घाइते भएकी छन् ।
मंगलवार दिउँसो साढे १२ बजे कालिका सामुदायिक वनमा हात्तीले ३१ वर्षीया चन्द्रकुमारी आङदेम्वेलाई आक्रमण गरेको हो । पाथिभरा टोल बस्ने ३१ वर्षीया आङदम्बेलगायत ४–५ जना वननजिकै दाउरा खोज्न क्रममा एउटा जंगली हात्तीले आङदम्बेलाई आक्रमण गरी घाइते बनाएको हो ।
उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको आङदम्बेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
