Author: खबरमञ्च
झापा । क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्युरोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । कठिन जित निकालेर लिग च्याम्पियन चर्च ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको छ । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडीबाट सम्भव भयो । खेलको ३६औँ मिनेटमा अवयोमी फकुन्लेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दायाँ साइडबाट सञ्जित राई (लाहुरे) ले दिएको पासलाई फकुन्लेले गोल गरेका थिए । चर्च ब्वाइजका मिलन राईले खेलको…
झापा । नयाँ सत्ता गठबन्धनमा जोडिएका चार राजनीतिक दलले सरकार, राष्ट्रिय सभा अध्यक्ष/उपाध्यक्षको निर्वाचन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वयनलगायत ८ बुँदे सहमति गरेका छन् । गठबन्धनको सोमबार बालुवाटारमा बसेको बैठकले राष्ट्रिय आवश्यकता र जनचाहना अनुसार सरकारलाई थप प्रभावकारी बनाउने सहमति भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् । ‘जनचाहनाअनुरूप सुशासन, विकास जनता र सामाजिक न्यायका आकांक्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप…
काठमाडौँ । नेपालले सोमवार भूटानमाथि ३-० को जित निकाल्दै घरेलु मैदानमा जारी साफ यु-१६ महिला साफ च्याम्पियनसिपमा पहिलो सफलता निकालेको छ । यसअघि नेपालले पहिलो खेलमा बंगलादेशसँग २-० को हारसँगै साफ यु-१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको थियो । सोमबार कमजोर प्रतिद्वन्दी भूटानबिरुद्ध भने नेपालले सहज जित निकाल्यो । भूटानले पहिलो खेलमा भारतसँग ७-० ले नतिजा सुम्पिएको थियो । सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पनि पाहुना टोली भूटानले हार व्यहोर्यो । नेपालको जितमा पूजा गिरी, कप्तान भुमिका बुढाथोकी र ज्ञान्सु डोल्मा लोले गोल गरे । यो जितसँगै दुई खेलबाट नेपालले तीन अंक जोड्यो र फाइनल सम्भावनालाई जीवितै राखेको छ । लगातार हारपछि…
काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार शपथ लिएका छन् । विना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले शीतल निवासमा सोमबार शपथ लिएका हुन् । तामाङ माओवादी, गिरी एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति थियो ।
झापा । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए । एपिएफ ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि, एपिएफले अर्को क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको…
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन-२०८४ नछोड्ने बताएका छन् । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गए पनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने बताएका हुन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, संवद्र्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन, २०८४ अभियान सञ्चालनमा ल्याउनु परेको जिकिर गरे । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिशन-२०८४…
काठमाडौँ । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेका छन् । संघीय संसद भवनको ल्होत्से हलमा सोमवार राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् । आइतवारदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो । रिक्त गत माघ ११ गते २० जनाको पदमध्ये १९ जना निर्वाचनमार्फत निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी नै छ । राष्ट्रिय सभामा नयाँ सदस्यहरुमा रुकमिणी कोईराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी,…
काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् । नेताहरूका अनुसार आइतबार राति भएको दलहरूको छलफलमा कांग्रेससँगको गठबन्धन नरहने प्रधानमन्त्री प्रचण्डले नै सङ्केत गरेपछि एमाले र माओवादी नयाँ समीकरणको गृहकार्यमा बिहानैबाट जुटेका छन् । सोही अनुसार आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल हुँदैछ । स्रोतका अनुसार पुस १० को गठबन्धन ब्युँत्याउने प्रयास भए पनि राप्रपालाई सहभागी गर्ने नगर्नेबारे निश्चित…
काठमाडौँ । सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले यी सवालमा मिलेर जानुको विकल्प नभएको निष्कर्षका साथ सहमति जुटेको बताए । अब सत्ताका लागि नयाँ गठबन्धन गरेर जाने विषयमा पनि सहमति जुटेको बताइएको छ । यस विषयमा थप छलफल गरेर लिखित सहमति नै गर्ने गरी बालुवाटारमा मध्यरातसम्म बसेको बैठकमा सहमति भएको बताइएको छ । सत्तामा अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दल सहभागी संभावना…
झापा । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो । पुलिस योपटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो । आइतबारको खेलमा दुवै टिमको मिडफिल्ड चल्न सकेन । निर्धारित ९० मिनेटमा पुलिसले तीन र चर्च ब्वाइजले एउटा मात्र डेन्जर मुभ बनाउन सकेको…