Author: खबरमञ्च
विराटनगर । कोशी प्रदेशबाट निर्वाचित हुने दुई जना राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेले केन्द्रलाई सात जना उम्मेदवारको सिफारिस गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशका दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खुलातर्फका नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकोले निर्वाचन हुन लागेको हो । कोशी प्रदेशका पदाधिकारीको बिहीबार काठमाडौँमा बसेको बैठकले चारजना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेहरुमा हरिशचरण बानियाँ (झापा), उमानाथ ओली (झापा), परशुराम अधिकारी (भोजपुर) र कर्ण घले (खोटाङ)को नाम सिफारिस गरेको हो । यस्तै तीनजना महिलामा रजनी मेचे (इलाम), मेचीमाया…
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिसका गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार एक सूचना गरी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । सिंहदरवारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्ने छ । दरखास्तमा शैक्षिक, वैयक्तिक विवरणसहित सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनुपर्ने छ । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएको थियो।
बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहले अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । बिहीवार भैरहवामा आयोजित नागरिक अभिनन्दनका क्रममा उनले शीर्ष नेताहरुप्रति इंगित गर्दै अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिएका हुन् । उनले अब अन्याय, अत्याचार मुक्त गर्नुपर्ने र षड्यन्त्र गर्नेहरुको चालबाट आफूलाई बचाउनुपर्ने बेला भएको बताए । देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने जरुरी रहेको उनको भनाइ थियो । वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको नेपाल आज सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको अनुभुति भएको पूर्वराजा ज्ञानेन्द्रले बताए । उनले भने, ‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको…
भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले गरेको झाँकी तथा साँस्कृतिक प्रस्तुतिबीच पूर्वराज शाहलाई नागरिक अभिनन्द गरिएको हो । अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित, पूर्वरानी कोमल राज्य लक्ष्मी, छोरी प्रेरणा सहभागी भएका छन् । पूर्व एमाले नेता डा. रामप्रसाद बस्यालको संयोजकत्वमा भएको नागरिक अभिनन्दन समारोहमा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराकोतर्फबाट स्वागत मन्तव्य राखे ।कार्यक्रममा पूर्वमन्त्री निरन्जन थापा, पूर्व सांसद गंगा चौधरीलगायतले मन्तव्य राख्दै राज संस्था पुनर्स्थापना गरी देशको नेतृत्व लिन आग्रह गरेका थिए । उनीहरुले राजतन्त्रको पक्षमा जनसमर्थन बढेको दाबीसमेत गरे ।…
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था, नेपाल (इप्पान) ले नेपालमा उत्पादित सबै विद्युत खरिद हुनेगरी भारतसँग विद्युत खरिद सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा १० हजार मेघावाट विद्युत खरिद सम्झौता हुने चर्चा भइरहेका बेला इपानका अध्यक्ष गणेश कार्कीले यस्तो बताएका हुन् । कार्कीले नेपालमा उत्पादित जलविद्युत जोसुकैले लगानी गरेपनि त्यसको खरिद भारतले गर्नेगरी सम्झौता गर्न सरकारसँग आग्रह गरे । बंगलादेशले पनि भारतको बाटो हुँदै दीर्घकालीन रुपमा विद्युत खरिद गर्न पाउने प्रावधान अनिवार्य रुपमा राख्न पनि सरकारलाई सचेत गराए । तत्कालका लागि बंगलादेशले पनि नेपालसँग ५ हजार मेघावाट विद्युत खरिद गर्न चाहेकाले त्यसको…
झापा । नेपाल उद्योग तथा व्यवसायी महासंघले बिर्तामोड नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यवसाय क्षेत्र सम्हाल्न नसक्ने अबस्थामा पुगिसकेको बेला बिर्तामोड नगरपालिकाबाट विशेष राहतको लागि महासंघको बिर्तामोड नगर कमिटीले चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । बिर्तामोड नगरपालिकाको अघिल्लो कार्यकालमा बजार क्षेत्रको सौन्दर्यकरण र व्यवस्थापनलाई मध्यनजर गर्दै २ पांग्रे र ३ पांग्रे सवारीलाई समेत लैजाने गरी वडा नं. ६ मा अटोल्याण्ड सञ्चालनमा ल्याएकोमा व्यवसायीहरुको माग र बजारको परिस्थिति मध्यनजर गर्दै २ पांग्रे र ३ पांग्रे सवारीलाई यथावत स्थानमै रहने गरी नवीकरणको व्यवस्थापन मिलाइदिन, व्यवसायीको हितका लागि नगरपालिकाले कर छुटमा दिएको समयसीमा कार्तिक मसान्तमा समापन…
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल भ्रमणमा आउने भएका छन् । ‘सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक’मा सहभागी हुन उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । भारतीय वायु सेनाको विशेष विमानबाट आज बिहान १० बजे विदेशमन्त्री जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएकोे छ । उनी दुई दिन नेपाल बस्ने कार्यतालिका छ । २०४४ सालमा गठित परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नेपालमा बस्न लागेको चौथोपटक हो । नेपालमा–भारत लगानीमा सञ्चालित विभिन्न परियोजनामा भएका प्रगतिको समीक्षा, दुई मुलुकका नेतृत्वबीचको सम्बन्ध मजबुत बनाउने र सम्बन्धका नयाँ बाटो खोल्ने यस बैठक आयोजना गर्ने पालो नेपालको थियो । संयुक्त आयोगले द्विपक्षीय सम्बन्धका सबै…
काठमाडौं । उल्का वर्षा आज हुने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज हुन लागेको हो । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ । “ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ,” भट्टराईले भनेका छन् । भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रबार सूर्योदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ । अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन…
काठमाडौं । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुर्याएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घीय कार्यालयमा हाल भएको ५३ हजार निजामती कर्मचारीको दरबन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएमलाई अन्तिम चरणमा पुर्याइएको छ । मन्त्रालयका सहसचिव सुमन दाहालले सङ्घीय व्यवस्थाको मर्म अनुसार सङ्घको दरबन्दी घटाउँदै प्रदेश र स्थानीय तहको दरबन्दी बढाउने उद्देश्यले ओएनएमको काम अन्तिम चरणमा पुर्याइएको बताए । उनका अनुसार हालै मात्र मन्त्रीपरिषद्ले प्रधानमन्त्री…
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको अनुमति लिने एजेण्डा बनाउन आवश्यक रहेको बताएको छ । बिहीवार काठमाडौंमा हुने नेपाल र भारतको विदेशमन्त्रीस्तरीय संयुक्त बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम’(आइएलएस) सञ्चालन गर्न भारतसँग सम्झौता गर्नुपर्ने बताएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी भएको समयमा विमान अवतरण गर्न भारतको आकाश प्रयोग हुने भएकाले भारत सरकारको अनुमति आवश्यक पर्दछ । भारत सरकारको अनुमतिको लागि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा आइएलएस) सञ्चालनको एजेण्डा राखि सम्झौता नै आवश्यक रहेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । प्रवक्ता भुलले जाडो तथा वर्षातको समयमा लाग्ने बाक्लो…