Author: खबरमञ्च
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते । बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए । उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरे । तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज…
बुटवल । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्लले जानकारी दिए । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरएको छ । दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने निश्चित भएको छ । घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्ररुपमा उम्मेदवारी दिने मनसाय बनाएको बताउनु भयो । उहाँ हाल संघको वाणिज्य उपाध्यक्ष हुनुहुन्छ । वाणिज्य संघ कुनैपनि पार्टीको राजनीति गर्ने थलो नभइ व्यवसायीको हितमा काम गर्ने संस्था हुनुपर्नेमा घिमिरेको जोड छ । आफू पार्टीगत नभइ स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै उहाँले व्यवसायीले यस कुरालाई सकरात्मक रुपमा लिने विश्वास व्यक्त गर्नु भयो । व्यवसायीका विभिन्न प्रकारका कर र बैकिंग क्षेत्रका समस्या रहे पनि उनीहरुको हितमा वाणिज्य संघले कुनै काम गर्न नसकेको घिमिरेको गुनासो छ । बैठकमा व्यवसायीका समस्याको बारेमा…
झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसाय एक रथका दुई पांग्रा भएको बताएका छन् । बिहीबार झापा बिर्तामोडको अग्रसेन भवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले व्यवसायविना सरकारलाई कर प्राप्त नहुने र सरकारबिना व्यवसाय सञ्चालन हुन नसक्ने बताए । कोशी प्रदेशबाटै सरकार र व्यवसाय एक आपसका परिपूरक भएको आभास हुने गरि काम भइरहेको उनले बताए । बाबाको दिव्य शिश एवं अखण्ड ज्योत स्वागत यात्रा विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आफू पनि भारतमा अवस्थित खाटुधाम गएको र त्यहाँबाट फर्केपछि मुख्यमन्त्री पद प्राप्त भएको बताए । बाबाको दिव्य शिश एवं अखण्ड ज्योत स्वागत यात्रामा सहभागीहरूलाई उनले राष्ट्रिय…
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको छ । मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेकी ३५ वर्षीया गोमा फियाकलाई तुम्बेवा–४ मा रहेको घरबाट मिक्लाजुङ-३ ससुराली घर पुगेर ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । खुकुरी प्रहारबाट गोमाको ज्यान गएको र आमा, कान्छीमाया र छिमेकी महेन्द्र श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि दमक पठाइएको छ । माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेका बेला खुकुरी हानेका थिए । श्रीमतीको हत्यापछि उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
झापा । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणको तयारी पूरा भएको छ । राजवंशी समाज विकास समितिले पत्रकार सम्मेलन गरेर सातौँ राष्ट्रिय भाक्का दिवसको तयारी पूरा भएको जनाएको छ । झापाको बिर्तामोडमा प्रत्येक बर्षको पुस २९ गते राष्ट्रिय भाक्का दिवस मनाइदै आएको छ । यो पटक डोमालाल राजवंशी रंगशालामा कार्यक्रम गरिने भएको छ । राजबंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीका अनुसार कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भाक्का दिवसमा सहभागी हुने छन् । राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजा भाक्काको प्रवद्र्धन, संरक्षण र विकासमा योगदान…
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीबाट अलग भएका छन् । बलात्कार मुद्दामा दोषी ठहर भएसँगै नेपाल क्रिकेट संघ (क्यान)लाई एक पत्र लेख्दै लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेर सन्दीपले लेखेको लामो पत्रमा सन्दीपले आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् । ‘तपाईँलाई थाहा छ, म आफ्नो जीवनको कठिन समयबाट गुज्रिरहेको छु । म मेरो जीवन, क्यारियर र मेरो भविष्यको परीक्षामा छु’, सन्दीपले पत्रमा भनेका छन्, ‘मैले अनुसन्धान र न्यायिक प्रक्रियाका सबै चरणमा सहयोग गरेँ र अन्ततः काठमाडौँ जिल्ला अदालतले मलाई दोषी ठहर गरेको छ…
झापा । झापामा दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा वन पैदावार हानी नोक्सानी र चोरी मुद्दाका दोषी रहेका छन् । गत बैशाख १६ गतेको झापा जिल्ला अदालतको फैसला अनुसार वन पैदावार हानी नोक्सानी मुद्दामा दमक नगरपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय कुमार भन्ने देउकुमार सुब्बालाई १५ दिन कैद र ७ हजार ८०५ रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै २०७८ मंसिर २९ गतेको फैसला अनुसार चोरी मुद्दामा पाँचथर साबिक सुभाङ गा.वि.स.वडा नं.३ हाल हिलिहाङ गाउँपालिका वडा नं. ५ घर भई झापा बुद्धशान्ति गाउँपालिका वडा नं.२ बस्ने २१ वर्षीय सुमन रणपहेलीलाई ६ महिना कैद र ५ हजार रुपैयाँ…
झापा । कचनकवल गाउँपालिकाले भाक्का दिवसका दिन पुष २९ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । उक्त दिन अति आवश्यक सेवाबाहेक कचनकवल गाउँपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । कचनकवलमा आदिवासी राजवंशी समुदायको बाहुल्यता रहेको छ । पुष २७ गते पृथ्वी जयन्ती र तोल ल्होसार, पुष २८ गते शनिबार, २९ गते भाक्का दिवस र माघ १ गते माघे संक्रान्ति पर्व परेकोले कचनकवल गाउँपालिकामा लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।
काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेलाई अदालतले ८ वर्षको कैद सजायको आदेश गरेको छ । पीडित बालिका भनिएकीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार लामिछानेविरुद्ध सजाय निर्धारण गरेेेका हुन्। यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । जसअनुसार बुधबारका लागि सवाजय निर्धारणका लागि पेसी तोकिएअनुसार ८ वर्ष कैद सजायको फैसला भएको हो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । जिल्ला…