Author: खबरमञ्च
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको…
झापा । बिर्तामोड नगरपालिकाले आकर्षक बनाउने नाममा विभिन्न प्रकारका विदेशी रसायन, विष्फोटक पदार्थ र जोखिमयुक्त सामग्रीहरुको प्रयोग नगर्न नगरभित्रका विद्यालयहरुलाई सचेत गराएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ गरामनीस्थित बेल्स मोडल स्कुलमा बेलुन फुलाउने क्रममा हाइड्रोजन ग्यासको सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएपछि नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरुलाई पत्र पठाउँदै सचेत गराएको हो । बेल्स मोडल स्कुलले आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजनको ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका थिए । उनको चिन्ताजनक अबस्थामा भारतको सिलिगुडीमा उपचार भइरहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले…
झापा । जिल्ला प्रहरी कार्यालय झापाले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ३ भुटानी शरणार्थी शिविर बेलडाँगी सेक्टर डी ३ हट नं. २४९ बस्ने ३६ वर्षीय चन्द्र भन्ने चेतबहादुर तामाङ र ईलाम साविक फाकफोक गा.वि.स.वडा नं.१ हाल फाकफोकथुम गाउँपालिका वडा नं. १बस्ने ३३ वर्षीय रञ्जन खड्का रहेका छन् । तामाङ वन पैदावार हानि नोक्सानी मुद्दाका फरार अभियुक्त हुन् । उनलाई अदालतले १५ दिन कैद सजाय र ७हजार ८०५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।खड्का भने सरकारी छाप किर्ते मुद्दामा फरार भएका थिए । अदालतले उनलाई २०७२ जेठमा एक वर्ष कैद सजायको फैसला सुनाएको…
झापा । लगातार जनधनको क्षति गर्दै आएको जंगली हात्तीले आज बिहान भद्रपुरमा घर भत्काएको छ । बिहान ३ः१५ बजेतिर हात्तीले भद्रपुर ७ बोक्तोवारीका एकजनाको घर भत्काएर क्षति गरेको हो । भेट्लु राजवंशीको भान्सा घर भत्काएर क्षति गरेको स्थानीय सुटलाल राजवंशीले बताएका छन् ।
झापा । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को तीनतले घरबाट लडेर ४ बर्षिय बालक गम्भीर घाइते भएका छन् । मोरङ बुढीगंगा गाउँपालिका वडा ३ का आकाश अधिकारीको छोरा सुवास अधिकारी आफन्तको कनकाई–३ का लक्ष्मी बरालको घरमा आएको थिए । आफन्तको घरमा आएका बालक घरको तीन तला माथिको रेलिङबाट लडेर घाइते भएर बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालकको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उक्त घटना स्थानमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली गएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
झापा । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीलगायतको टोलीले कठ्यांग्रिने जाडोमा बिर्तामोडको अधुवा खोलाको पुलमुनि बस्दै आएका एक बालकको उद्धार गरेका छन् । अर्जुनधारा वडा नं ५ कंचनवारी घर बताउने सेवलाल चौधरी र स्व. गीता चौधरीका छोरा १० वर्षीय आकाश चौधरीलाई बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव मैनालीलगायतको टोलीले पुलमुनीबाट उद्धार गरेको हो । ती बालक विगत दुई महिनादेखि त्यही पुलमुनि र आसपास क्षेत्रमा बस्दै आएका थिए । बेवारिसे अबस्थामा भेटिएका ती सडक बालकको ठेगाना पत्ता लागेपछि अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनलाई खबर गरिएको थियो । नगरप्रमुख गोम्देनको पहलमा नगरपालिकाले परिवारलाई बुझाउनेगरी ती बालकको जिम्मा लिएको छ । अर्जुनधारा नगरपालिकाका…
झापा । झापा बिर्तामोड नगरपालिका वडा नं ७ गरामनी बजार उत्तरमा रहेको बेल्स मोडल अंग्रेजी विद्यालयमा बार्षिक खेलकुद दिवस मनाउने तयारी हुँदै थियो । सजावटका लागि भारतबाट कामदार मगाएर कार्यक्रमस्थल सजाउने काम हुँदै थियो । भारतीय नागरिक गणेश सहनी मेसिनबाट बेलुनमा हावा भर्दै थिए । त्यतिनै बेला मेसिन पड्कियो र उनी सख्त घाइते भए । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार बेलुन फुलाउन ल्याइएको हाइड्रोजन ग्यास सिलिन्डर पड्किएको हो । उनका अनुसार उक्त ग्यास सिलिन्डर पड्किँदा अन्दाजी ५४ बर्षिय भारतीय नागरिक सहनीको दाहिने खुट्टाको कम्मरमुनीको भाग चुँडिएको छ । गम्भीर अवस्थामा उनको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालमा उपचार…
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । स्कुलले आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेशिनबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । उनको उपचारको लागि विएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनीको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा अन्य एक जना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको…
झापा । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष याेजना सुभारम्भ गरेकाे छ । सामुदायिक बिद्यालयका कमजाेर विद्यार्थीका लागि टाेलटाेलमा क्लोज क्याम्प शुरू गरेकाे हाे । क्लोज क्याम्प वडाका विभिन्न ९ ठाउँमा हुनेछन् । वडाकाे नमूना आधारभूत बिद्यालयले क्लोज क्याम्प आजबाट शुरू गरेकाे छ भने बाँकी दुई सामुदायिक बिद्यालयले क्याम्प संचालनको तयारी गरेका छन् । क्लोज क्याम्पका लागि वडाका तीनवटै बिद्यालयलाई वडाले बजेट विनियोजन गरेकाे छ । क्याम्प कम्तीमा २ महिना संचालन हुने वडाध्यक्ष अनिल वाग्लेले बताए । अङ्ग्रेजी, गणित र बिज्ञान विषयमा कमजाेर देखिएका आधारभूत तहका विद्यार्थीलाई क्याम्पमा राखेर सिकाई उपलब्धि हासिल गर्ने…
झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १.२६ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर ०.८३ रुपैयाँले घटाएको हो । जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६६ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल–मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रतिलिटर १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । घटाइएको मूल्य मंगलबार विहान राति १…