Author: खबरमञ्च
काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।
काठमाडौँ । कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा चर्केको अन्तरद्वन्द्व सत्ता गठबन्धनकै गलपासोका रूपमा देखिएको छ । महामन्त्री गगन थापाले अबको चुनावमा गठबन्धन गर्न नहुने प्रस्ताव मंगलबारको महासमिति बैठकमा लैजाने अडान लिएपछि सभापति शेरबहादुर देउवा सशंकित बन्न पुगेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पार्टी पदाधिकारी र पूर्वपदाधिकारीबीच सोमबार राति भएको छलफलमा थापाको प्रस्तावमा मध्यमार्गी बाटो खोज्ने समझदारी बनेको छ । महामन्त्री थापाले यसअघि चुनावी गठबन्धनका विषयमा राखेको प्रस्तावको सारलाई मर्न नदिईकन सांगठनिक प्रतिवेदन परिमार्जन हुने शर्माले बताए । उनका अनुसार परिमार्जन गरिने प्रस्तावमा ‘योभन्दा अघिको गठबन्धन बाध्यता थियो भन्ने मनन गर्दै कांग्रेस दृढ संकल्प गर्छ कि, हामी भविष्यमा हुने आवधिक…
काठमाडौं । सुशासनको कुरा गरेर नथाक्ने नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । सामाजिक सञ्जालमा असाध्यै सक्रिय रहने र बारम्बार भ्रष्टाचारका विरुद्धमा अभिव्यक्ति दिइरहने उपाध्यायविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रस्टाचारको मुद्दा गरेको छ । पूर्वसचिव उपाध्यायमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले उपाध्यायसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले दायर गरेको मुद्दामा उनीसँगै थप दुई पूर्वसचिवसँगै १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
काठमाडौँ । २०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने छ र वैशाख २६ गते समाप्त हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ ।
झापा । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह प्रयास गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । आज बिहान छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिए । मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको उनले बताए । उक्त…
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले जानकारी दिए । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिवार वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको हो । सो…
सिन्ह्वा । अत्यधिक चिसोका कारण यस हिउँदमा मङ्गोलियामा हालसम्म कम्तीमा ६ लाख ११ हजार ९२४ पशुधन मरेका छन् । जमिनमा जमेको हिउँले ढाकेको कारण ठूलो संख्यामा पशुधन मरेको बताइएको छ । देशका २१ प्रान्तहरूमध्ये पूर्वमा खेन्टी, दोर्नोड, सुखबाटार र दोर्नोगोभी र मध्यपश्चिममा अर्खाङ्गाईमा सबैभन्दा बढी जनावरको मृत्यु भएको बताइएको छ । यसका साथै कम्तीमा १३ हजार ५ सय गोठाला घरपरिवार हिउँमा फसेका छन् भने ३८ हजार ४ सय किलोमिटर सडक हिउँका कारण बन्द भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको संख्या ६४.७ मिलियन थियो ।
झापा । श्रीमान् अर्कै महिलासंग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छिन् । गएराति ८.३० बजेको समयमा बुद्धशान्ति २ गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया बर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैंले आगो लगाएकी थिइन् । उनीहरू जल्दै गरेको देखेर स्थानीयबासीले उनीहरूको शरीरमा लागेको आगो निभाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूको उपचार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भइरहेको छ । माया रम्तेलको शरीरको सम्पूर्ण भाग जलेकोले अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बोल्न नसक्ने छोरी बर्षा बिकको शरीरको बिभिन्न भागमा जलेको र…
काठमाडौँ । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु डा. खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेको सर्वोच्च अदालतका प्रवक्ता धनबहादुर कार्कीले अलालतको फैसला सुनाउने क्रममा बताए । उनकाअनुसार अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । सो जग्गा व्यक्तिको नाममा ल्याउन भुमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ ।…
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलको तर्फबाट उम्मेदवारहरू सार्वजनिक गरिएको छ । बिहीबार अतिथि सदनमा आयोजित कार्यक्रमकाबीच उम्मेदवारहरूलाई सार्वजनिक गरिएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत दलका सदस्य स्वतन्त्र व्यावसायिक प्यानलमा आवद्ध छन् । सोही प्यानलबाट अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल, उद्योग सचिवमा विशन लिम्बु, वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला तथा सह कोषाध्यक्षमा निशा कर्णको उम्मेदवारी घोषणा भएको हो । त्यस्तै महिला सदस्यहरूमा चन्द्र भट्टराई र सुस्मा…